Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #क्यालिस्थेनिक्स
  • #फोक्सिङटार
  • #गगनकुमार थापा
  • #रासस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्रीज्यू यही हो कीर्तिमानी सुशासन ?
प्रधानमन्त्रीज्यू यही हो कीर्तिमानी सुशासन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ११, २०८१

वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल अचेल हरेक भाषणमा भन्छन् – यो पाला सुशासनमा कीर्तिमान कायम भयो । देशको अर्थतन्त्रमा धेरै सुधार आयो । तर बादशाहको नयाँ लुगाको कथा झैं प्रधानमन्त्री दाहालले आसेपासेको रिपोर्ट सुन्दै यस्तो भाषण छाँटेको प्रष्ट हुन्छ ।

अहिले सहकारीको रकम दुरुपयोगको विषय जटिल बन्दै गएको छ । सरकारकै अक्षमताका कारण यो विषय जटिल बन्दै आएको हो । एकातर्फ सरकारले सहकारीलाई पेल्दै जाने अर्कोतर्फ यसमा सर्वसाधारणको फसेको रकम नउठ्ने । यही कारणले अहिले सदनभन्दा सहकारी बन्धक बनेको अवस्था छ । 

अहिले सरकारको हचुवा नीतिका कारण घरजग्गा व्यवसाय ठप्प छ । सहकारी तथा वित्तिय संस्थाको रकम घरजग्गामा फसेको छ । सोही कारण सहकारीको रकम फर्किन नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । उनीहरुले चाहेको बेला आफैले बचत गरेको रकम पाउन सकेका छैनन् । 

Hardik health

सरकारको कमजोर आर्थिक नीतिका कारण अहिले सहकारीहरु क्रमश समस्यग्रस्त बन्न थालेका छन् । यो विषय वार कि पार गर्न सरकारले उच्चस्तरीय संसदीय समिति बनाएर मात्र हुन्न । सहकारीको रकम अपचलन गरेकाहरुलाई नामै कीटेर कारबाही गर्नुपर्छ ।कानुनी प्रक्रिया मिलाएर रकम लिनेहरुको कानुनी प्रक्रियाअनुसार नै कारबाही गर्नुपर्छ । तर कीर्ते जालसाजी गरेर रकम लिएकाहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । अहिले राप्रपाकी सांसद गीता बस्नेत यस्तै प्रकरणमा छिन् । सरकारले पक्राउ पूर्जी जारी गरेपछि बस्नेत फरार छिन् । तर सरकारकै उपप्रधान तथा गृहमन्त्री भने ढुक्कका साथ सरकारमा छन् ।  

सबैलाई जगजाहेर भइसकेको विषय हो, गोर्खा मिडिया सञ्चालनका लागि गृहमन्त्री लामिछानेले ऋण लिएका छन् । त्यतिमात्र हैन उनी गोर्खा मिडियाको सञ्चालक पनि भएका हुन् । यो मिडियाले सर्वसाधारणको करोडौं ऋण अपचलन गरेको छ । यो मिडियाका मुख्य सञ्चालक जीबी राई फरार छन् भने अर्का सञ्चालक सरकारमा छन् । सहकारीको रकम अपचलनमा प्रष्ट संलग्न रहेको देखिँदा पनि लामिछानेले आफू चोखो रहेको दाबी गर्दै आएका छन् । लामिछानेले आफू कुनै हालतमा दोषी नरहेको दाबीमात्र गरेनन्, नेपाली मिडियामाथि पटकपटक रोष प्रकट पोख्दै आएका छन् । गृहमन्त्री लामिछानेले आफ्नो गल्ती छोप्न चौतर्फी विषवमन गरिरहेका छन् । 

यस प्रकारले गृहमन्त्री अघि बढ्दा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तासहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी ओली पनि उनकै बचाउमा लागेका छन् । सुशासनमा सुधार हुँदै आएको दाबी गर्दै आएका प्रधानमन्त्री दाहालका लागि गृहमन्त्रीको यो प्रकरण लज्जाको विषय हो ।सरकार जोगाउन प्रधानमन्त्री दाहालले यस किसिमको लाजमर्दो चरण कतिसम्म पार गर्ने हो ? के यही हो प्रधानमन्त्रीज्यू तपाईंको सुशासन ?
 


प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP