Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • प्रधानमन्त्रीज्यू यही हो कीर्तिमानी सुशासन ?
प्रधानमन्त्रीज्यू यही हो कीर्तिमानी सुशासन ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ ११, २०८१

वर्तमान सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल अचेल हरेक भाषणमा भन्छन् – यो पाला सुशासनमा कीर्तिमान कायम भयो । देशको अर्थतन्त्रमा धेरै सुधार आयो । तर बादशाहको नयाँ लुगाको कथा झैं प्रधानमन्त्री दाहालले आसेपासेको रिपोर्ट सुन्दै यस्तो भाषण छाँटेको प्रष्ट हुन्छ ।

अहिले सहकारीको रकम दुरुपयोगको विषय जटिल बन्दै गएको छ । सरकारकै अक्षमताका कारण यो विषय जटिल बन्दै आएको हो । एकातर्फ सरकारले सहकारीलाई पेल्दै जाने अर्कोतर्फ यसमा सर्वसाधारणको फसेको रकम नउठ्ने । यही कारणले अहिले सदनभन्दा सहकारी बन्धक बनेको अवस्था छ । 

अहिले सरकारको हचुवा नीतिका कारण घरजग्गा व्यवसाय ठप्प छ । सहकारी तथा वित्तिय संस्थाको रकम घरजग्गामा फसेको छ । सोही कारण सहकारीको रकम फर्किन नपाउँदा सर्वसाधारण समस्यामा परेका छन् । उनीहरुले चाहेको बेला आफैले बचत गरेको रकम पाउन सकेका छैनन् । 

Hardik health

सरकारको कमजोर आर्थिक नीतिका कारण अहिले सहकारीहरु क्रमश समस्यग्रस्त बन्न थालेका छन् । यो विषय वार कि पार गर्न सरकारले उच्चस्तरीय संसदीय समिति बनाएर मात्र हुन्न । सहकारीको रकम अपचलन गरेकाहरुलाई नामै कीटेर कारबाही गर्नुपर्छ ।कानुनी प्रक्रिया मिलाएर रकम लिनेहरुको कानुनी प्रक्रियाअनुसार नै कारबाही गर्नुपर्छ । तर कीर्ते जालसाजी गरेर रकम लिएकाहरुलाई कडाभन्दा कडा कारबाही गर्नुपर्छ । अहिले राप्रपाकी सांसद गीता बस्नेत यस्तै प्रकरणमा छिन् । सरकारले पक्राउ पूर्जी जारी गरेपछि बस्नेत फरार छिन् । तर सरकारकै उपप्रधान तथा गृहमन्त्री भने ढुक्कका साथ सरकारमा छन् ।  

सबैलाई जगजाहेर भइसकेको विषय हो, गोर्खा मिडिया सञ्चालनका लागि गृहमन्त्री लामिछानेले ऋण लिएका छन् । त्यतिमात्र हैन उनी गोर्खा मिडियाको सञ्चालक पनि भएका हुन् । यो मिडियाले सर्वसाधारणको करोडौं ऋण अपचलन गरेको छ । यो मिडियाका मुख्य सञ्चालक जीबी राई फरार छन् भने अर्का सञ्चालक सरकारमा छन् । सहकारीको रकम अपचलनमा प्रष्ट संलग्न रहेको देखिँदा पनि लामिछानेले आफू चोखो रहेको दाबी गर्दै आएका छन् । लामिछानेले आफू कुनै हालतमा दोषी नरहेको दाबीमात्र गरेनन्, नेपाली मिडियामाथि पटकपटक रोष प्रकट पोख्दै आएका छन् । गृहमन्त्री लामिछानेले आफ्नो गल्ती छोप्न चौतर्फी विषवमन गरिरहेका छन् । 

यस प्रकारले गृहमन्त्री अघि बढ्दा प्रधानमन्त्री पुष्पकमल दाहाल र सत्तासहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी ओली पनि उनकै बचाउमा लागेका छन् । सुशासनमा सुधार हुँदै आएको दाबी गर्दै आएका प्रधानमन्त्री दाहालका लागि गृहमन्त्रीको यो प्रकरण लज्जाको विषय हो ।सरकार जोगाउन प्रधानमन्त्री दाहालले यस किसिमको लाजमर्दो चरण कतिसम्म पार गर्ने हो ? के यही हो प्रधानमन्त्रीज्यू तपाईंको सुशासन ?
 


प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ
ग्यास वितरण प्रणालीलाई चुस्त बनाऊ मंगलबार, साउन १९, २०८३
संघीयताका अधुरा काम पूरा गर
संघीयताका अधुरा काम पूरा गर सोमबार, साउन १८, २०८३
संयम बनौं, आगो निभाऔं
संयम बनौं, आगो निभाऔं शुक्रबार, साउन १५, २०८३
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री
नेतृत्वको परीक्षामा चुकेका प्रधानमन्त्री बिहीबार, साउन १४, २०८३
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ
दोषीलाई कारबाही गर, बिरामीलाई बन्धक नबनाऊ बुधबार, साउन १३, २०८३
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं
आवेग र प्रतिशोध होइन, सद्भावको हात बढाऔं मंगलबार, साउन १२, २०८३
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न
प्रश्नपत्र ‘लिक’ प्रकरणले उब्जाएका प्रश्न सोमबार, साउन ११, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
गगनमाथि संस्थापनइतरको गम्भीर आरोप
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP