Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘फ्रि भिसा, फ्रि टिकट’ नीतिमा पुनरावलोकन तयारी
‘फ्रि भिसा, फ्रि टिकट’ नीतिमा पुनरावलोकन तयारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, जेठ १०, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल वैदेशिक रोजगारीका लागि लागू गरिएको ‘फ्रि भिसा, फ्रि टिकट’को व्यवस्था पुनरावलोकन गर्ने तयारीमा लागेका छन् । उक्त व्यवस्था कार्यान्वयनमा जटिलता देखिएपछि पुनरावलोकन गर्ने मनस्थितिमा उनी पुगेको बताइएको छ । मन्त्री अर्याल रोजगारीका लागि नेपाली कामदारले अनधिकृतरुपमा चर्को शुल्क तिरेर विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न र राजस्व छली हुनबाट रोक्न फ्रि भिसा, फ्रि टिकटको व्यवस्थामा पुनरावलोकन गर्ने तयारी गरेका हुन् । 

तत्कालीन श्रममन्त्री टेकबहादुर गुरुङले २०७२ असार २३ गते विदेश जाने कामदारलाई निःशुल्क पठाउने भन्दै मन्त्रीस्तरीय निर्णयबाट फ्रि भिसा, फ्रि टिकटको नीति लागू गरेका थिए । त्यसयता विदेश जाने कामदारले म्यानपावरलाई सेवा शुल्कबापत १० हजार रुपैयाँमात्रै बुझाउनुपर्ने व्यवस्था भए पनि नीतिविपरीत चर्को लागत शुल्क बुझाएर जान बाध्य छन् । मलेसियालगायत खाडी मुलुकमा जाने कामदारले १० हजार रुपैयाँ सेवा शुल्कबाहेक अन्य कुनै शुल्क तिर्नु नपर्ने भनिए पनि म्यानपावरलाई अनधिकृतमा तीन÷चार लाख रुपैयाँसम्म बुझाउने गरेको पाइएपछि मन्त्री अर्याल फ्रि भिसा फ्रि टिकटको नीति परिमार्जन गर्ने पक्षमा पुगेको मन्त्रालयकै एक अधिकारीले बताए ।

फ्रि भिसा, फ्रि टिकटको नाममा भइरहेको चर्को असुली नियन्त्रण सम्बन्धमा श्रममन्त्री अर्यालले विभिन्न योजना बनाइरहेको ती अधिकारीले बताए । उनका अनुसार केही दिनअघि मन्त्री अर्यालले सम्बन्धित विषयसँग सरोकार राख्ने आफूनिकटस्थहरुसँगको छलफलमा वैदेशिक रोजगारीका क्षेत्रमा भइरहेका बेथिति अन्त्य गर्न राय सुझावसमेत लिएका छन् । जसमा सेवा शुल्क परिमार्जनका लागि अध्ययन भइरहेको र त्यसको व्यावहारिक कार्यान्वयनको पक्ष कसरी सवल बनाउने भन्नेमा मन्त्री अर्यालको जोड रहेको बताइएको छ ।

Hardik health

उनले विभिन्न फोरमहरुमा पनि वैदेशिक रोजगारीमा जाने कामदारले अनधिकृतरुपमा चर्को शुल्क बुझाउनुपरेको भन्दै गुनासो आइरहेकोप्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै आएका छन् । यद्यपि मन्त्री अर्यालको ध्यानाकर्षणका बाबजुद पनि फ्रि भिसा फ्रि टिकट कार्यान्वयन हुने अवस्था नभएपछि नीति परिमार्जनका लागि विभिन्न सरोकारवालासँग छलफलसमेत अघि बढाइएको छ । ‘मन्त्रालयसँग पटक–पटक भएको छलफलमा पनि वैदेशिक रोजगार व्यवसायीहरुले कामदारलाई फ्रि भिसा फ्रि टिकटमा पठाउन नसकिने अडान राख्दै आएका छन्,’ ती अधिकारीले भने, ‘उनीहरुले वैदेशिक रोजगारमा कामदार पठाउँदा एक महिनाको तलब वा एक लाख रुपैयाँमध्ये जुन कम हुन्छ त्यसलाई आधार मानेर सेवा शुल्क लिन पाउनुपर्ने प्रस्ताव गरेका छन् ।’

मन्त्री अर्यालसँग भएको अनौपचारिक भेटघाटमा पनि व्यवसायीहरु आफैंले सरकारको नीतिका कारण ९५ प्रतिशतभन्दा बढी कामदारले अनधिकृतरुपमा मोटो रकम बुझाएर रोजगारीका लागि विदेश जाने गरेको बताउँदै आएका छन् । जसका कारण विदेश जाने कामदारसँग भइरहेको अनधिकृत शुल्क असुली रोक्न र व्यवसायीहरुको माग सम्बोधन हुनेगरी सेवा शुल्क परिमार्जन गर्न मन्त्रालयले आन्तरिक गृहकार्यका लागि एक सहसचिवलाई जिम्मेवारी दिने तयारी गरेको बताइएको छ ।

मन्त्री अर्यालले सेवा शुल्क परिमार्जनका सम्बन्धमा हुनसक्ने आलोचना र विरोधलाई पनि सम्बोधन गर्न सरोकारवालाहरुसँग छलफल गरी आवश्यक निर्णय गर्ने बताएका छन् । ‘हामीले सेवा शुल्क परिमार्जन गर्नुपर्ने कारण र यसबाट हुने उपलब्धिलाई आमरुपमा बुझाउन सक्नुपर्छ भन्ने मन्त्रीज्यूको धारणा छ,’ ती अधिकारी भन्छन्, ‘वैदेशिक रोजगारीमा जाने कामदारसँग लिने शुल्कलाई व्यवस्थित मात्रै गर्न सके मुलुकको राजस्वमा ३० अर्बभन्दा बढी योगदान पु¥याउन सकिने बताउनुभएको छ ।’

परिमार्जित सेवा शुल्कलाई कडाइका साथ लागू गराउन वैदेशिक रोजगारमा जाने कामदारलाई सू–सूचित गराउने र तोकिएको शुल्क मात्र बुझाई रसिद लिने÷दिने बाध्यकारी व्यवस्था गर्ने मन्त्री अर्यालको तयारी छ । विदेश गएर फर्किनुपरेको अवस्थामा पनि रसिदकै आधारमा पीडितलाई रकम फिर्ता गराइने छ । यसका लागि बैंकमार्फत मात्र कारोबार गर्नुपर्ने व्यवस्था हुने बताइएको छ । साथै, वैदेशिक रोजगार क्षेत्रको बेथिति क्रमशः सुधार गर्दै कामदार र देशको हितका निम्ति काम गर्ने कुरामा विश्वस्त रहँदै आफलाई रायसुझाव दिन पनि मन्त्री अर्यालले आग्रह गरेको बताइएको छ । 
 


प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर सोमबार, चैत ९, २०८२
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती 
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती  सोमबार, चैत ९, २०८२
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने सोमबार, चैत ९, २०८२
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग  शुक्रबार, चैत ६, २०८२
कम्बोडियाबाट २० नेपालीको उद्धार
कम्बोडियाबाट २० नेपालीको उद्धार बिहीबार, चैत ५, २०८२
व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या
व्यवसायी भन्छन्- खाडीको विकल्प नखोज्दा समस्या बिहीबार, चैत ५, २०८२
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति
मध्यपूर्वका सात मुलुकका लागि खुलाइयो पुनः श्रम स्वीकृति बुधबार, चैत ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
प्रधानमन्त्रीले गरेकाे नियुक्तिमा सुमना श्रेष्ठको टिप्पणी
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP