Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘विदेश जानेलाई ठगिनबाट जोगाउने दायित्व सबैले लिऔं’
‘विदेश जानेलाई ठगिनबाट जोगाउने दायित्व सबैले लिऔं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ ६, २०८१

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई ठगिनबाट जोगाउने दायित्व सबैले लिनुपर्ने बताएका छन् । शनिबार राजधानीमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२औं साधारणसभालाई सम्बोधन गर्ने क्रममा उनले विदेश जाने नेपालीलाई ठगिनबाट जोगाउने दायित्व सबैले लिनुपर्ने बताएका हुन् । अहिले मुलुकमा वैदेशिक रोजगार बाध्यात्मक अवस्थामा रहेको सभापति देउवाको भनाइ छ । 

उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरु अनेक समस्यामा पर्ने र दुःख पाइरहने अवस्थाको अन्त्य गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए । विदेशमा रोजगार गर्न जाने कुरा सजिलो नभएको भन्दै त्यहाँ श्रमिकमाथि भइरहेको शोषण र ठगीका समस्या रोक्न उनले सरकारसँग आग्रहसमेत गरे । ‘वैदेशिक रोजगारीमा गएका नेपालीबाट आउने रेमिट्यान्सले नै देशको अर्थतन्त्र चलेको छ,’ सभापति देउवाले भने, ‘श्रमिकहरू ठगीमा पर्ने र दुःख पाउने अवस्थाबाट मुक्त हुनुपर्छ, त्यसमा तपाईं हाम्रो पनि दायित्व छ ।’ 

विदेश गएका थुप्रै नेपाली ठगिएको र दुःख पाएको कुरा सार्वजनिक हुने गरेको भन्दै यसलाई रोक्न वैदेशिक रोजगार व्यवसायीले पनि भूमिका खेल्नुपर्ने देउवाको भनाइ छ । ‘रोजगारीमा गएका साथीहरू ठगिनु भएन, दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन्, यो अवस्थाको अन्त्य गर्न लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेतृत्वदायी भूमिका लिनुपर्छ,’ उनले भने ।  

त्यस्तै कांग्रेस नेता शेखर कोइरालाले स्वदेशमा रोजगारीको अवसर सिर्जना हुन नसकेका कारण नेपालीहरु वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो रहेको बताए । उनले नेपालीहरु रोजगारीका लागि विदेश जाने क्रम बढेसँगै समस्याहरु पनि बढ्दै गएका कारण यसको न्यूनीकरणमा सरकारले ध्यान दिनुपर्ने बताए । ‘श्रमिकहरुलाई विदेश पठाउँदा अनेक समस्या आउँछन्, त्यसको समाधानमा सरकारमात्र नभई व्यवसायीहरु पनि उत्तिकै जिम्मेवार हुनुपर्छ,’ उनले भने । नेता कोइरालाले वैदेशिक रोजगारीको क्षेत्रमा भन्दा गिजोलिएको वर्तमान राजनीति र सत्ता समीकरणमा भइरहेको परिवर्तनप्रति बढी समय खर्चिए । 

Hardik health

त्यसैगरी एसोसिएसनको साधारणसभा र निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउने जिम्मेवारी पाएका नेपाली कांग्रेस वैदेशिक रोजगार विभाग प्रमुख प्रकाश रसाइली स्नेहीले वैदेशिक रोजगारीका सन्दर्भमा देखिएका समस्या समाधानका लागि पार्टीले विशेष अभियान नै सुरु गर्ने बताए । समस्याको जड पत्ता लगाएर कुनै पनि नेपाली रोजगारीका लागि विदेश जाँदा अप्ठ्यारोमा पर्न नदिन व्यवसायीसँग समन्वय गर्दै अगाडि बढ्न पार्टी विभाग तयार रहेको उनले बताए ।

‘रोजगारीमा जाने नेपालीहरु पनि ठगिनु भएन र राज्यको तर्फबाट पनि व्यवसायीलाई दुःख दिने कार्य गर्नु भएन,’ रसाइलीले भने, ‘श्रम मन्त्रालय, वैदेशिक रोजगार विभागलगायतका सरकारी निकायले दुःख दिए, अनावश्यक रुपमा प्रहरीले छापा मार्ने, प्रहरीलाई पैसा र रक्सी दिनुपर्ने अवस्था आए त्यसका विरुद्ध पार्टी र विभागले कडा कदम चाल्नेछ ।’ 

यसैगरी नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीमा जानेहरुबाट आएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र धानेको बताए । मुलुकको जीडीपीमा ३० प्रतिशत योगदान पु¥याउने गरी रेमिट्यान्स ल्याउन भूमिका खेल्ने वैदेशिक रोजगारको क्षेत्रलाई सरकारले न्यायोचित स्थान दिन नसकेको बताए ।

‘वैदेशिक रोजगारलाई सरकारले हेर्ने दृष्टिकोण र नीति प्रस्ट छैन,’ उनले भने, ‘वैदेशिक रोजगारमा जाने नेपालीहरु ठगिएका विषय बारम्बार उठ्ने गर्छ, तर विदेश जाने कामदार ठगिनु हुँदैन भन्नेमा व्यवसायी सचेत छन् र पनि यस्ता कुरामा प्रस्ट छ ।’ वैदेशिक रोजगारका क्षेत्रमा नीतिगत र सरकारीपक्षबाट सधैैं आक्रमण भइरहेको उनको दाबी छ । संघले कामदार र व्यवसायी दुवैको हितमा हुनेगरी काम गरिरहेको पनि भण्डारीले बताए । 

त्यसैगरी एसोसिएसनका अध्यक्ष कुमुद खनालले अहिले विभिन्न माध्यमबाट अवैधरुपमा विदेश जाने र समस्यामा पर्ने गरेको कारण त्यसको मार व्यवसायीले खेप्नुपरेको बताए । विभिन्न तरिकाले   मानव तस्करी भइरहेको भन्दै खनालले अन्तर्राष्ट्रिय रुपमा नेपालको बद्नाम भइरहेको बताए । ‘जबसम्म सरकारले अवैध रुपमा जाने बाटो बन्द गर्ने प्रयास गर्दैन, तबसम्म व्यवसायीले धरौटी राखेर, लाइसेन्स लिएर इमान्दारिताका साथ काम गरे पनि अपजस खेपिरहनुपर्ने अवस्था रहन्छ,’ उनले भने । सरकारले अहिलेकै अवस्था र नीतिगत व्यवस्था कायम राख्ने हो भने व्यवसायीहरु छिट्टै पलायन हुने अवस्थामा पुग्ने खनालको भनाइ छ ।


प्रकाशित मिति: आइतबार, जेठ ६, २०८१  ०९:१३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित आइतबार, फागुन १७, २०८२
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह आइतबार, फागुन १७, २०८२
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार आइतबार, फागुन १७, २०८२
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना 
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना  बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP