Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • इसेवाको एस्क्रो सुविधा सार्वजनिक
इसेवाको एस्क्रो सुविधा सार्वजनिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २, २०८१

काठमाडाैं -  डिजिटल प्लेटफर्महरूले हाम्रो दैनिक जीवनमा निकै परिवर्तन ल्याएको छ। व्यस्त दैनिकीलाई यी प्लेटफर्महरूले सहज र सुविधाजनक बनाएको छ। 

सहजता प्रदान गर्ने यस्ता प्लेटफर्महरूको प्रयोग गर्दा केही जोखिमहरू पनि आउँछन्। विशेषगरी रकम लेनदेनको समय असुरक्षित महशुस हुन्छ। यी जोखिमहरूलाई सम्बोधन गर्न इसेवाले नयाँ सेवाको विस्तार गरेको छ।

इसेवाले प्रयोगकर्ताहरूलाई आफ्नो रकम सुरक्षित राख्न र लेनदेन प्रक्रियामा सुनिश्चितता प्रदान गर्न जिलोको लागि एस्क्रो  (eScrow) सुविधा प्रयोगमा ल्याएको हो ।अहिले अनलाइन सपिङ लगायत अनलाइन कारोबार गर्दा ग्राहकहरू ठगिने प्रवित्ति बढेको छ। यस्तो अवस्थाका लागि यो सेवा निकै उपयोगी हुने आशा गरिएकाे छ । 

के हो एस्क्रो सुविधारु
एस्क्रो सुविधाले अनलाइन लेनदेनहरूमा एक तटस्थ तेस्रो पक्षको रूपमा काम गर्छ। यसले खरिदकर्ता र विक्रेताहरूबीच सुरक्षित रकमको आदानप्रदान सुनिश्चित गर्छ। सुरक्षित र भरपर्दो प्लेटफर्म प्रदान गरेर, एस्क्रो सुविधाले सम्भावित जोखिमहरूलाई कम गर्छ र डिजिटल लेनदेनको लागि सुरक्षित वातावरणलाई बढावा दिन्छ।

Hardik health

एस्क्रो सुविधाले इसेवा प्रयोगकर्ताहरूलाई अर्को इसेवा वालेटमा सुरक्षित तरिकाले भुक्तानी गर्न अनुमति दिन्छ। कुनै पनि लेनदेन समय प्रेषकले प्राप्तकर्तालाई पठाएको रकम प्रेषक आफैले आफ्नो खातामा ‘होल्ड’ गरेर राख्न मिल्छ। प्राप्तकर्ताले आफ्नो दायित्व पूरा गरेपछि बल्ल प्रेषकले होल्डमा राखेको रकम प्राप्तकर्ताले पाउन मिल्ने गरी जारी गर्न मिल्छ। यो प्रयोगकर्ताले ‘सेन्ड मनी ’ भन्ने फिचरको प्रयोगमा गर्न सक्छन्। 

उदाहरणको लागि एक अनलाइन स्टोरबाट सामग्री खरिदका लागि अग्रिम भुक्तानी गर्नुपर्ने अवस्था छ तर ती स्टोरलाई विश्वास गर्न सकेको छैन। यस्तोमा त्यो स्टोरले पठाएको जानकारीमा रकम पठाए पनि पूर्ण रूपमा रकम उनीहरूले पाएका हुँदैनन्। पठाएको रकम खातामा होल्डमा हुनेछ । सामग्री पाइसकेपछि बल्ल सो रकम जारी गर्न सकिने भएकाे व्यवस्था विशेषता यसमा पाइने भएकाे  छ । 

यो सेवाको मुख्य उद्देश्य भनेको प्रेषक र प्राप्तकर्ता दुवैलाई रकम स्थानान्तरण कारोबार गर्दा आश्वासन र सुरक्षा प्रदान गर्नु रहेकाे कम्पनिले जनाएकाे हो। यो सुविधाले अपरिचित वा अज्ञात व्यक्तिलाई भुक्तानीको लागि पैसा पठाउने जोखिमहरू कम गर्न मद्दत गर्ने अपेक्षा लिइएकाे छ ।

एस्क्रो सुविधा  उपलब्ध 
एस्क्रो सुविधा इसेवाको ‘सेन्ड मनी’ भन्ने विकल्पमा नै उपलब्ध छ। यसले व्यवस्थित कोष स्थानान्तरण सुनिश्चित गर्छ। अज्ञात प्रयोगकर्ताहरूलाई भुक्तानी गर्दा आफ्नो रकमको पनि सुनिश्चितता यो सेवामार्फत गर्न सकिन्छ। 


प्रक्रिया?
एस्क्रो सुविधाको प्रयोग गर्न यी प्रक्रिया अपनाउनुहोस‍्स् 
१। इसेवाको एपमार्फत आफ्नो खाता लगइन गर्नुहोस्।
२। होम स्क्रिन मै देखिने ‘सेन्ड मनी’ विकल्प रोज्नुहोस्।
३। प्राप्तकर्ताको विवरण र पठाउने रकम भर्नुहोस्।
४। सोही पृष्ठमा देखिने एस्क्रो सेवा अन गर्नुहोस्। 
यसो गरेपछि सेवा बापतको शुल्क लाग्ने भन्दै नोटिफेकेसन आउँछ। त्यसलाई ‘मान्य छ’ भन्ने विकल्प रोज्नुहोस्। 
५। आवश्यकता अनुसार थप विवरणहरू भर्नुपर्ने हुन्छ। सम्पूर्ण विवरण भरेर पुष्टि गर्नुहोस्।
यदी तपाईंले इसेवा मार्फत पहिलो पटक कसैलाई रकम पठाउँदै हुनुहुन्छ र यो सेवा प्रयोग नगर्ने विकल्प रोज्नुभएको छ भने तपाईंलाई एस्क्रो सेवा प्रयोग गर्न सूचित गरिन्छ। यद्यपि, तपाईंसँग यो सेवा प्रयोग नगर्ने विकल्प पनि छ।
६। ‘कन्फर्म’ बटन रोज्नुहोस्।


 एस्क्रोको प्रयोग बापत लाग्ने शुल्क यस प्रकारको छः 
escrew-1715747334.JPG
 


प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
प्रोटोन इमासले नारायणघाटमा गर्याे शोरूम विस्तार
प्रोटोन इमासले नारायणघाटमा गर्याे शोरूम विस्तार शुक्रबार, कात्तिक २१, २०८२
वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
वाणिज्य बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल बिहीबार, कात्तिक २०, २०८२
एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा
एनसेलका डेटा प्याक प्रयोगकर्ताहरुलाई मेटलाइफको बीमा सुरक्षा बिहीबार, कात्तिक २०, २०८२
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न 
ग्लोबल आइएमई बैंक र नास–आईटीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न  बुधबार, कात्तिक १९, २०८२
दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा
दराजमलद्वारा अथेन्टिसिटी ग्यारेन्टीको घोषणा मंगलबार, कात्तिक १८, २०८२
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण
सन नेपाल लाइफले गर्याे आइ.एस.ओ प्रमाणपत्र नवीकरण मंगलबार, कात्तिक १८, २०८२
एनआइसी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न
एनआइसी एशिया लघुवित्तको समिक्षा गोष्ठी सम्पन्न सोमबार, कात्तिक १७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP