Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • प्राथमिकतामा युरोप, श्रमिकको गन्तव्य खाडीमै
प्राथमिकतामा युरोप, श्रमिकको गन्तव्य खाडीमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख २८, २०८१

काठमाडौं– सरकारले वैदेशिक रोजगारीका लागि पारिश्रमिक र सुरक्षाको दृष्टिकोणले खाडी मुलुुकको विकल्पमा युरोपलाई लिए पनि नेपाली श्रमिकको गन्तव्य खाडीमै केन्द्रित देखिएको छ । युरोपबाट वैदेशिक रोजगार व्यवसायीले ल्याएका मागपत्र सम्बन्धित दूतावासले समयमै प्रमाणीकरण नगर्दा नेपाली श्रमिक युरोपेली मुलुकभन्दा खाडीमै केन्द्रित हुनुपरेको बताइएको छ ।

यतिखेर वैदेशिक रोजगारीका लागि खाडीको विकल्पमा युरोपलाई केन्द्रित गर्ने सरकारको नीति सुस्त देखिएको छ । तत्कालीन मन्त्री शरतसिंह भण्डारीले युरोपमा श्रमिक पठाउन सहज हुने भन्दै जारी गरेको मागपत्र जाँचबुझ र स्वीकृत गर्ने कार्यविधि, २०८० को खारेज भएसँगै अझ अन्योल छाएको व्यवसायीहरु बताउँछन् । अहिले पनि युरोपेली मुलुकबाट ४० हजारभन्दा बढी श्रमिकको माग रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले बताए ।

‘युरोपको रोजगारीका लागि सरकारले नै सहजीकरण नगर्दा व्यवसायीहरुले बाध्य भएर नेपाली युवाशक्तिलाई खाडी मुलुकमै पठाइरहेका छन्,’ उनले भने, ‘अहिले पनि थुप्रै व्यवसायीले युरोपबाट डिमाण्ड ल्याउनुभएको छ, तर समयमै मागपत्र प्रमाणीकरण नहुँदा नेपालीहरुले आकर्षक रोजगारीको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था छ ।’ सरकारले आवश्यक सहजीकरण गरे खाडीको विकल्प युरोप नै हुने भुर्तेलको भनाइ छ । युरोपमा रोजगारीको क्षेत्र पहिल्याउन र नेपाली श्रमशक्तिको जानकारी दिन संघले रोजगार मेलाको आयोजना गर्ने भनिए पनि सरकारको तर्फबाट अपेक्षाकृत सहयोग नहुँदा अघि बढ्न नसकिएको उनले बताए । 

Hardik health

व्यवसायी, श्रमिक, सरोकारवाला र सरकार आफैंले युरोप–युरोप भने पनि खाडी मुलुकले नै वैदेशिक रोजगार व्यवसाय धानेको अर्का एक व्यवसायीले बताए । उनका अनुसार व्यवसायीले युरोप केन्द्रित भएर माग ल्याए पनि सरकारले नै नियोजित रुपमा रोक्ने गरेको छ । ‘सरकारको नीति नै नेपाली श्रमिकलाई खाडीमा मात्रै पठाउनुपर्छ भन्ने जस्तो देखिन्छ,’ ती व्यवसायीले भने, ‘युरोपका सम्बन्धित मुलुकमा राजदूतावास नभएको, एउटै दूतावासले धेरै मुलुक हेर्नुपर्दा जनशक्तिको अभाव रहेको भन्दै पन्छिने गरिन्छ, मागपत्र ल्याउने व्यवसायी धाउँदा–धाउँदा थाक्छ ।’ म्यानपावरमार्फत युरोपको रोजगारीलाई प्रवद्र्धन गर्न नसक्दा नेपालीहरू दलालमार्फत अवैध बाटो हुँदै जाने र ठगिने क्रम बढ्दो रहेको व्यवसायीहरुको भनाइ छ ।

यता सरकारले भने वैदेशिक रोजगार युरोप केन्द्रित हुन व्यवसायीलाई कुनै अवरोध नगरेको जनाएको छ । केही दिनअघि एक कार्यक्रममा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य नभएसम्म नेपालीहरु विदेश गइरहने भन्दै विकसित मुलुकहरुमा आकर्षक पारिश्रमिकसहित पठाउन व्यवसायीलाई कुनै अवरोध नरहेको बताएका थिए ।

‘हामी पनि युरोपमा नपठाउने भन्ने पक्षमा छैनौं,’ उनको भनाइ थियो, ‘मात्रै व्यवस्थित र पारदर्शी तरिकाले नेपालीहरुलाई युरोपमा पठाउनुपर्छ भनेर गृहकार्य गरिरहेका छौं ।’ युरोपबाट आएका मागसम्बन्धी बनेको मागपत्र जाँचबुझ र प्रमाणीकरण कार्यविधिले विवाद सिर्जना गरेका कारण खारेज गर्नुपरेको मन्त्री अर्यालको भनाइ छ । उनका अनुसार युरोपको रोजगारीमा सरकार सजग छ । 

 



 


प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP