Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रोस्टर परिवर्तन गर्न इच्छुक साढे ३५ सय जनाको सूची पठाइयो
रोस्टर परिवर्तन गर्न इच्छुक साढे ३५ सय जनाको सूची पठाइयो
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २३, २०८१

काठमाडौं– इपिएस भाषा परीक्षा उत्तीर्ण गरी दक्षिण कोरिया रोजगारीमा जान रोस्टरमा परेका साढे ३५ सयभन्दा बढी रोस्टर परिवर्तन इच्छुक देखिएका छन् । कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा जान रोस्टरमा परेका उनीहरुले सेवा क्षेत्रमा रोस्टर परिवर्तन गर्न चाहेका हुन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाले सेवा क्षेत्रमा रोस्टर परिवर्तन गर्न आवेदन दिएकाहरुको सूची कोरियाको मानव संसाधन विकास (एचआरडी)मा पठाएको छ । शाखाले शुक्रबार एक सूचना गरी गरी उक्त जानकारी दिएको हो । शाखाको सूचनाअनुसार तीन हजार ५७६ जनाको सूची पठाइएको छ ।

कोरियामा कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि जान इपिएस भाषा परीक्षा उत्तीर्ण गरी रोस्टरमा परेकाहरुलाई सेवा क्षेत्रमा रोस्टर परिवर्तन गर्ने अवसर दिइएको हो । इपिएस कोरिया शाखाले यही वैशाख १४ गते एक सूचना जारी गर्दै कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाहरूले सेवा क्षेत्रमा रोस्टर परिवर्तन गर्न सक्ने जनाएको थियो । रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ भित्र समाप्त हुने इच्छुक व्यक्तिहरूले रोस्टर परिवर्तन सक्ने जनाइएको थियो । एचआरडी कोरियाले रोस्टर परिवर्तन गर्न सक्ने नौ हजार ४२८ जनाको नामावलीसहितको सूची पठाएको थियो । तीमध्ये आधाभन्दा कमले मात्र रोस्टर परिवर्तन गर्न आवेदन दिएका हुन् ।

Hardik health

शाखाका अनुसार पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएकालाई भने रोस्टर परिवर्तन गर्न अवसर दिइएको छैन । सेवा क्षेत्र परिवर्तन गरिए पनि रोस्टरको अवधि भने थप नहुने शाखाले जनाएको छ । यदि आवेदकहरुको संख्या आवश्यक संख्याभन्दा बढी भएमा जसको रोस्टरमा अवधि छोटो छ त्यस्ता आवेदकहरुलाई प्राथमिकता दिइने बताइएको थियो । 

त्यसअघि भाषा परीक्षा पास गरेर कोरिया जान पर्खेर बसेका हजारौं युवाहरुले आफूहरूको समस्या समाधानका लागि पहल गर्न श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याललाई आग्रह गरेका थिए । गुनासो प्राप्त भएपछि श्रममन्त्री अर्यालले कोरियाका सम्बन्धित निकायका पदाधिकारीसँग पटक–पटक छलफल गरेका थिए ।

पछिल्लोपटक गत वैशाख १२ गते मन्त्री अर्यालले एचआरडी कोरिया मुख्यालयका प्रतिनिधि, एचआरडी कोरियाका नेपाल प्रतिनिधि, इपिएस शाखा र कोरिया रिटर्नी एवं रोस्टरमा रहेकाहरूबीच गुनासो सम्बोधनका लागि छलफल गराएका थिए । उक्त छलफलमा कोरियाली पक्षले समस्या समाधानका लागि शीघ्र निकास निकाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो । परिणामस्वरुप त्यसको भोलिपल्ट अर्थात् वैशाख १३ मै कोरियाली पक्षले रोस्टर परिवर्तन गर्न सकिने निर्णय गरी इपिएस शाखालाई जानकारी गराएको थियो ।
 


प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ०९:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP