Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • फर्किए कतारका अमिर, श्रम सम्झौता ‘अपेक्षा’मै सीमित
फर्किए कतारका अमिर, श्रम सम्झौता ‘अपेक्षा’मै सीमित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १३, २०८१

काठमाडौं– निकै महत्वकासाथ हेरिएको कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी नेपालको दुईदिने भ्रमण सकेर फर्र्किएका छन् । ठूलो तामझामका साथ नेपाल आएका उनको स्वागतमा नेपाल सरकारले कुनै कसर बाँकी राखेन । दुई देशबीच केही समझदारीपत्रमा भएका हस्ताक्षरको साक्षी बनेर उनी फर्किसकेका छन् । तर नेपालले अपेक्षा गरेको खास क्षेत्र अर्थात् श्रमसम्बन्धी हुने भनिएको सम्झौता भने हुन सकेन ।

यद्यपि, नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारका अमिर नेपाल आउनुले नेपाली श्रमिकमा उत्साह जगाएको छ ।  श्रमसम्बन्धी सम्झौता नभएपछि सरोकारवाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरु भने खिन्न भएका छन् । 

अमिर थानीको नेपाल भ्रमणका क्रममा कतारसँग सन् २००५ मा भएको श्रम सम्झौताको पुनरावलोकन तथा परिमार्जनसहित पुनः श्रम सम्झौता हुने मन्त्रालयले बताउँदै आएको थियो । ठूलो तयारीका साथ श्रम सम्झौताका लागि बसेको नेपाली पक्ष कतारले कुनै प्रतिक्रिया नजनाउँदा निराश भएको मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार श्रम सम्झौता हुनेमा श्रममन्त्री डोलप्रसाद अर्यालसमेत ढुक्क थिए ।

Hardik health

एक साताअघि अर्यालसँगको भेटमा नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अलिले अमिर थानीको भ्रमणका क्रममा श्रम सम्झौता पुनरावलोकन हुनसक्ने बताएका थिए । ‘सोहीअनुरुप तयारी गरेर परराष्ट्र मन्त्रालयमार्फत सम्झौता पुनरावलोकनका लागि प्रस्ताव गरिएको थियो,’ ती अधिकारीले भने, ‘हुन्छ, हुन्छ भने पनि अमिरको भ्रमणको अन्तिम समयसम्म कुनै प्रतिक्रिया आएन र श्रम सम्झौताको विषय उठाउने कुरै भएन ।’

नेपालले विभिन्न फोरममा पनि कतारसँग श्रम समझदारी पुनरावलोकन तथा परिमार्जनका लागि आवश्यक सम्झौता गर्ने सम्बन्धमा प्रस्ताव राख्दै आएको छ । यसअघि संयुक्त अरब इमिरेट्स (युएई)मा भएको अबुधाबी डाइलगमा सहभागी नेपालले साइडलाइन वार्ताका क्रममा कतारसँग श्रम सम्झौताको प्रस्ताव राखेको थियो ।  त्यसबेला पनि कतारले सहमति जनाउँदै अमिर थानीको नेपाल भ्रमणका क्रममा हस्ताक्षर हुने आश्वासन दिएको मन्त्रालयकै अधिकारीहरु बताउँछन् ।

नेपाल भ्रमणका क्रममा अमिर थानीले कतारको विकासमा नेपाली श्रमिकको भूमिका उच्च रहेको भन्दै प्रशंसा गरेको प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालसँग बुधबार भएको द्विपक्षीय भेटवार्तामा कतारका अमिर थानीले नेपालको प्रशंसा गर्दै आगामी दिनमा थप रोजगारी उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको बताइएको छ । साथै उनले नेपाली श्रमिकको सीप विकास तथा क्षमता अभिवृद्धि गर्न पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि मंगलबार राष्ट्रपति राचन्द्र पौडेलसँगको भेटमा पनि अमिर थानीले नेपाली श्रमिकका लागि अझ राम्रो क्षेत्रमा रोजगारी खुला गर्ने बताएका थिए । 


प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा  ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, जेठ १२, २०८३
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा
कोरिया जान नपाएका युवाहरु रवि खोज्दै रास्वपा कार्यालयमा मंगलबार, जेठ १२, २०८३
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित सोमबार, जेठ ११, २०८३
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP