Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरिया रिटर्नीको गुनासो सम्बोधन गर्न छलफल
कोरिया रिटर्नीको गुनासो सम्बोधन गर्न छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख १३, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरिया रिटर्नीको गुनासो सम्बोधन गर्न त्रिपक्षीय छलफल गराएको छ । मन्त्रालयले बुधबार श्रममन्त्री डोलप्रसाद अर्यालको उपस्थितिमा कोरियाको मानव संसाधन विकास सेवा (एचआरडी), वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखा र कोरिया रिटर्नीहरुबीच त्रिपक्षीय छलफल गराएको हो ।

छलफलमा कोरिया रिटर्नीका प्रतिनिधिले एचआरडी कोरिया र इपिएस शाखासँग राखेका विभिन्न जिज्ञासा तथा प्रश्नमाथि एचआरडी कोरियाको परीक्षा शाखा निर्देशक साङह्युन क्वाकले प्रस्टीकरण दिएका थिए । कोरियाबाट फर्किएका नेपाली युवामा इपिएस प्रक्रियामाथि नै शंका रहेको र उनीहरुलाई एचआरडीले विभेद गरेको गुनासो आएपछि गुनासोलाई मेटाउन सम्बन्धित पक्षलाई आमनेसामने गराइएको मन्त्री अर्यालले बताए । ‘श्रमिकको गुनासो सीधै सम्बन्धित निकायसमक्ष राख्न छलफल गराइएको हो,’ उनले भने, ‘छलफलपछि सहभागी पक्षहरुको जिज्ञासा मेटियो भन्नेमा म विश्वस्त छु ।’ 

छलफलमा कोरिया रिटर्नीले एचआरडी कोरियाले श्रमिक छनोटमा विभेद गरेको, कोरिया रिटर्नीको फाइल रोजगारदातामा नपु¥याएको, महिला श्रमिकलाई छनोट नगरेकोलगायतका गुनासो गरेका थिए । त्यस्तै, नयाँलाई मात्रै प्राथमिकता दिएको गुनासो गरेका थिए । कोरिया रिटर्नीको गुनासोलाई सम्बोधन गर्दै एचआरडी कोरियाको छनोट विभागका निर्देशक क्वाकले कोरिया जाने श्रमिकको छनोटको पूर्णअधिकार रोजगारदातामा निहित हुने बताए । एचआरडी कोरियाले नेपाल–कोरियाबीच भएको सम्झौताअनुसार श्रमिक छनोट गरी रोस्टरमा मात्रै राख्ने काममात्र गर्ने उनले बताए । श्रमिकको फाइल पठाउने वा श्रमिक छनोट गर्ने प्रक्रियामा कुनै पनि निकायको संलग्नता नहुने उनले स्पष्ट पारे ।

Hardik health

‘हामीले अनलाइनमार्फत पारदर्शी रुपमा नै परीक्षा लिन्छौं, उत्तीर्ण भएका श्रमिकलाई रोस्टरमा सूचीकृत गर्छौं, तर श्रमिकको छनोट रोजगारदाताले नै गर्छ,’ उनले भने, ‘यसरी कोरियाको श्रम मन्त्रालयअन्तर्गतको जब सेन्टरले रोस्टरमा रहेका श्रमिकको सूची रोजगारदाताकहाँ पु¥याउँछ, उनीहरुले आफ्नो आवश्यकताको आधारमा छनोट गर्न पनि सक्छन् नगर्न पनि सक्छन् ।’

श्रमिक छनोट गर्ने प्रक्रियाको विषयमा नेपालीमाझ गलत सूचना फैलिएकोप्रति उनले दुःख व्यक्त गरे । गलत सूचनामा भर नपर्न उनले आग्रह गरे । त्यस्तै, कोरियन रोजगारदाताले नेपाली श्रमिकलाई अति नै रुचाएको पनि उनले बताए । सन् २०२३ मा नेपालबाट करिब १९ हजार ६८९ नेपाली श्रमिक कोरिया पुगेका थिए । नेपालले सबैभन्दा धेरै श्रमिक पठाउन सफल भएको भन्दै कोरियाले पुरस्कृत पनि गरेको थियो । 

त्यस्तै, कोरियाको रोजगारदातालाई श्रमिकको आवश्यकता परेमा अनलाइनमार्फत जब सेन्टरमा श्रमिकको माग गर्छन् । जब सेन्टरले रोजगारदाताले तोकेको मापदण्ड पुगेका श्रमिकको सूची पठाउँछ । यसरी जब सेन्टरले श्रमिकको सूची पठाउँदा तीन गुणा बढी पठाउँछ । जस्तै, कुनै रोजगारदाताले १०० जना श्रमिकको माग गरेमा जब सेन्टरले ३०० जनाको सूची पठाउँछ । यसरी जब सेन्टरले पठाएको सूचीबाट रोजगारदाताले श्रमिक छनोट गर्छ । श्रमिक छनोट गर्ने पूर्ण अधिकार रोजगारदातामा नै हुने हुँदा यसमा कुनै पनि निकाय वा व्यक्तिको संलग्नता नहुने इपिएस कोरिया सेन्टर र इपिएस शाखाको दाबी छ ।

कोरिया र नेपालबीच इपिएसमार्फत रोजगारीका लागि सन् २००७ मा सम्झौता भएको हो । सन् २००८ देखि नेपाली श्रमिक कोरिया रोजगारीमा जान थालेका हुन् । पहिलो चरणमा ५५ जना नेपाली श्रमिक इपिएसमार्फत कोरिया पुगेका थिए । कोरियाले सन् २०२३ सम्ममा कृषि तथा पशुपालन तथा उत्पादन क्षेत्रमा नेपाली श्रमिक लैजाँदै आएकोमा अहिले शिप विल्डिङ क्षेत्रमा पनि लैजान थालेको छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १०:३४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP