Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रथम_अधिवेशन
  • #सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेश
  • #फिफा विश्वकप २०२६
  • #ईपीएस
  • #दक्षिण कोरिया
  • #फाराम_शुल्क_वृद्धि
  • #दक्षिण एसियाली शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री अर्यालले भने– श्रमिकले भोकै यात्रा गर्न नपरोस्
श्रममन्त्री अर्यालले भने– श्रमिकले भोकै यात्रा गर्न नपरोस्
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ११, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई हवाईजहाजभित्र अनिवार्य रुपमा खाना खाने व्यवस्था मिलाउन सरोकारवालाई आग्रह गरेका छन् । सोमबार वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधि, व्यवसायी र मन्त्रालयका अधिकारीबीच भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री अर्यालले उक्त आग्रह गरेका हुन् । 

उनले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर संस्थागत (म्यानपावर)मार्फत रोजगारीमा जाने श्रमिकलाई हवाई यात्राको समयमा अनिवार्य रुपमा खानाको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको बताए । यसका लागि हवाई टिकटमा नै खानाको व्यवस्था उल्लेख गर्नुपर्नेमा मन्त्री अर्यालले जोड दिए । ‘मध्यपूर्व तथा मलेसिया जाने श्रमिकले औसत चार घण्टाको यात्रा तय गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘यात्रा गर्नुपूर्व तीन घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने व्यवस्था छ, समयको लामो अन्तरका कारण श्रमिकले घण्टौंसम्म भोकै यात्रा गर्नुपर्ने बाध्यता छ, यसको अन्त्य गर्न अनिवार्य खाना खुवाउने प्रबन्ध मिलाउनुप¥यो ।’

मन्त्री अर्यालले गन्तव्य मुलुक पुगेपछि पनि श्रमिकले समयमा नै खाना खान पाउने अवस्था नभएको बताए । श्रमिकले लिने हवाई जहाजको टिकटमा नै खानाको व्यवस्था गरीदिन उनले व्यवसायीसँग आग्रह गरे । ‘मुलुकभित्रै अवसर नपाएर युवाहरु विदेशिएका छन्, विदेशिँदै गर्दा पनि हामी श्रमिकलाई घण्टौंसम्म भोकै राख्छौं, कम्तीमा पनि जहाजभित्र पानी र एकपटकको खानाको व्यवस्था गरिदिनुस्,’ मन्त्री अर्यालले भने ।  

Hardik health

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई खाना उपलब्ध गराउने सम्बन्धमा व्यवसायीहरु पहिलेदेखि नै सकारात्मक रहे पनि एयरलाइन्सहरुले व्यावसायिक फाइदा हेरेका कारण समस्या भइरहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘यसमा हामी व्यवसायी पनि गम्भीर छौ, हाम्रो सकारात्मक पहल अहिले पनि जारी नै छ,’ उनले भने, ‘एयरलाइन्स कम्पनीहरुले व्यावसायिक फाइदालाई मात्रै हेर्ने हुँदा श्रमिकहरु भोकै यात्रा गर्नुपर्ने बाध्यकारी अवस्थामा छन् ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले नै एयरलाइन्सहरुलाई अनिवार्य रुपमा श्रमिकका लागि खाना उपलब्ध गराउनुपर्ने नियम बनाइदिनुपर्ने अध्यक्ष भण्डारीले बताए । तर, नेपाल एयरलाइन्सलगायत तीन÷चारवटा एयरलाइन्सले भने अनिवार्य रुपले खाना दिने गरेको व्यवसायीहरु बताउँछन् ।नेपालबाट औसत एक हजार ५०० युवा दैनिक रोजगारीका लागि मलेसिया तथा मध्यपूर्वका विभिन्न मुलुकमा जाने गरेका छन् । यी मुलुकमा विभिन्न एयरलाइन्सले उडान भर्दै आएका छन् । नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स, मालिन्दो एयरलाइन्स, मलेसियन एयरलाइन्सले नेपालदेखि मलेसियाको उडान भर्दै आएका छन् । हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, कतार एयरलाइन्सले नेपाल  र कतार लागि उडान भर्दै आएका छन् ।

त्यस्तै, नेपालदेखि साउदी अरेयिबाका लागि हिमालयन एयरलाइन्सले मात्रै सीधा उडान भर्दै आएको छ भने एयर अरेबिया, फ्लाई दुबई, कतार एयरलाइन्स, जजिरा एयरलाइन्स, कुवेत एयरलाइन्स, सलाम एयर, इन्डिगो एयरलाइन्स, एयर जजिरा, एयर इण्डियाले ट्रान्जिट उडान भर्दै आएका छन् । सलाम एयरलाइन्सले ओमान र नेपालबीच सीधा उडान भर्दै आएको छ भने फ्लाई दुबई, एयर जजिरा, एयर अरेयिबा, कतार एयरवेजले ट्राञ्जिट उडान भर्दै आएका छन् । युएईका लागि भने हिमालयन एयरलाइन्स, नेपाल एयरलाइन्स, फ्लाई दुबई, एयर अरेबियाले सिधै उडान भर्दै आएका छन् भने एयर जजिरा, इन्डिगो, एयर इण्डिया, कुवेत एयरवेज, सलाम एयरवेजले ट्रान्जिटबाट उडान भर्दै आएका छन् ।

कुवेतका लागि कुवेत एयरवेज र एयर जजिराले उडान भर्दै आएका छन् । व्यवसायीहरुले छलफलमा वैदेशिक रोजगारमैत्री निर्णय लिन पनि मन्त्री अर्याललाई आग्रह गरे । उनीहरुले विदेश जाने श्रमिकसँग लिने सेवा शुल्क, मागपत्र प्रमाणीकरणलगायतका विषयलाई व्यावहारिक बनाउन मन्त्रालयको तर्फबाट सहजीकरण हुनुपर्नेमा जोड दिए ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १०:३६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली
 नेपाल लोकतान्त्रिक वैराे व्यवसायी एसोसिएसनको अध्यक्षमा किशोरकुमार केसीले गरे पदबहाली बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच जना पक्राउ बुधबार, असार २४, २०८३
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा  सुझाव
संघले बुझायाे श्रम मन्त्रालयमा प्रस्तावित विधेयकको मस्यौदामा सुझाव बुधबार, असार २४, २०८३
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने सात जना पक्राउ मंगलबार, असार २३, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
वैदेशिक रोजगारीलाई एजेण्टमुक्त बनाउने ‘अपरेसन इलिगल एजेण्ट क्लिन-अप’ अभियान
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP