Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #प्राइम_टाइल्स
  • #बेबी_वार्मर
  • #मन्त्रिपरिषद बैठक
Search Here
समाचार
  • Home
  • समाचार
  • सुन्दैन सरकार, प्रदर्शनकारी अनसनमा
रुसी सेनामा रहेका नेपालीको उद्धार माग सुन्दैन सरकार, प्रदर्शनकारी अनसनमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख ९, २०८१

हामीले सरकारसमक्ष पटक–पटक हाम्रो माग राख्यौं । तर, सुनुवाइ भएन । त्यसपछि हामीले आन्दोलन सुरु ग¥यौं । तैपनि बेवास्ता गरियो । त्यसैले बाध्य भएर अनसन थालेका हौं । 
कृतु भण्डारी
अभियन्ताkritu-bhandari-1713669700.jpg

काठमाडौं– रुसी सेनामा कार्यरत नेपालीको जीवनरक्षाको माग गर्दै सिंहदरबार अगाडि दिनहुँ प्रदर्शन भइरहन्छ । प्रदर्शनकारीहरूले रुसी सेनामा रहेका आफन्तहरूको जीवनरक्षा र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन कूटनीतिक पहल गर्नुपर्ने माग अघि सारेका छन् । घाइतेको उपचार गर्नुपर्ने र बेपत्ताको स्थिति सार्वजनिक गर्नुपर्नेलगायतका माग पनि उनीहरूको छ । तर, प्रदर्शनकारीहरूको यी माग नसुन्ने अवस्थामा सरकार छ । बरू, उल्टै प्रदर्शनकारीहरूमाथि सरकारको दमन भइरहेको छ  । दमनका बाबजुद पनि पछि नहटेका प्रदर्शनकारीहरू शनिबारदेखि भने अनसनमा छन् । माइतीघर मण्डलमा उनीहरु अनसनमा बसेका हुन् । 

‘रुसी सेनामा आबद्ध नेपालीको जीवनरक्षार्थ अभियान’की संयोजक कृतु भण्डारीका अनुसार रुसी सेनामा रहेका नेपालीको उद्धारका लागि पटक–पटक रकारको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएकाले बाध्य भएर अनसन बस्नुपरेको हो ।‘हामीले सरकारसमक्ष पटक–पटक हाम्रो माग राख्यौं । तर, सुनुवाइ भएन । त्यसपछि हामीले आन्दोलन सुरु ग¥यौं । तैपनि बेवास्ता गरियो । त्यसैले बाध्य भएर अनसन थालेका हौं,’ भण्डारीले प्रभावसँग भनिन् ।

Hardik health

प्रदर्शनकारीहरूको १३ बुँदे माग छन् । ती मागहरू सम्बोधन नहुञ्जेलसम्म अनसन जारी रहने पनि भण्डारीले बताइन् । ‘हामीले १३ बुँदै माग राखेर अनसन थालेका हौं । यी मागहरू नेपाली सपुतहरूको जीवनरक्षार्थ हो । यहाँ केही पनि स्वार्थ छैन र माग सम्बोधन नहुञ्जेल हामी अनसन तोड्दैनौं,’ उनले भनिन्, ‘अनसनमा ४० जनाभन्दा बढी छौं ।’


युक्रेनको कब्जामा रहेका पाँचजना युद्धबन्दीको उद्धार गर्न, मृतकको शव स्वेदश ल्याउन, बेपत्ताको खोजी गर्न, रुसी सेनामा कार्यरत नेपाली नागरिकको तथ्यांक सार्वजनिक गर्न पनि प्रदर्शनकारीहरूले माग गरेका छन् । यसअघि २३ चैतमा भण्डारीसहित रुसी सेनामा रहेका आफन्तहरूले गृहमन्त्री रवि लामिछानेको ध्यानाकर्षण गराएका थिए । त्यसबेला भण्डारीले गृहमन्त्री लामिछानेलाई रुसी सेनामा भएका ६२० जना नागरिकको विवरणसमेत उपलब्ध गराएकी थिइन् । तीमध्ये ३९ जनाले ज्यान गुमाएको अभियानको दाबी छ । प्रदर्शनकारीहरूले गृहमन्त्री लामिछानेलाई ज्ञापनपत्र पनि बुझाएका थिए । 

ज्ञापनपत्र बुझेपछि लामिछानेले रुसी सेनामा गएका नेपालीको समस्याबारे आफू पूर्ण जानकार रहेको भन्दै अन्तरदेशीय समन्वय प्रभावकारी नहुँदा जटिलता देखिएको तर नेपालीहरूलाई रुसदेखि फर्काइदिने आश्वासन दिएका थिए । ‘यो समस्याबारे प्रधानमन्त्रीसँग पनि तत्काल समन्वय गर्छु, कसरी समस्या समाधान गर्न सकिन्छ, त्यो विषयमा छलफल गर्छौं,’ गृहमन्त्री लामिछानेले भनेका थिए, ‘रुसी सेनामा रहेका नेपालीहरूलाई फर्काइदिने भन्दै असुली गर्नेलाई पनि कानुनी दायरामा ल्याउँछौं ।’

तर, लामिछानेले हालसम्म परिणाम देखिनेगरी केही पनि कदम नचालेपछि प्रदर्शनकारीहरू अनसनमा बस्न थालेका हुन् । यसअघि गत चैत ८ गते अर्थमन्त्री वर्षमान पुनले नेपालको परराष्ट्र नीतिविपरीत रुसी सेनाले नेपालीको भर्ती गरेको भन्दै उनीहरूलाई स्वदेश फिर्ता गर्न रुसलाई आग्रह गरेका थिए । रुसी राजदूत अलेक्सेई ए नोभिकोभलाई उनले भर्ती भएकालाई नेपाल फिर्ता, घाइतेको उपचार, मृत्यु भएका नेपालीको शव नेपाल फिर्ता ल्याउन आग्रह गरेका थिए ।

त्यसबेला रुसी राजदूतले रुस सरकारले आह्वान गरेर नेपालीको भर्ती नभएको जिकिर गर्दै सेनामा रहेका नेपाली स्वदेश फिर्ता आउन नचाहेको जवाफ दिएका थिए । अहिलेसम्म केही जोखिम मोलेर भाग्दै नेपाल आएकाबाहेक सरकारी तहबाट एकजना पनि नेपालीको उद्धार भएको छैन । यसप्रति रुसी सेनामा रहेका नेपालीका आफन्तहरू आक्रोशित छन् । 


प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान बिहीबार, पुस २४, २०८२
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड बुधबार, पुस २३, २०८२
वैदेशिक रोजगारीको बहानामा व्यक्तिगत ठगी नियन्त्रणबाहिर
वैदेशिक रोजगारीको बहानामा व्यक्तिगत ठगी नियन्त्रणबाहिर बुधबार, पुस २३, २०८२
इजरायल र ओमानसँग गरिने श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत 
इजरायल र ओमानसँग गरिने श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत  मंगलबार, पुस २२, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP