Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा अवैधरुपमा बसेकालाई स्वदेश फर्किने अवसर 
मलेसियामा अवैधरुपमा बसेकालाई स्वदेश फर्किने अवसर 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, वैशाख ६, २०८१

काठमाडौं– मलेसिया सरकारले अवैधरुपमा बसिरहेका आप्रवासी कामदारलाई सहज तरिकाबाट स्वदेश फिर्तीको अवसर दिएको छ । मलेसियाले विभिन्न कारणले कानुनी हैसियत गुमाएर अवैधरुपमा बसोबास गरिरहेका आप्रवासी कामदारलाई लक्षित गरी घर फिर्तीको कार्यक्रम ल्याएको हो । 

उक्त कार्यक्रमबाट लाभ लिन मलेसियास्थित नेपाली दूतावासले गैरकानुनी रुपमा बसेका नेपालीहरुलाई आग्रह गरेको छ । मलेसियाले यही २०२४ मार्चदेखि डिसेम्बरसम्मको समयावधि दिएर गैरकानुनीरुपमा बसेका आप्रवासी कामदारलाई घर फर्किन पाउने व्यवस्था गरेको दूतावासले जनाएको छ । 

नेपाली दूतावासले एउटा भिडियो सन्देश जारी गर्दै मलेसियामा विना भिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका नेपालीहरुको हकमा ५०० मलेसियन रिंगिट जरिवाना तिरेर घर फर्किन सक्ने जानकारी दिएको छ । घर फर्किनका लागि पासपोर्ट नहुनेले ट्राभल डकुमेन्ट बनाउन सक्ने र हवाई टिकटको व्यवस्था गर्नुपर्ने छ । ट्राभल डकुमेन्टको लागि दूतावासमा सम्पर्क गर्न आग्रह गरिएको छ । आफूलाई पायक पर्ने अध्यागमनमा ट्राभल डकुमेन्ट वा पासपोर्टसहित निवेदन दिएपछि घर फिर्तीको मिति प्राप्त हुने छ । यसरी प्राप्त भएको मितिअनुसार १४ दिनभित्रमा घर फर्किने तयारीकासाथ हवाई टिकटको व्यवस्था मिलाउनु पर्ने दूतावासले प्रस्ट पारेको छ ।

Hardik health

अवैधरुपमा रहेका विदेशी कामदारलाई जुनसुकै बेला पनि पक्राउ गर्न सक्ने सम्भावना रहेको भन्दै दूतावासले यसलाई अवसरको रुपमा लिन नेपालीहरुलाई आग्रह गरेको छ । यसबारे विभिन्न माध्यमबाट जानकारी दिँदै आएको दूतावासले उल्लेख गरेको छ । यदि तोकिएको म्याद गुजारी अवैधरुपमा बसेको पाइए मलेसिया सरकारले जेल सजायसमेत तोक्न सक्ने बताइएको छ । मलेसिया सरकारले अवैध रुपमा बस्दै आएका तर घर फर्कन चाहने विदेशी नागरिकको सहजीकरणका लागि अध्यागमन विभागबाहेक कुनै निकाय वा व्यक्तिलाई जिम्मेवारी नदिएको पनि दूतावासले प्रस्ट पारेको छ ।

मलेसिया नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक हो । त्यहाँ चार लाखभन्दा बढी नेपाली कार्यरत हेको त्यहाँको गृह मन्त्रालयले उल्लेख गरेको छ । मलेसियामा हाल १५ हजारभन्दा बढी नेपाली अवैधरुपमा बसेको हुनसक्ने अनुमान गरिएको छ । गत आर्थिक वर्षमा नेपालीहरुको पहिलो गन्तव्य बनेको मलेसिया चालु आवमा भने चौथो स्थानमा पुगेको छ । मलेसियाले ३१ मे २०२४ देखि अर्को निर्णय नभएसम्मका लागि विदेशी कामदार भर्ना नगर्ने निर्णय गरेको छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख ६, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो
वैदेशिक विकास सहायता सरकारी बजेट प्रणाली बाहिरबाट खर्च हुने क्रम बढ्दो शुक्रबार, माघ ९, २०८२
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP