Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ट्रक_महासंघ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #राष्ट्रिय सभा निर्वाचन
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #प्राइम_टाइल्स
  • #बेबी_वार्मर
  • #मन्त्रिपरिषद बैठक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • नेपाली कामदारको सीप विकासमा सहयोग गर्न कतार सकारात्मक  
श्रममन्त्री–कतारका राजदूत भेट  नेपाली कामदारको सीप विकासमा सहयोग गर्न कतार सकारात्मक  
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ५, २०८१

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपाली कामदारको सीप विकासमा आवश्यक सहयोग गर्न कतारसमक्ष आग्रह गरेको छ । मंगलबार नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एलएई अन्सारीसँग मन्त्रालयमा भएको भेटवार्ताका क्रममा मन्त्री अर्यालले उक्त आग्रह गरेका हुन् ।  

श्रममन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार नेपालले वैदेशिक रोजगारीका लागि सीपयुक्त कामदार पठाउन चाहेको भन्दै कतारबाट आवश्यक सहयोगको अपेक्षा गरिएको मन्त्री अर्यालले बताएका थिए । ‘हामी सीपयुक्त कामदारको विकास गर्न चाहन्छौं र गन्तव्य मुलुकको आवश्यकताअनुसार नै सीपयुक्त कामदार रोजगारीमा पठाउने पहल गर्ने छौं, त्यसैले कामदारको सीप विकासमा तपाईंहरुलाई सहयोगको लागि आग्रह गर्छौं,’ मन्त्री अर्यालले भने ।

नेपाली कामदारलाई रोजगारीका लागि अवसर दिएकोमा पनि मन्त्री अर्यालले राजदूत अन्सारीमार्फत कतार सरकारलाई धन्यवाद दिए । कतारले नेपाली कामदारलाई समान व्यवहार गरेको भन्नेमा विश्वस्त रहेको बताउँदै मन्त्री अर्यालले कतारले मर्यादित र व्यवस्थित श्रमको अभ्यास गरेको भन्दै खुसी व्यक्त गरे । 

Hardik health

मन्त्री अर्यालसँगको भेटमा राजदूत अन्सारीले नेपाल कतारको दोस्रो ठूलो कामदारको स्रोत मुलुक भएको बताए । उनले नेपाली कामदारको प्रशंसा गर्दै कतारको विकासमा उनीहरुको ठूलो योगदान रहेको स्मरण गरे । नेपाली श्रमिकको सीप विकासका लागि सहयोग गर्न कतार सधैं तयार रहेको उनले स्पष्ट पारे । ‘नेपाली श्रमिकको सीप विकासमा के–के गर्नुपर्छ, प्रस्ताव ल्याउनुहोस्, हामी सबै खालको सहयोग गर्न तयार छौ,’ राजदूत अन्सारीले भने ।

छलफलका क्रममा राजदूत अन्सारीले नेपालबाट घरेलु कामदार लैजाने सम्बन्धमा पनि चासो दिएको बताइएको छ । साथै भेटका क्रममा कतार सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अलथानीको नेपालको भ्रमण र नेपालले आयोजना गर्न लागेको लगानी सम्मेलनमा विषयमा पनि कुराकानी भएको सचिवालयले जनाएको छ ।

कतारमा हाल तीन लाख ६७ हजार ३८९ नेपाली कामदार कार्यरत रहेको मन्त्रालयले जनाएको छ । जसमा पुरुषको संख्या तीन लाख ५१ हजार ८३४ छ भने महिला श्रमिकको संख्या १५ हजार ५५५ रहेको उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिनामा विदेश जाने नेपाली कामदारको संख्याको आधारमा कतार तेस्रो गन्तव्य बनेको छ । साथै, कतारले लामो समयदेखि नेपालबाट घरेलु कामदार लैजान पाउनुपर्ने माग गर्दै आएको छ । यस विषयमा अबुधावी डायलगमा पनि कतारले नेपालसँग छुट्टै वार्ता गरेको थियो । कतारले आप्रवासी कामदारको सुरक्षा र न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्न आफू प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

 


प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान बिहीबार, पुस २४, २०८२
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड बुधबार, पुस २३, २०८२
वैदेशिक रोजगारीको बहानामा व्यक्तिगत ठगी नियन्त्रणबाहिर
वैदेशिक रोजगारीको बहानामा व्यक्तिगत ठगी नियन्त्रणबाहिर बुधबार, पुस २३, २०८२
इजरायल र ओमानसँग गरिने श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत 
इजरायल र ओमानसँग गरिने श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत  मंगलबार, पुस २२, २०८२
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ
युके पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ सोमबार, पुस २१, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
इपिएस शाखामा दोस्रो दिन पनि घेराउ
झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन
झापामा हात्तीबाट बाली जोगाउन गस्ती टोली परिचालन
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP