Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #जर्मन प्राज्ञ
  • #रजु राणा
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
विचार
  • Home
  • विचार
  • सिंहका वरिपरि हुँडार र स्याल ! 
सिंहका वरिपरि हुँडार र स्याल ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ४, २०८१

एउटा ठूलो जंगल थियो । त्यो जंगलमा बडेमानको सिंहले आफूलाई राजाका रुपमा सबैले स्वीकार गर्न बाध्य बनाएको थियो । सिंह जंगलको राजा नै थियो । त्यो जंगलमा लामो समयदेखि सिंह हराएको थियो । सिंह हराएदेखि जंगलमा बस्ने अन्य जनावरहरु को ठूलो भन्नेमा तँछाडमछाड गरिरहेका थिए । हराएको सिंह आज आउला कि भोलि आउला भन्दा भन्दै लामो समयसम्म सिंह आफ्नो जंगलमा फर्केर आएन !

सिंह जंगलमा नआएपछि वरपर रहेका साना जंगलका ठूला जनावरले त्यो ठूलो जंगललाई आफ्नो बनाउने प्रयास गरिरहे । त्यही जंगलमा जम्मिएका, हुर्किएका जनावरहरुलाई बाहिरबाट आएका साना सिंहका हुँडारहरुले तह लगाइरहेका थिए । मानौं त्यो जंगलको राजा नै उनीहरु नै हुन् ।

विचरा ती जंगली जनावरहरु आफ्नो दैनिकीमै मस्त थिए । आफ्नो जंगलको सिंह राजा हराएको वर्षौं भइसकेको थियो । सिंह कुर्दाकुर्दै उनीहरुले साना जंगलका हुँडारबाट निकै नै सास्ती खेप्नुपरेको थियो । त्यो कुरा सिंह आउलान् र सुनाउला भन्ने थियो । 

जंगलका राजा सिंह नहुँदा त्यो जंगल पनि कता–कता उराठ लाग्ने बनेको महसुस गरेका थिए, जनावरहरुले । उनीहरु जति नै जंगल सुरक्षा र समृद्धि गर्न खोजे पनि उनैलाई हैरान पार्थे ती स्याल र हुँडारहरुले । विचरा जनावरहरुको न सुनाउने ठाउँ थियो न सुनिदिने सिंह नै थिए । निकै अन्यायमा परेका थिए ती रैथाने जनावरहरु !

जंगलमा सिंहको नाम गरेर हुँडार र स्यालहरुले रजगज गरिरहेको थिए । जंगलका निकै उत्कृष्ट जडीबुटीहरु सत्यानास पारिरहेका थिए । आफूभन्दा कमजोर जनावरलाई त उनीहरुले जंगलबाट नै लखेटिरहेका थिए । हुँडार र स्यालहरु जंगल रित्तो पार्न चाहन्थे र आफैं राज गर्न । तर पनि कतिपय जंगली जनावरहरु हुँडार र स्याललाई आफ्नो बलबुताले भ्याएसम्म ङ्यार ङुर गर्न भने छाडेका थिएनन् । 

जंगलमा रहेका मृग, हरिण, हात्ती, बाँदर, सर्प, बिच्छीलगायतका जनावरहरु न त जंगल छाड्न सक्ने अवस्थामा थिए न त हुँडार र स्यालको कर्कसो स्वर सुनेर बस्न ! तर ती बाध्य थिए । हुँडार र स्याल मिलेर जंगली जनावरलाई हैरान बनाएपछि एक दिन हात्तीले भन्यो, ‘हेर साथी हो, म जति नै ज्यानले ठूलो भए पनि त्यो हुँडार र स्यालसँग डराउनुपर्ने अवस्था आयो । अब यसरी कति दिन बस्ने ? म त यो जंगल छाडेर जाँदै छु !’ 

हात्तीको कुरा सुनेर मृग पनि हो मा हो थपिरहेको थियो । ‘हात्ती दाइको कुरा मलाई निकै चित्त बुझ्यो, मैले त अस्तिनै जान खोजेको हो भन्नै नसकेर बसिरहेको थिएँ ।’ यो जंगलमा हामीलाई न्याय दिने कोही नभएपछि किन बस्नु । अरू पल्लो जंगलमा शरण लिएर बस्दा खुसी भइन्छ । 

मृगको अत्यास टिठलाग्दो भनाइ सुनेर बाँदर मुसुमुसु हाँसिरहेको थियो । बाँदर हाँसेको देखेर हरिणले भन्यो, ‘होइन ओई बाँदर तँ चाहिँ किन हाँसिरहेको छन् । यहाँ झन् सबैको दुःखलाई पार कसरी लगाउने भन्ने छलफल गरिराख्या छौं, ऊ भने खित्काउँदै हाँस्छ !’

हरिणले आफूलाई झपारेपछि बाँदर पनि झोक्किँदै भन्छ, ‘हुतिहाराहरु आफूलाई ठूला सम्झने धेरै दगुर्छु भन्ने मसँग कसैसँग नभएको कस्तुरी छ भन्ने । म डसेर पनि मार्न सक्छु भन्ने तिमीहरु जंगली जनावर लाछी भएको देखेर हाँसेको नि । तिमीहरु जस्तो आफ्नो थाकथलो छाडेर हुँडार र स्यालसँग डराएर भाग्नु छैन मलाई ।

बाँदरले साथीहरुलाई शक्ति थपिदियो । जंगला छाडेर जान्छु भन्ने हात्ती र मृगलाई अलि जोश बढेर आयो । मृगले फेरि भन्यो । ‘तिमीले साँच्चै भनेको कि हामीलाई बर्बाद पार्न भनिरहेका छौं ?’

तिमीजत्तिको बुद्धिमानीले म जस्तो बाँदरलाई यस्तो कुरा भनेको सुहाँउछ ? म त लड्ने हो । हुँडार र स्यालले आफूलाई सिंह सम्झिरहको छन् । ती सिंह हुँदै होइन । तिनीहरुसँग म जाबो बाँदर लड्न खोजेको छु भने हात्ती दाइ त्यसै डराएर अर्काको ठाउँमा जाने ? बाँदरको भनाइ ठिकै लाग्यो भन्न थाले हात्ती पनि । हात्ती हात्ती नै हो सबैको साथी पनि हो । तिमीहरुले जे भन्छौं म त्यही गर्छु । 

अहिले यो जंगललाई अन्याय भइरहेको छ । जंगलमा बस्ने तिमीहामी पनि अन्यायमा परेका छौं । हुँडार र स्यालहरु त्यो सानो सिंहका वरिपरि छन् । त्यत्तिकैमा तिमीहरु डराइरहेका छौं । तर म बाँदर हुँडारहरुलाई तह लगाउँछ भन्नेमा ढुक्क छु । अनि यही जंगलका सिंह आउँछन् र हामीलाई न्याय गर्छन् भन्नेमा पनि ढुक्क छु । यदि मलाई सबैले साथ दिने हो भने म यी हुँडार र स्यालसँग कुस्ती खेल्छु । 

बाँदरले हुँडार र स्यालविरुद्ध हुङ्कार गरे पनि हात्तीले आफ्नो सँुडलाई फनक्क पारेर घुमायो । आँखा रातो रातो बनायो । मृगले तीनफन्का फनऽन फन्क्यो । मानौं अब यी जंगली विभिन्न जाति मिल्न खोजिरहेका छन् । बाँदरको कुरा सुनेर वरपर मौन बसेका बिच्छी, सर्प, भ्यागुता, हरिण, चमेरो, सुगालगायत पनि आ–आफ्नो किसिमले हुँडार र स्यालसँग लड्छु भन्दै हात्तीका सामु आए । जंगलमा बसेका सबै जनावरहरु एक भएर भोलि विहान सवेरै हुँडार र स्यालाई वरिपरिबाट घेर्ने योजना बनाए । 

सबैले आ–आफ्नो योग्यता देखाउन र एकले अर्कालाई सहयोग गरेर सानो सिंहको वरिपरि बसेर सबलाई तह लगाउने कुचेष्टा गरिरहेका हुँडार र स्याललाई खेद्ने निधो गरे । उनीहरु एक रातका लागि कोही कतै नछुट्टिने वाचा पनि गरे । यी जनावरहरुले वाचा गरेजस्तै हुँडार स्यालको बासस्थान तिर लागे । मध्यरातमा सानो सिंहको वरिपरि मस्त मारिरहेका हुँडारका छेउ पुगेर हात्ती जंगलै थर्कने गरी करायो । बाँदरले आफूले बोकेको धारिलो हतियार हुँडारलाई प्रहार ग¥यो । हुँडार र स्यालल थर्रथर्र काँप्न थाले । 

जंगलका सबै जनावरहरु एकै ढिक्का भएर आएको देखेपछि उनीहरुले सानो सिंहसँग कानेखुसी गर्न थाले । सानो राजा, अब हाम्रा दिन गएजस्तो छ । हामीले जति मस्त ग¥यौं ग¥यौ । अब यी जंगली जनावर एक ढिक्का भएर हामीलाई सिध्याउने गरी आएका छन् । हामी यो जंगलबाट भागेर आफ्नै जंगल जानुको विकल्प छैन भने । हुँडार र स्यालले सानो सिंहसँग कानेखुसी गरेको चाल पाएको हात्तीले एक पाइला अघि गरेर आफ्नो सँडले हुँडारलाई अठ्याउने प्रयास गर्न खोजेको मात्र के थियो । हुँडार, स्याल र सानो सिंह जंगलबाट कुलेलम ठोके !
 


प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
थप विचार
गाईजात्रा एक, कथा अनेक
गाईजात्रा एक, कथा अनेक आइतबार, साउन २५, २०८२
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव शनिबार, साउन २४, २०८२
जसपा नेपालको नेतृत्वमा विकास र समृद्धि
जसपा नेपालको नेतृत्वमा विकास र समृद्धि शुक्रबार, साउन २३, २०८२
कसरी घट्लान् आमा बन्दाका जोखिम ?
कसरी घट्लान् आमा बन्दाका जोखिम ? शुक्रबार, साउन २३, २०८२
नागपञ्चमी एक, आख्यान महिमा अनेक
नागपञ्चमी एक, आख्यान महिमा अनेक बुधबार, साउन १४, २०८२
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  बुधबार, साउन १४, २०८२
युगपुरुष–राष्ट्रिय विभूति भीमसेन थापाको सम्झनामा
युगपुरुष–राष्ट्रिय विभूति भीमसेन थापाको सम्झनामा शुक्रबार, साउन ९, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP