Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
साहित्य
  • Home
  • साहित्य
  • निबन्ध विधाका ३ सर्जकका ३ कृति लोकार्पण
निबन्ध विधाका ३ सर्जकका ३ कृति लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २, २०८१

भक्तपुर  – वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रह र  जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सहित ३ साहित्यिक  कृति एकसाथ लोकर्पण गरिएको छ । भक्तपुरमा आयोजित लोर्कापण कार्यक्रममा पूर्वकुलपति वैरागी काइँला लगायतले कृति लोकर्पण गरेका हुन् ।

कृति लोकार्पण गर्नुहुँदै पूर्वकुलपति काइँलाले तीनै सर्जककाे कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण याेगदान राख्ने बताए ।  ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रहका लेखक तथा वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःले लेखन र जीवनकाे अर्थवाेधबारे प्रकाश पारेका छन् । 

त्यस्तै ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रहका लेखक तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले अब आफु  निरन्तर लेखनमा सक्रिय हुने र चाडै आफ्नाे जेल जीवनकाे संस्मरण तयार गर्ने बताएका छन्  ।‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) का लेखक जितेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाकाे खानी भएकाे र जीवनी कृति याे युगकाे एक दस्तावेज भएकाे बताएका छन् । 

तीनैजना सर्जकको कृतिको समिक्षा क्रमस, तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह)को प्रा.डा. कुमार कोइराला, गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रहकोडा. गीता त्रिपाठी र जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) को समिक्षक तथा साहित्यकार गोपीकृष्ण ढुंगाना र प्रा.डा. कुमार कोइराले गरेका हुन् ।  तीनै कृति माथि समिक्षकहरुले चर्चा गरेका छन् । 

Hardik health

शमि साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशनका क्षेत्रमा यी तीनैवटा कृति प्रकाशन गरी पुनः शमी साहित्य प्रतिष्ठानका माध्यमबाट सक्रिय भएर नेपाली वाङ्मयमा योगदान दिन सक्रिय हुँदै अगाडि बढ्ने बताएका हुन्  । प्रतिष्ठानले नियमित प्रदान गर्दै आएको ‘शमी साहित्य साधना सम्मान’ लगाएतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने पनि शर्माले बताएका छन् ।

‘संस्कृतिविद ग्वंगःकाे संस्कृतिका आयाम – २०५२ (पहिलो संस्करण) संस्कृतिया पलं (नेपाल संवत १११०), अवकाशपछिको आकाश–२०६७, चराको गुँडझैँ जन्मस्थल (मेरो भक्तपुर –कविता सङ्ग्रह २०७३), औकातभरिको सौगात निबन्ध सङ्ग्रह –२०७३, रङ्ग अभिज्ञान –निवन्ध सङ्ग्रह २०७४ं) प्रकाशित छन् । उनले  ९ दसकको उमेरमा पनि संस्कृति र साहित्यको क्षेत्रमा अनवरत रुपमा योगदान पुर्याउँदै आएका छन् ।

त्यस्तै ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ गंगाप्रसाद उप्रेतीको १७ औं कृति हो । उनको स्मृतिका छालमा इटाली (नियात्रा संस्मरण, २०४४) दृष्टिकोणका विविध बिसाउनी (समालोचना, २०४६) - व्यक्ति, कृति र प्रवृत्ति (समालोचना, २०५८), इन्टरमिडियट नेपाली फर फरेनर्स (भाषा शिक्षण, इ. २००७) बेसिक नेपाली फर फेरनर्स (भाषा शिक्षण, इ.२००८) - तिब्बतमा दस दिन (नियात्रा, २०६४),नामको खोल (निबन्ध, २०६४),भाषा र संस्कृति (लेखसङ्ग्रह, २०६५), देश देशान्तर (नियात्रा, २०६८) ,स्मृतिमा फुलेका बहुरङ्गी फूलहरू (संस्मरण,२०६९)समालोचना विविध (समालोचनासङ्ग्रह,२०७१),चक्रव्यूह (कवितासङ्ग्रह, २०७३),घुम्दै फिर्दै अमेरिकामा (नियात्रा, २०७७),स्मृतिमा तरङ्गित विम्बहरू (संस्मरण, २०७७),स्मृति-बिम्ब (संस्मरणसङ्ग्रह, २०७९), र An Impenetrable Fortification (Poetry Collection translated into English, 2023)  कृतिहरु प्रकाशित छन् । उनले दुई कार्यकाल नेपाल प्रज्ञाप्रतिष्ठानको कुलपति पदमा रहेर नेपाली भाषा र वाङ्मयको क्षेत्रमा योगदान दिएका छन् ।

युगको तेज लेखक जितेन्द्र रसिकको १६ औं कृति हो । का हृदयस्पर्शी छालहरू (गजल सङ्ग्रह –२०६३), तारापुञ्ज (फाँचल सङ्ग्रह –२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा सङ्ग्रह –२०७२),काफिया (गजल सङ्ग्रह–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा सङ्ग्रह –२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६ ), पब्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाई पुस्तक , गुलेली (बालकथासङ्ग्रह–२०७७), हनुमानको करामत –बालचित्रकथा २०७८),‘गजल ऐ महफिल’ संयुक्त गजल सङ्ग्रह (२०७९), सत्यको खोज –वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जीवनी –२०८० ) प्रकाशित छन् भने करिब एक दर्जन गीत गजल रेकर्ड भइसकेका छन् । 

 तीनैवटा कृतिको मूल्य क्रमस ४९५/-, ३९५/- ५५०/- रूपैयाँ रहेको छ । संस्कृतिका आयामकाे आवरण तश्विर रामगाेपाल तमखु, र लेआउट रश्मि खागी र भाेला महर्जनकाे रहेकाे छ भने  'भिन्न भिन्न ताल र सुरका झङ्कारहरू' र 'युगकाे तेज' काे आवरण तथा लेआउट पनि भाेला महर्जनकै रहेकाे छ । कृतिहरु शमि साहित्य प्रतिष्ठानले प्रकाशन गरेका हुन् ।


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP