Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जापान रोजगारीमा भाषा परीक्षाले अप्ठ्यारो 
जापान रोजगारीमा भाषा परीक्षाले अप्ठ्यारो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, वैशाख २, २०८१

काठमाडौं– भाषा परीक्षाका कारण नेपालबाट जापानमा रोजगारीमा जाने प्रशिक्षार्थी कामदारहरु समस्यामा परेका छन् । ‘जापान इन्टरनेसनल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) कार्यक्रमअन्तर्गत नेपालीलाई प्रशिक्षार्थी कामदारको रुपमा जापानले लैजाँदै आएको छ । तर, भाषा परीक्षाकै कारण प्रभावकारी बन्न नसकेको पाइएको हो ।

प्रशिक्षार्थी कामदारहरुको भाषा परीक्षाको जिम्मा पाएको नेपाल जाइका एलुमनाई एसोसिएसन (जान)ले समयमै परीक्षा सञ्चालन र नतिजा प्रकाशन नगर्दा जापानबाट भिसा प्राप्त भए पनि अड्किनुपर्ने अवस्था रहेको सरोकारवालाले बताएका छन् । जापान जान भाषा परीक्षाको प्रमाणपत्र अनिवार्य नभए पनि वैदेशिक रोजगार विभागले विनाप्रमाणपत्र श्रम स्वीकृति नदिनाले पनि प्रशिक्षार्थी कामदार प्रभावित बनेका छन् । केही दिनअघि विभागमा भेटिएका काभ्रेका एक युवाले आफूलाई जापान जानका लागि भिसा आइसके पनि भाषा परीक्षाको कारण देखाई श्रम स्वीकृति नपाएको बताए । उनले आफूजस्तै केही साथीहरु गुनासो तथा थप प्रक्रियाका लागि विभाग आएको बताए । भाषा परीक्षा दिए पनि नतिजा ढिला आउने भएपछि समस्या भइरहेको उनको भनाइ छ ।

जापान जाने प्रशिक्षार्थी कामदारहरूको जापानी भाषा तथा संस्कृतिसम्बन्धी परीक्षा लिने जिम्मा पाएको जानको कुनै आवश्यकता नभएको वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी बताउँछन् । ‘यो ‘जान’ भन्ने संस्थाको कुनै आवश्यकता नै छैन,’ उनले भने, ‘जानकै कारण थुप्रै युवाले जापानको रोजगारी गुमाएका छन्, यसलाई खारेज गरे पनि फरक पर्दैन ।’ जापानी रोजगारदाताले  स्वीकृत गरी पठाएको कामदारको भिसासमेत आइसकेको अवस्थामा नेपालमा भाषा परीक्षाका नाममा अलमल्याउनुले राम्रो सन्देश नजाने भण्डारीको भनाइ छ ।  

Hardik health

यद्यपि नेपाल सरकार र जिट्कोबीच भएको सम्झौताअनुसार तयार गरिएको जिट्कोसम्बन्धी निर्देशिकाले जापान जाने प्रशिक्षार्थी कामदारले २१९ घण्टा जापानी भाषा तथा संस्कृतिको कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । सोहीबमोजिमको प्रक्रिया पूरा गरेपछि मात्रै म्यानपावर कम्पनीले श्रम स्वीकृतिका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ । पछिल्लो समय जिट्कोमा केही समस्या रहेको भन्दै गुनासो आइरहेकाले त्यसको समाधानका लागि विभागले काम गरिरहेको महानिर्देशक डण्डुराज घिमिरेले बताए ।

 ‘विशेष सीप भएकाहरुलाई एउटा विधिमार्फत पठाउने र इन्टर्नको रुपमा जानेलाई अर्को विधि अपनाउने गरी जापानसँग सम्झौता गरिएको छ,’ उनले भने, ‘यसको अध्ययन भइरहेको छ, जापानमा कामदार पठाउने सन्दर्भमा श्रम मन्त्रालयले पनि कार्यदल बनाएर काम गरिरहेको छ, केही समयपछि परिणाम आउला, सोहीअनुसार काम अघि बढ्छ ।’जिट्कोमा सूचीकृत भएका म्यानपावर कम्पनीहरूलाई मात्र जापानमा प्रशिक्षार्थी कामदार पठाउन पाउने अनुमति छ । सोहीअनुरुप म्यानपावरले जापानका विभिन्न कम्पनीबाट प्रशिक्षार्थी कामदारको माग ल्याउने र भाषा परीक्षामा सहभागी गराउने कार्य गर्दै आएका छन् ।
 


प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १०:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP