Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • उत्पादनमूलक क्षेत्रका लागि ६३२१ जना उत्तीर्ण
कोरियन भाषा परीक्षाको नतिजा उत्पादनमूलक क्षेत्रका लागि ६३२१ जना उत्तीर्ण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २९, २०८०

काठमाडौं– दक्षिण कोरिया उत्पादनमूलक क्षेत्रका लागि नेपाली कामदार लैजान लिइएको इपिएस कोरियन भाषा परीक्षामा साढे १५ प्रतिशत परीक्षार्थीमात्र उत्तीर्ण भएका छन् । वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाका अनुसार एचआरडी कोरिया शाखाले सार्वजनिक गरेको पहिलो चरणको नतिजामा छ हजार ३२१ जनामात्र उत्तीर्ण भएका छन् । 

एचआरडी कोरिया शाखाले गएको फागुन ७ गतेदेखि चैत २४ गतेसम्म लिएको परीक्षामा ४० हजार ५८० जना सहभागी भएका थिए । जसअनुसार परीक्षामा सहभागीमध्ये १५.५७ प्रतिशतमात्र उत्तीर्ण भएका छन् । इपिएस कोरिया शाखाले एक सूचना जारी गरी पहिलो चरणको परीक्षामा उत्तीण भएकाहरुलाई दोस्रो चरणको परीक्षामा सहभागी हुने आग्रह गरेको छ । दोस्रो चरणमा स्किल टेस्ट र कम्पिटेन्सी टेस्ट गरिन्छ । शाखाले पहिलो चरणको परीक्षामा पास भएकाहरूको हकमा २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुने जानकारी दिएको छ ।  

दोस्रो चरणको परीक्षा ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने शाखाले जनाएको छ ।  शाखाले परीक्षार्थीहरूलाई आफ्नो तोकिएको परीक्षा मिति, समय, र स्थान परिवर्तन गर्न नसक्ने जनाउँदै तोकिएको समयमा उपस्थित हुन आग्रह गरेको छ । तोकिएको मिति र समयभन्दा पछि आएमा प्रवेश नदिइने पनि शाखाले प्रस्ट पारेको छ ।

Hardik health

दोस्रो चरणको परीक्षामा सहभागी हुने परीक्षार्थीले आफ्नो सक्कल पासपोर्ट र प्रवेशपत्र अनिवार्य रूपमा लिनुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ । अन्यथा परीक्षा स्थलमा प्रवेश नगराइने कोरिया शाखाले जनाएको छ ।दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टमा सहभागी नहुने परीक्षार्थीको नाम उत्पादनमूलक क्षेत्रको भाषा परीक्षाको उत्तीर्ण सूचनीमा समावेश नगराइने पनि शाखाले जनाएको छ ।

उत्पादनमूलक क्षेत्रमा जानका लागि एक लाख ६३ हजार ६३५ जनाले आवेदन फाराम भरेका थिए । जसमध्ये पहिलोचरणको परीक्षामा ४० हजार ५८० जनालाई सहभागी गराइएको थियो ।अब दोस्रो चरणमा ७९ हजार ९३७ जनाको परीक्षा लिइने शाखाले जनाएको छ । उक्त परीक्षा आगामी वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म चल्ने छ । यसैगरी आगामी कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म लिइने तेस्रो चरणको परीक्षामा ३६ हजार १७९ जना परीक्षार्थी सहभागी हुने जनाइएको छ । 

रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियामा जिटुजी सम्झौताअनुसार इपिएस प्रणालीमार्फत नेपाली कामदार पठाउने व्यवस्था छ । त्यसका लागि भाषा परीक्षा अनिवार्य उत्तीर्ण भएको हुनुपर्छ । भाषा परीक्षापछि लिइने स्किल टेस्टमा उत्तीर्ण भएकालाई मात्र रोजगारीमा लैजाने सूचीमा राखी प्रक्रिया अगाडि बढाउने गरिएको छ ।    

  


प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP