Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कुवेतबाट उद्धार गरिदिन सपनाको याचना
कुवेतबाट उद्धार गरिदिन सपनाको याचना
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०

झापा– वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी मेचीनगर नगरपालिका–८ की २८ वर्षीया सपना ठटालले आफूलाई रोजगारदाताले बन्धक बनाएर श्रम शोषण गरिरहेको जनाउँदै उद्धारका लागि आग्रह गरेकी छन् ।

काठमाडौंका नारायण थापा नामका एजेन्टले अल्फा नामक मेनपावर कम्पनीमार्फत मासिक ४० हजार रुपैयाँ पारिश्रमिक हुने प्रलोभन देखाएर सात महिनाअघि कुवेत पुर्‍याएको सपनाका पति श्यामबहादुर ठटालले बताए ।

मध्य कुवेतबाट ३२ किलोमिटर पश्चिमस्थित अल जहार सहरमा घरेलु कामदारका रुपमा पुर्‍याइएकी सपनाले १० दिनअघि साथीको मोबाइलमार्फत पतिसँग सम्पर्क गरी आफ्नो नाजुक अवस्थाबारे जानकारी गराउँदै जतिसक्दो छिटो उद्धार गरिदिन आग्रह गरेका हुन् ।

‘कुवेत गएको चार महिनादेखि सम्पर्कविहीन अवस्था थियो,’ सपनाका पति श्यामबहादुरले भने, ‘१० दिनअघि एक्कासि फोन आयो, साथीको फोनबाट लुकेर सम्पर्क गरेको बताएकी थिइन्, बिनापैसा रातदिन काम लगाउने गरेको र केही बोल्यो भने उल्टै साहुनीले कोठामा थुनेर कुटपिट गर्ने गरेको बताउँदै जतिसक्दो छिटो उद्धार गरिदिनु भनेर भनिन् ।’

Hardik health


सपनाजस्तै थुप्रै महिलालाई कोठामा थुनेर राख्ने गरेको र कामका लागि गाडीमा हालेर टाढासम्म पुर्‍याउने गरेको सपनाका पति श्यामबहादुरले पत्नीको भनाइ उद्धृत गर्दै बताए । मोबाइल खोसेर परिवार र साथीसँग सम्पर्कविहीन बनाएर श्रम शोषण गरिरहेको उनले जानकारी दिए ।

कुवेत गएपछि एकपटक ४० हजार रुपैयाँ पठाएको र त्यसपछि सम्पर्क टुटेको सपनाकी आमा कृष्णमाया परियारले बताइन् । नाताले भाउजु पर्ने पुष्पा दर्जीमार्फत एजेन्ट थापासँग सम्पर्क भएको र पुष्पा पनि हाल कुवेतमै रहेको कृष्णमायाले बताइन् । काठमाडौं घर बताउने एजेन्ट थापाले पीडितलाई उद्धार गरेर नेपाल ल्याउन नौ लाख रुपैयाँ फिरौती रकम मागेको कृष्णमायाले बताइन् । ‘नौ लाख रुपैयाँ दिनु, म सपनालाई झिकाइदिन्छु भनेर नारायण थापाले भने,’ कृष्णमायाले भनिन्, ‘पुष्पा दर्जीलाई सम्पर्क गर्दा उनले पनि केही मद्दत गर्न नसक्ने बताए ।’

दैनिक ज्यालादारी गरेर गुजारा चलाउँदै आएको आफ्नो परिवारसँग फिरौती रकम बुझाउने कुनै सम्भावना नरहेको उनले गुनासो गरिन्  । वैदेशिक रोजगारीमा जान सपनाले बनाएको कागजातअनुसार उनको वि.सं. २०८० भदौ १८ गते कुवेतको भिसा जारी भएको छ भने त्यसको वैधता चार महिना अर्थात् गत पुस १८ गतेसम्म मात्र भएको पाइएको छ ।


सपनाको भिसा कागजातअनुसार उनलाई घरेलु कामदारका रुपमा कुवेतको मोदार रियल इस्टेटमा लगेको देखिन्छ । त्यहाँको ठेगाना अल जहरा ब्लक–८, सडक–१६० भएको पनि कागजातमा उल्लेख छ । छोटो अवधिको भिसा बनाएर विदेशमा लैजाने र भिसाको म्याद गुज्रिएपछि अवैध रुपमा काममा लगाएर श्रम शोषण गर्ने गिरोहको फन्दामा पीडित महिला परेको हुनसक्ने आशंका छ । विदेश लैजाँदा लागेको सबै खर्च एजेन्ट थापाले नै व्यहोरेको बताइएको छ ।

कुवेतमा बन्धकजस्तै अवस्था भोगिरहेकी सपनाको घरमा दुई छोरा छन् । सानो छोरा १४ महिनाको छ । उनका पति श्यामबहादुर ट्याक्टरमा मजदुरी काम गर्दै आएका छन् । आमा कृष्णमायाले छोरीको सकुशल उद्धार गरी नेपाल ल्याइदिन नेपाल सरकारसँग अनुरोध गरेकी छन् । रासस
 


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP