Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • श्रममन्त्री अर्याल भन्छन्– श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन
श्रम स्वीकृति अब एक घण्टामै श्रममन्त्री अर्याल भन्छन्– श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत २६, २०८०

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई एक घण्टामै श्रम स्वीकृति दिन थालेको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय ताहाचलबाट यो सेवा थालिएको हो । यससँगै अब कागजपत्र पुगेको अवस्थामा श्रमिकले एक घण्टामा नै सबै खालको श्रम स्वीकृति पाउने छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आइतबार ताहाचलस्थित कार्यालयमै पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएका हुन् । उनले सबै प्रक्रिया पूरा गरी आवश्यक कागजपत्रसहित कार्यालय समयमा अनलाइनबाट आवेदन दिएका श्रमिकले दुई मिनेट ४४ सकेण्डमा नै श्रम स्वीकृति प्राप्त गर्न सक्ने अवस्था रहेको बताए । 

मन्त्री अर्यालले प्राविधिक समस्या, विद्युत्को आपूर्ति र इन्टरनेटको स्पिडलाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृति दिनसक्ने व्यवस्था गरिएको बताए । नीतिगत र प्राविधिक सुधारका साथै कर्मचारीको अथक प्रयासले एक घण्टामा श्रम कृति उपलब्ध गराउन सम्भव भएको उनले बताए । 

‘यो सबै कर्मचारीको मिहेनत हो । मलाई उनहरुमाथि पूरै विश्वास छ । यो क्रमलाई उनहरुले आगामी दिनमा पनि निरन्तरता दिनुहुने छ,’ उनले भने ।श्रममन्त्री अर्यालले पदभार ग्रहण गरेसँगै श्रम स्वीकृतिको प्रक्रियालाई एक घण्टामा छोट्याउन वैदेशिक रोजगार व्यवस्थापन सूचना प्रणाली (फेइम्स)का सफट्वेयर तथा हार्डवेयर आपूर्तिकर्ता तथा कर्मचारीलाई निर्देशन दिएका थिए । ‘हाफ पाइन्ट, टिसर्ट र चप्पल लगाएर, मिटरब्याजमा ऋण लिएर वैदेशिक रोजगारी जानका लागि श्रम स्वीकृति लिन आउने श्रमिकलाई फेरि तीन÷चार दिन लगाएर अल्झाउने कार्य कुनै पनि हालतमा स्वीकार्य छैन,’ मन्त्री अर्यालले भने, ‘श्रमिक कुनै पनि बहानामा ठगिनु हुँदैन । त्यसैले मेरो पहिलो एजेण्डा श्रम स्वीकृतिको प्रक्रियालाई छिटो गराउनु थियो ।’

Hardik health

श्रम स्वीकृतिका लागि श्रमिकले आफ्नै मोवाइल वा कम्प्युटरबाट अनलाइन आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । यसका लागि कुनै पनि शुल्क लाग्दैन । श्रम स्वीकृति पनि अनलाइनबाट नै प्राप्त गर्न सक्ने छन् । यसका लागि कार्यालय धाइरहनु नपर्ने मन्त्री अर्यालले बताए । ‘सक्नुहुन्छ भने आफनै मोबाइल वा कम्प्यूटरबाट आवेदन दिनुहोस् । आवेदन दिने प्रक्रिया पनि विभागको वेबसाइटमा राखिएको छ,’ उनले भने । 

एक घण्टामा नै श्रम स्वीकृति प्रदान गर्नका लागि वैदेशिक रोजगार कार्यालयले हाल पुनः श्रम स्वीकृतिलाई एउटै तहबाट स्वीकृति प्रदान गर्न थालेको छ । यसअघिको व्यवस्थाअनुसार एउटा तहले कागजपत्र प्रमाणीकरण गर्ने र अर्को तहले स्वीकृति गर्ने व्यवस्था थियो । हाल वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९ संशोधन गरी एकै तहबाट श्रम स्वीकृति दिने व्यवस्था गरिएको छ । यसले श्रम स्वीकृतिको प्रक्रिया सहज बनाएको श्रममन्त्री अर्यालले बताए । 

मन्त्रालयका अनुसार फेइम्स सफ्टवेयर परामर्शदाताका एक जना प्राविधिकलाई विभागमा ‘डेडिकेटेड’ रुपमा राखिएको छ । यसका साथै कर्मचारीहरु दुईवटा सिफ्टमा परिचालन गरिएको छ । बिहान ७ देखि बेलुका ९ बजेसम्म गरी कर्मचारीले दुई सिफ्टमा काम गर्दै आएको कार्यालयले जनाएको छ । सार्वजनिक बिदा र शनिबारको दिनमा पनि कर्मचारीलाई परिचालन गरिएको छ । तर, आगामी दिनमा भने कर्मचारीलाई एकै सिफ्टमा कार्यालय समयमा मात्रै काम गर्ने गरी सुधार गरिने मन्त्री अर्यालले बताए । ‘केही समयमा लागि कर्मचारीलाई सिफ्टमा काम गर्न लगाइएको हो । तर, आगामी दिनमा एकै सिफट्मा कार्यालय समयमा मात्रै काम गर्ने गरी सुधार गर्नेछौं,’ उनले भने ।

कार्यालयले अहिले कर्मचारीलाई प्रत्येक दिन श्रम स्वीकृतिका लागि निश्चित कोटा तोकेको छ । काठमाडौं कार्यालयबाट बाहेक छ वटै प्रदेशबाट नयाँ कम्तीमा ५० र पुनः श्रम स्वीकृति १०० वटा टोकनको व्यवस्था गरिएको जानकारी दिइएको छ । 


 


प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०८:१९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP