Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • रुसका लागि श्रम स्वीकृति खुलाइएकोप्रति सांसदहरुको आपत्ति 
रुसका लागि श्रम स्वीकृति खुलाइएकोप्रति सांसदहरुको आपत्ति 
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत २०, २०८०

काठमाडौं– युद्धरत मुलुक रुसमा जाने नेपालीहरुका लागि श्रम स्वीकृति खुला गरिएकोप्रति संघीय संसद्मा सांसदहरुले प्रश्न उठाएका छन् । आइतबार र सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा नेपाली कांग्रेसका सांसदहरु रमा कोइराला पौड्याल र प्रदीप पौडेलले युद्धग्रस्त मुलुकमा युवाहरुलाई धकेल्नेगरी किन श्रम स्वीकृति दिइयो ? भनी प्रश्न उठाएका हुन् ।

सांसद कोइरालाले आइतबारको संसद् बैठकमा युद्धग्रस्त क्षेत्र र देशमा रोजगारीका लागि भन्दै श्रम स्वीकृति दिनु भनेको नेपालीहरुलाई जबरजस्ती युद्धमा धकेल्नु रहेको बताइन् । उनले यस्तो कार्य तत्कालै रोक्नुपर्ने माग गरिन् ।

‘रुस र युक्रेन युद्धका कारण थुप्रै नेपाली युवाले मृत्युवरण गरिसकेका छन्,’ उनले भनिन्, ‘युद्धमा फसेका युवाहरु हामीलाई फर्काइदेऊ भन्दै रोइरहेका छन्, यस्तो समयमा सरकारले नै श्रम स्वीकृति दिएर रुस जाऊ भन्नुको अर्थ मृत्युको मुखमा धकेल्नु हो ।’ उनले देशमा बेरोजगार युवाहरू धेरै भए भनेर श्रम स्वीकृति दिँदै सरकारले मृत्युको बाटो खुलाएको भन्दै आक्रोश व्यक्त गरिन् ।’ देशमा रोजगारी दिन सकिएन भनेर युद्धग्रस्त मुलुका नेपालीलाई पठाउने कार्य स्वीकार्य नहुने उनको भनाइ छ । सांसद कोइरालाले श्रम स्वीकृति दिएर उनीहरुलाई मर्न जाऊ भनेर पठाउन नपाइने बताइन् । 

Hardik health

यस्तै सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद प्रदीप पौडेलले पनि श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले रुसका लागि खुलाएको श्रम स्वीकृति कसको स्वार्थमा आएको हो भन्दै प्रश्न गरे । उनले रोजगारीको नाममा मानव तस्करीलाई अनुकूल हुनेगरी श्रम स्वीकृति दिइएको आरोप लगाए । ‘श्रम मन्त्रालयले मानव तस्करीमा अनुकूल हुन गरी किन श्रम स्वीकृति दिइरहेको छ ?,’ उनले प्रश्न गरे । श्रम स्वीकृति दिनुमा गम्भीर स्वार्थ लुकेको भन्दै उनले रुसी सेनामा जाने नेपालीको संख्या बढाउन सरकार नै अग्रसर भएको आरोप लगाए । 

‘रुसी सेनामा रहेका नेपालीहरुको उद्धार गर्नुको साटो श्रम स्वीकृति दिएर पठाउनुले गम्भीर प्रश्न खडा गरेको छ,’ उनले भने, ‘पछिल्लो समय रुसी सेनामा कति संख्यामा नेपाली छन् भन्नेसमेत सरकारलाई थाहा छैन, उनीहरु कस्तो अवस्थामा छन् पूरै वेखबर छ ।’ रुसी सेनामा रहेका नेपालीहरुको सरकारले खोजी गर्ने चेष्टा नै नगरेको भन्दै सांसद पौडेलले पीडित परिवार र उनीहरुसँग काम गरेको स्वयंसेवीहरुले बताएअनुसार ७०० भन्दा बढी नेपाली रहेको उल्लेख गरे ।


प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP