Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा केयर गिभरको माग धमाधम 
इजरायलमा केयर गिभरको माग धमाधम 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, चैत १९, २०८०

काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर)को रुपमा जाने सूचीमा रहेका नेपालीहरुको धमाधम करार सम्झौताका लागि माग आउन थालेको छ । युद्धका कारण लामो समयदेखि प्रभावित भएको इजरायलयले पुनः रोजगारीको क्षेत्र खुला गरेपछि नेपालबाट केयर गिभरको रुपमा नेपालीहरुलाई लैजान करार सम्झौता पठाउन थालेको हो ।

युद्ध कम हुँदै गएपछि सुरक्षित स्थानहरुमा रोजगारी दिने प्रतिबद्धता जनाउँदै इजरायलले कामदारहरुलाई करार सम्झौता पठाउन थालेको वैदेशिक रोजगार विभागले जनाएको छ । इजरायलसँग भएको जिटुजी सम्झौताअनुसार छनोटमा परेका एक हजार ६०० केयर गिभरमध्ये बाँकी ४२५ जनालाई इजरायलले लैजान लागेको विभागको भनाइ छ । यसअघि एक हजार १७५ जना केयर गिभर इजरायल गइसकेका छन् ।

युद्धपश्चात् इजरायलमा रोजगारीको अवसरसहित मार्च ३१ अर्थात् चैत १८ गतेसम्म विभिन्न मितिमा ३६ जनाको नाममा करार सम्झौता आएको विभागका निर्देशक एवं सूचना अधिकारी कविराज उप्रेतीले बताए । ‘विभागमा नियमित रुपमा आउने करार सम्झौताअनुसार केयर गिभरलाई पठाउने प्रक्रिया बढिरहेको छ,’ उनले भने, ‘करार सम्झौता आउने क्रम जारी छ, सँगसँगै कतिपय भिसा जारी भएर रोजगारीका लागि इजरायल पुगिसकेका छन् ।’ 

Hardik health

पछिल्लो समय दीर्घकालीन स्याहार केन्द्रहरुमा कामदारको अभाव बढ्दै गएपछि इजरायलले थप कामदार लैजाने तयारी गरिरहेको बताइएको छ । विभागका अनुसार इजरायलले थप ५०० जना केयर गिभरको माग गरेको छ । इजरायलले युद्ध हुनुअघि नेपालबाट दुई चरणमा एक हजार केयर गिभर लैजाने आवश्वासन दिएको थियो ।इजरायलले स्याहार केन्द्रहरुमा काम गर्न ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष माग गर्ने गरेको छ । सोहीअनुरुप छनोटमा परेकाहरुलाई लैजाने गरिएको छ । इजरायल जाने केयर गिभरको रोजगार करार अवधि एक वर्षको हुने भए पनि पाँच वर्षसम्म करार थप गरी बस्न पाइने व्यवस्था छ । केयर गिभरमा इजरायल जाने नेपाली कामदारले मासिक एक हजार ६०० अमेरिकी डलर अर्थात् दुई लाख १० हजार रुपैयाँभन्दा बढी तलब पाउँछन् ।

जिटुजी सम्झौताअनुसार इजरायल जाने नेपाली कामदारको अधिकतम ९० हजार रुपैयाँ खर्च हुने बताइन्छ । सरकारी प्रक्रियाबाट जाँदा लाग्ने लागतको अनुपातमा आकर्षक आम्दानी हुने भएपछि धेरै नेपालीहरु इजरायल जान चाहेको विभागले जनाएको छ । यद्यपि इजरायलले निश्चित कोटामात्रै उपलब्ध गराएका कारण इच्छुक नेपालीहरुलाई पठाउन कठिन भएकाले थप कोटा दिन माग गरिएको निर्देशक उप्रेतीले बताए । सरकारले जिटुजी प्रणालीमार्फत ‘लर्न एण्ड अर्न’ र केयर गिभरमा मात्रै नेपालीलाई इजरायल पठाउँदै आए पनि अन्य क्षेत्रमासमेत पठाउन आवश्यक गृहकार्य गरिरहेको विभागका एक अधिकारीले बताए ।


प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP