Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दूतावासले माग प्रमाणीकरण रोक्दा समस्यामा व्यवसायी
दूतावासले माग प्रमाणीकरण रोक्दा समस्यामा व्यवसायी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत १६, २०८०

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले कामदारको मागपत्र प्रमाणीकरण कार्य रोक्दा आफूहरु मर्कामा परेको वैदेशिक रोजगार व्यवसायीहरुले बताएका छन् । मलेसिया सरकारको २०२४ मार्च ३१ देखि विदेशी कामदारलाई ‘कलिङ भिसा’ जारी नगर्ने निर्णयविपरीत दूतावासले मार्च २३ बाटै मागपत्र प्रमाणीकरण रोक्दा समस्यामा परेको उनीहरुको भनाइ छ ।

मलेसियाले रोजगारदातालाई आगामी मे ३१ भित्र ‘एप्रुभल’ (स्वीकृत) भइसकेका डिमाण्डमा विदेशी कामदार ल्याइसक्नुपर्ने समयावधि दिएको छ । सोहीअनुरुप मार्च ३१ सम्म कामदारको मागपत्र प्रमाणीकरणका लागि समय तोकिएकोमा दूतावासले अगाडि नै रोक्दा व्यवसायीले ल्याएका मागपत्र अलपत्र परेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘तोकिएको समयावधिसम्म मागपत्र प्रमाणीकरण गर्नु दूतावासको दायित्व हो,’ उनले भने, ‘दूतावासको निर्णयकै कारण थुप्रै व्यवसायीहरुले ल्याएका मागपत्र प्रमाणीकरण हुन सकेको छैन, जबकि कामदारको मागपत्र प्रमाणीकरणका लागि ३१ मार्चसम्म समय दिइएको छ, यो दूतावासको गैरजिम्मेवारीपना हो ।’ 

दूतावासले ३१ तारिखसम्म नै मागपत्र प्रमाणीकरण गर्नुपर्नेमा त्यसो नगरी मार्च २३ बाटै माग प्रमाणीकरणको काम रोक्नुमा व्यवसायीको आपत्ति रहेको अध्यक्ष भण्डारीले बताए । ‘समय हुँदाहुँदै व्यवसायीहरूले ल्याएको माग प्रमाणीकरण किन नगर्नुको कारण के हो,’ उनले प्रश्न गरे । दूतावासका कर्मचारीले आफूखुसी निर्णय गर्दै अति गरेको र जे कुरामा पनि बिजनेस खोज्न थालेको उनको भनाइ छ ।

Hardik health

दूतावासले भने २२ मार्चअघि नै प्राप्त भएका मागपत्र प्रमाणीकरणका थुप्रै फाइलहरू पेण्डिङमा रहेको जनाउँदै ती मागपत्र प्रमाणीकरणमा थप समय लाग्ने भएकाले मार्च २३ देखि सेक्युरिटी गार्डबाहेकका माग प्रमाणीकरण गर्न नसकिने भन्दै गत शुक्रबार सूचना जारी गरेको थियो । 

मागपत्र प्रमाणीकरणका सन्दर्भमा दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाउँदै राय माग गरेको थियो । जवाफमा मन्त्रालयले मागपत्र प्रमाणीकरण निर्देशिका अनुसार नै गर्नू भने पनि रोक्नू भन्ने निर्देशन नदिइएको मन्त्रालयका एक अधिकारीले बताए । निर्देशिका अनुसार उपयुक्त निर्णय गर्नू भन्ने निर्देशनमा मार्च २३ बाटै माग प्रमाणीकरण रोकिएको हुन सक्ने ती अधिकारीको भनाइ छ । 

मलेसिया सरकारको निर्णयअनुसार दूतावासले कामको चापलाई मध्यनजर गर्दै माग प्रमाणीकरणलाई रोकेको हुनसक्ने आकर्षण इन्टरनेसनलका अध्यक्ष बिष्णुबहादुर केसीले बताए । ‘तोकिएको समयमा मागपत्र प्रमाणीकरण नभए समस्या आउनसक्ने हुँदा दूतावासले रोकेको होला,’ उनले भने, ‘सरकारले गरेको यस्तो निर्णयबाट व्यवसायी प्रभावित भएका छन्, तोकिएको कार्यदिनसम्म माग प्रमाणीकरण गर्नु राम्रो हुन्छ ।’ मलेसिया सरकारले दिएको समयावधि नै छोटो भएकाले नेपालका व्यवसायी र कामदार मात्र नभएर मलेसियाका रोजगारदातासमेत प्रभावित भएको उनको भनाइ छ ।  

मलेसियाले बढ्दो आप्रवासी कामदारको संख्यालाई नियन्त्रण गर्न र कूल श्रमशक्तिको १५ प्रतिशतमात्रै विदेशी कामदार लिने नीतिअनुरुप रोजगारदातालाई दिइएको स्वीकृत कोटामा आगामी मे ३१ सम्म विदेशी कामदार भित्र्याउनुपर्ने निर्णय गरेको छ । मलेसियामा हाल चार लाखको हाराहारीमा नेपालीहरु काम गरिरहेको बताइन्छ । गत आर्थिक वर्ष २०७९÷८० मा मलेसिया नेपाली कामदारको पहिलो श्रम गन्तव्य बनेको थियो । गत वर्ष नयाँ र पुनः श्रम स्वीकृति लिएर मलेसियामा दुई लाख ६० हजार बढी नेपाली गएका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP