Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारसँग श्रम सम्झौतामा ढिलाइ
नेपाल भ्रमणमा आउने तयारीका कारण रोकियो श्रम सम्झौता कतारसँग श्रम सम्झौतामा ढिलाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत १३, २०८०

काठमाडौं– नेपालीहरुको प्रमुख श्रम गन्तव्यमध्येको एक कतारसँग हुने भनिएको श्रम सम्झौता ढिलाइ भएको छ । सन् २००५ मा नेपाल र कतारबीच भएको द्विपक्षीय श्रमसम्बन्धी सम्झौता प्रतिस्थापन नहुनेगरी नयाँ समझदारी गर्ने भनिए पनि अझै ठोस निर्णय आउन सकेको छैन । 

नयाँ समझदारी गर्न बनाइएको मस्यौदामा दुवै पक्ष सहमत भएका थिए । तर यसले मूर्तरुप लिन नसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक उच्च अधिकारीले बताए । उनका अनुसार लामो समयदेखि सन् २००५ को श्रम सम्झौता पुनरवलोकन तथा संशोधनको प्रयास भइरहे पनि कतारले विभिन्न कारण देखाउँदै आएको छ ।

यद्यपि पछिल्लो समय नयाँ समझदारी गर्न कतार सहमत भए पनि कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने जनाउँदै ढिलाइ भइरहेको छ । ‘कतारी अमिर यही मार्च अन्तिम वा अप्रिलको पहिलो हप्ता नेपाल आउने बताइए पनि अझै कुनै टुंगो लागेको छैन,’ ती अधिकारीले भने, ‘हाम्रो कूटनीतिक पहल अलि कमजोर रह्यो,’ कतारका अमिर आउने नआउने टुंगो छैन ।’ 

Hardik health

कतारले अमिरको नेपाल भ्रमणका क्रममा नयाँ समझदारीको प्रस्ताव गरेको बताइएको छ । जसमा घरेलु श्रमिक लैजान पाउनुपर्ने विषयलाई बढी प्राथमिकता दिएको छ । कतारले लामो समयदेखि नेपालबाट घरेलु कामदार लैजान दिनुपर्ने माग राख्दै आएको छ, तर यसमा नेपाल सरकार सकारात्मक नहुँदा गर्ने भनिएको नयाँ श्रम समझदारी सर्दै गएको ती अधिकारीको दावी छ । 

दुई दशक अघि भएको सम्झौताले काम नगर्ने अवस्थामा पुनः नयाँ समझदारी बन्न नसक्दा नेपाली श्रमिकहरु न्यूनतम अधिकारबाटसमेत वञ्चित हुनुपरेको विभिन्न अध्ययनले देखाएको छ । सन् २०२१ को डिसेम्बरमा नेपाल–कतारको सहसचिवस्तरीय ज्वाइन्ट कमिटीको बैठकले तत्कालिन श्रम सम्झौतालाई पुनरवलोकन गरेर पुनः नयाँ समझदारी गर्ने निर्णय भए पनि कार्यान्वयन हुन नसक्दा कातारी अमिरको भ्रमणलाई पखर्नुपर्ने अवस्था आएको बताइन्छ । यसले श्रम सम्झौताको प्रक्रियालाई झन् ढिलो बनाइरहेको छ ।  

कतारले पहिलेदेखि नेपालबाट घरेलु कामदारको माग गर्दै आइरहेको छ । नेपाल सरकारले सुरक्षाको कारण देखाउँदै २०७२ सालदेखि नै कतारलगायत विभिन्न मुलुकमा घरेलु कामदार पठाउन बन्देज लगाएको छ । नेपाल सरकारको बन्देजका बावजुद पनि कतारले एकतर्फी रुपमा घरेलु कामदारको आह्वान गर्दै २०२३ को मध्येतिर सार्वजनिक सूचना जारी गरेको थियो । यद्यपि, वैधानिक रुपमा सरकारले घरेलु कामदार पठाउन अझै खुला गरेको छैन । 


श्रम सम्झौता पुनरवलोकन तथा नयाँ समझदारीका क्रममा कामदारले पाउने पारिश्रमिकको ग्यारेन्टी, सहजै स्वदेश फिर्ती, बिमा र स्वास्थ्योपचार, सामाजिक सुरक्षा, मृत्यु भएका परिवारका सदस्य, घाइते र बिरामी कामदारका लागि राहत र पुनःस्थापना र घरेलु कामदारलाई खुला गर्न द्विपक्षीय संयन्त्र बनाइ कार्यान्वयनमा जाने विषयलाई समेटिएको श्रम मन्त्रालयले तयार पारेको मस्यौदामा उल्लेख गरिएको बताइएको छ ।


प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  ०९:५१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP