Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सहज बनाइँदै श्रम स्वीकृति 
सहज बनाइँदै श्रम स्वीकृति 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, चैत ९, २०८०
RBB RBB

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले वैदेशिक रोजगार कार्यालय ताहाचलको अनुगमन गरेका छन् । श्रम स्वीकृति लगायतका वैदेशिक रोजगार सम्बन्धि भइरहेका गतिविधिको निरीक्षण तथा जानकारी लिने उद्देश्यले मन्त्री अर्याल बिहीबार अनुगमनका लागि ताहाचल पुगेका हुन् । 

श्रम स्वीकृतिलगायत सेवा प्रवाहमा भइरहेको ढिलासुस्तीप्रति गुनासो आइरहेको भन्दै मन्त्री अर्यालले छिटोछरितो सेवा उपलब्ध गराउन कर्मचारीलाई निर्देशनसमेत दिए । मन्त्री अर्यालले निर्देशन दिनेमात्र नभई श्रम स्वीकृति प्रदान गर्ने प्रक्रिया ढिला हुनुका कारण र समस्याको विषयमा पनि जानकारी लिएको उनको सचिवालयले जनाएको छ । श्रम स्वीकृति प्रक्रियालाई सहज र सरल बनाउन यस अघि नै निर्देशन दिएका मन्त्री अर्यालले सेवाग्राहीलाई एक घण्टामा सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

‘सेवाग्राहीलाई सरल र सहज ढंगबाट सेवा उपलब्ध गराउन प्रत्येक कर्मचारीलाई श्रम स्वीकृतिको लागि निश्चित कोटा तोकिन्छ,’ उनले भने, ‘बिदाको दिनमा पनि श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाइनुका साथै श्रम स्वीकृतिको लागि तोकिएको कोटा हटाइनेछ ।’ 

मन्त्री अर्यालको अनुगमनपश्चात श्रम कार्यालयको कार्यलाई गति दिन २० वटा कम्प्यूटर अपटेड गरिएको छ भने कर्मचारीलाई तीन वटा सिफ्टमा काम गर्न लगाइएको सचिवालयले उल्लेख गरेको छ । श्रम स्वीकृतिको प्रक्रियालाई सहज बनाउन पुनः श्रम स्वीकृतिलाई एउटै तहले स्वीकृत गर्ने व्यवस्था मिलाउन मन्त्रालयले तयारी गरिरहेको बताइएको छ । 

अहिले भइरहेको संरचनाअनुसार संस्थागत श्रम स्वीकृतिको लागि १३ जना कर्मचारीले कागजपत्र प्रमाणीकरण गर्ने र सात जना कर्मचारीले स्वीकृत प्रदान गर्ने व्यवस्था छ । त्यस्तै, व्यक्तिगत श्रम स्वीकृतितर्फ १५ जनाले कागजपत्र प्रमाणीकरण गर्ने  र सात जना कर्मचारीले प्रमाणीकरण गर्ने व्यवस्था छ । स्वीकृति प्रक्रियालाइ सरल र सहज बनाउन अबदेखि व्यक्तिगत श्रम स्वीकृतितर्फ २२ जना कर्मचारीले नै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाउने मन्त्रालयको तयारी छ । 

हाल पुनः श्रम स्वीकृतिको लागि दैनिक एक हजार ५०० देखि दुई हजार र एक हजार जनाले नयाँ श्रम स्वीकृतिको लागि आवेदन दिने गरेको श्रम कार्यालयले जनाएको छ । अझैपनि टोकन प्रणालीमा चलिरहेको सेवा प्रवाहलाई सहजै सेवाग्राहीको हातहातै (मोबाइल)मा पुर्‍याउन मन्त्रालयले अवश्य गृहकार्य गरिरहेको पनि सचिवालयले उल्लेख गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, चैत ९, २०८०  ०९:११
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक बिहीबार, वैशाख २५, २०८२
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’ 
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’  बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP