Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #इजिप्टमा सडक दुर्घटना
  • #विश्व दृष्टि दिवस
  • #मेची_राजमार्ग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाइने
टेलिमेडिसिन सेवालाई थप प्रभावकारी बनाइने
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत ८, २०८०

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वीर अस्पतालमा सञ्चालित ‘टेलिमेडिसिन’ सेवाको अवलोकन गरेका छन् । वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको उक्त सेवाको मन्त्री अर्यालले बुधबार अस्पतालमा पुगेर अवलोकन गरेका हुन् ।

वैदेशिक रोजगार बोर्डले कल्याणकारी सेवाअन्तर्गत वीर अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन सेवा सञ्चालन गर्दै आएको छ । अवलोकनपछि मन्त्री अर्यालले उक्त सेवालाई थप चुस्त र प्रभावकारी बनाइने बताएको उनको सचिवालयले जानकारी दिएको छ । मन्त्री अर्यालले मंगलबार भएको पत्रकार भेटघाट कार्यक्रममा पनि टेलिमेडिसिन सेवालाई प्राथमिकतामा राख्दै यसको दायरा बढाउन पहल गर्ने बताएका थिए ।

अस्पतालले टेलिमेडिसिन सेवाका लागि नियमित रुपमा मेडिकल अधिकृत र हेल्थ असिस्टेन्ट खटाइएको जानकारी मन्त्री अर्याललाई दिएको थियो । प्रत्येक साताको शुक्रबार र आइतबार कामदारको स्वास्थ्य समस्याको अवस्था हेरी विशेषज्ञ चिकित्सक सेवासमेत उपलब्ध गराउँदै आइरहेको सो क्रममा जानकारी दिइयो । अस्पतालका अनुुसार हालसम्म १८ मुलुकमा रहेका नेपाली श्रमिकले टेलिमेडिसिन सेवा लिएका छन् । दैनिक औसतमा २५ देखि ३० जनाले स्वास्थ्य समस्या राख्ने गरेको अस्पतालले जानकारी दिएको छ । टेलिमेडिसिन सेवामार्फत विभिन्न ११ प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।

Hardik health


विभिन्न अध्ययनले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा स्वास्थ्य समस्या बढ्दै गएको देखाएपछि मन्त्रालयले गत वर्षको चैत १० गतेबाट बोर्डमार्फत टेलिमेडिसिन सेवा सञ्चालनमा ल्याएको थियो । अस्पतालले बिहान १० बजेदेखि बेलुका ६ बजेसम्म उक्त सेवा सञ्चालन गर्दै आएको छ । विदेशमा रहेका श्रमिकले फेसबुक, ह्वाट्सएप, भाइबर, इमोलगायतका सामाजिक सञ्जालबाट आफ्नो स्वास्थ्य समस्याबारे परामर्श लिन सक्ने अस्पतालले जनाएको छ । 

अस्पतालको तथ्यांकअनुसार चालु आर्थिक वर्षको आठ महिना (साउन–फागुन)मा एक हजार ६३२ जनाले टेलिमेडिसिन सेवा लिएका छन् । जसमा सबैभन्दा बढी मलेसियामा रहेका कामदार छन् । मलेसियाबाट ३९४ जनाले सेवा लिएका छन् । त्यस्तै साउदी अरबबाट ३१०, युएईबाट १९२, कतारबाट १७५, कुवेतबाट १७१, कोरियाबाट १५७, ओमानबाट ५७, साइप्रसबाट ५३, जापानबाट ४०, रोमानियाबाट ३५, बहराइनबाट १२, जाम्बियाबाट १०, जर्मनीबाट नौ, माल्दिभ्सबाट सात, इराकबाट चार, माल्टाबाट तीन, बेलायतबाट १० र अफ्रिकाबाट एक जनाले यो सेवा लिएको तथ्यांक छ । 

टेलिमेडिसिन सेवामार्फत ४०० जना कामदारलाई स्वास्थ्य तथा औषधिसम्बन्धी परामर्श उपलब्ध गराइएको अस्पतालले जनाएको छ । जसमध्ये २७३ जनालाई सर्जरीसम्बन्धी परामर्श, १८३ अर्थोपेडिक, २१७ जनालाई इएनटी, १२५ छालासम्बन्धी, २३५ मानसिक समस्या, १९ आँखा, ३१ दाँत, ४२ जनालाई पेट, ४४ जनालाई युरोलोजी र ६३ जनालाई अन्य विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराइएको अस्पतालको भनाइ छ ।

 


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख
विदेशमा दुःख गर्नुभन्दा गाउँमै तरकारी फलाउँदा सुख आइतबार, असोज २६, २०८२
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै आइतबार, असोज २६, २०८२
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै
वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बर्सेनि बढ्दै शुक्रबार, असोज २४, २०८२
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह  बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
लोकप्रिय
  • Week
  • Month
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP