Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा म्यानपावरमार्फत कामदार पठाउने हल्ला निराधार
श्रममन्त्री अर्यालको प्रस्टीकरण कोरियामा म्यानपावरमार्फत कामदार पठाउने हल्ला निराधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, चैत ७, २०८०
RBB RBB

काठमाडौं– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले दक्षिण कोरियामा सीपयुक्त कामदारलाई म्यानपावर कम्पनीमार्फत इ–७ भिसामा पठाउन लागिएको भन्ने विषय निराधार हल्लामात्र रहेको बताएका छन् । मंगलबार मन्त्रालयमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा उनले उक्त कुरा बताएका हुन् । 

यसअघिका शरतसिंह भण्डारी श्रममन्त्री हुँदा इ–७ भिसामा कामदार पठाउने जिम्मेवारी म्यानपावर कम्पनीलाई दिने गरी मन्त्रालयले कार्यविधि तयार गरेको थियो । साथै जापान, इजरायलगायतका मुलुकमा कामदार पठाउन पनि म्यानपावरलाई जिम्मा दिने प्रक्रिया अगाडि बढाइएको थियो । अर्याल श्रममन्त्री नियुक्त भएसँगै उक्त प्रक्रिया रोकिएको छ ।

मन्त्री अर्यालले यसअघि गरिएका निर्णयहरु पुनःमूल्यांकन हुने बताए ।  त्यसबारे अध्ययन गर्न कार्यदल बनाइएको उनले जानकारी दिए । मन्त्री अर्यालले कोरियामात्र नभई जापान, इजरायलगायतका मुलुकमा पनि म्यानपावरमार्फत कामदार पठाउन लागिएको भन्ने विषयमा कुनै सत्यता नरहेको बताए । 

‘यसअघि भएका निर्णयमाथि अध्ययन र पुनःमूल्यांकन गर्न कार्यदल गठन भइसकेको छ,’ उनले भने, ‘यस्तो अवस्थामा कोरिया वा अन्य कुनै पनि मुलुकसँग सम्झौता गरिएको छैन, बनाइएका कार्यविधिहरु पनि स्थगित गर्न निर्देशन दिएको छु ।’ म्यानपावरमार्फत इ–७ भिसामा कोरिया जान पाइने भन्दै सञ्चारमाध्यमबाट समाचार प्रवाह भएकोप्रति आफ्नो ध्यानाकर्षण भएको मन्त्री अर्यालले बताए । अब कार्यदलले रिपोर्ट नबुझाएसम्म मन्त्रालयबाट कुनै प्रक्रिया अघि नबढ्ने उनले प्रस्ट पारे ।

कोरिया पठाइदिने भन्दै म्यानपावर व्यवसायीहरुले कामदारसँग १७ लाखदेखि २० लाख रुपैयाँसम्म लिन थालेको भन्ने सुन्नमा आएको भन्दै उनले यसको सत्यतथ्य अध्ययन गरेर मन्त्रालयलाई जानकारी दिन मन्त्री अर्यालले आग्रह गरे । यदि कुनै पनि बहानामा पैसा उठाइएको पाइए तत्काल कारबाही हुने चेतावनीसमेत मन्त्री अर्यालले दिए ।

त्यस्तै जापानमा कामदार पठाउने विषयमा पनि कार्यविधि अध्ययन भइरहेको र कुनै निर्णय नगरिएको उनको भनाइ छ । ‘म्यानपावरमार्फत जापानमा कामदार पठाउने विषयमा पनि अहिले कुनै निर्णय भएको छैन,’ मन्त्री अर्यालले भने, ‘यदि कुनै म्यानपावर छनोट गरिएको भए पनि त्यो प्रक्रिया सही थियो वा थिएन भनेर अध्ययन गर्न कार्यदल बनिसकेको हुनाले अहिले बजारमा आएको हल्लाको विषयमा कुनै सत्यता छैन ।’ 

पछिल्लो समय इजरायलमा पनि म्यानपावरमार्फत नै कामदार पठाउन लागेको भन्दै चलाइएको हल्ला पनि निराधार रहेको उनले बताए । ‘इजरायलमा कामदार पठाउने सम्बन्धमा भर्खरै इजरायली राजदूत (हनान गोदर)सँग पनि लामो कुराकानी भएको छ,’ मन्त्री अर्यालले भने, ‘नेपाली कामदार पठाउने सन्दर्भमा नेपालका म्यानपावर र इजरायलका म्यानपावरबीच बिटुबी (व्यवसायी–व्यवसायीबीच)मा काम गर्ने गरी कुनै पनि डकुमेन्टेसन र सम्झौता भएको छैन ।’ सरकारले इजरायलमा जिटुजी सम्झौताअनुसार ‘केयर गिभर र लर्न एण्ड अर्न’ बाहेक अन्यमा कामदार पठाउन कुनै निर्णय नगरेको उनको भनाइ छ । 

त्यसैगरी रोजगारीका लागि विदेश जाने अर्धदक्ष र दक्ष कामदारलाई भाषा पढाउने भन्ने बजारमा आएको बहस पनि कार्यदलको अध्ययनमा परेको मन्त्री अर्यालले बताए । साथै, अभिमुखीकरण तालिम शुल्क वृद्धि गरी ७०० रुपैयाँबाट २८ सय रुपैयाँ पुर्‍याइएकोमा पनि अर्को निर्णय नभएसम्म यथावत् (७०० रुपैयाँ शुल्क) राख्न मन्त्रालयले निर्देशन दिइसकेको उनले बताए । ‘सरकारले कुनै पनि व्यक्तिलाई पेसा व्यवसाय गर भनेर लाइसेन्स दिन्छ भने त्यसको नियमन गर्ने दायित्व पनि सरकारकै हुन्छ । व्यवसायीले आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नुपर्छ । यसमा शून्य सहनशीलताको नीति अपनाइन्छ,’ मन्त्री अर्यालले भने ।

 यस्तै वैदेशिक रोजगारीको क्रममा हुने ठगीका घटनाहरु उल्लेख्य वृद्धि भएकोमा यसको न्यूनीकरण गर्न अवश्यक सचेतना फैलाउन पनि मन्त्रालयले गृहकार्य गरिरहेको उनले बताए । ‘विभिन्न माध्यमबाट जिल्ला–जिल्ला, गाउँ–गाउँ, वडा–वडामा जनचेतना फैलाउँदै अहिले भइरहेको ठगीलाई दुई वर्षको अवधि निर्धारण गरेर क्रमशः घटाउँदै लैजान सकियो भने केही वर्षमै ठगीका घटना न्यून अवस्थामा पुर्‍याउन सकिन्छ,’ उनको भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने कामदारका सम्बन्धमा उठाइने मुद्दाहरु अत्यन्त संवेदनशील हुने भएकाले मन्त्रालयको आधिकारिक धारणा बुझेर मात्रै समाचार सम्प्रेण गरिदिन मन्त्री अर्यालले आग्रह गरे । वैदेशिक रोजगारी तथा आन्तरिक रोजगारको क्षेत्रलाई सुरक्षित, पारदर्शी, मर्यादित र व्यवस्थित बनाउन मन्त्रालयले गरेको प्रयासमा मिडियाको सहयोगी भूमिका अपरिहार्य रहेको उनको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक बिहीबार, वैशाख २५, २०८२
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’ 
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’  बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP