Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #आइसिसी महिला टी–ट्वान्टी
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • विदेशी जेलमा रहेका र अस्पतालमा उपचाररत श्रमिकको उद्धारमा श्रममन्त्रीको चासो
वैदेशिक रोजगार बोर्डसँग मागियो तथ्यांक विदेशी जेलमा रहेका र अस्पतालमा उपचाररत श्रमिकको उद्धारमा श्रममन्त्रीको चासो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, चैत ६, २०८०
RBB RBB

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न कारणले विदेशी जेलमा रहेका तथा अस्पतालमा उपचाररत श्रमिकहरुको यथास्थिति पत्ता लगाउन चासो देखाएका छन् । विदेशमा गएर विभिन्न कठिनाइ झेलेका, जेल परेका तथा लामो समयदेखि अस्पतालमा उपचार गरिरहेका श्रमिकहरुको उद्धार र राहतसम्बन्धी जिम्मेवारी पाएको वैदेशिक रोजगार बोर्डका अधिकारीहरुसँग छलफल गर्दै मन्त्री अर्यालले उक्त चासो देखाएका हुन् ।

सोमबार बोर्डका कार्यकारी निर्देशक र कर्मचारीसहितको छलफलमा मन्त्री अर्यालले वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकको बन्दीगृह तथा अस्पतालमा उपचाररत नेपाली श्रमिकको अवस्था तत्काल पत्ता लगाएर जानकारी गराउन निर्देशन दिए । विशेषतः मलेसियालगायत खाडी मुलुकमा गएका नेपाली श्रमिकहरु विविध कारणले विदेशी बन्दीगृह र अस्पतालमा उपचार गराइरहेको जानकारीमा आएको भन्दै मन्त्री अर्यालले उनीहरुको वास्तविकता पत्ता लगाइ उद्धारका लागि पहल गर्नुपर्नेमा जोड दिए ।

वैदेशिक रोजगारीमा रहेका आफ्ना नागरिकको अवस्थाप्रति सरकार जानकार हुनुपर्ने बताउँदै उनले कुनै पनि श्रमिक बन्दीगृहमा पर्नुको कारण र समस्या समाधानका उपाय खोज्न बोर्डको भूमिका महŒवपूर्ण हुने बताए । मन्त्री अर्यालले सबै गन्तव्य मुलुकबाट तथ्यांक संकलन गर्न निर्देशन दिँदै तत्कालै उद्धार, राहत तथा समस्या समाधानको योजना बनाउनुपर्ने बताए । ‘विदेशी अस्पतालमा रहेका श्रमिकहरुको स्थानीय अस्पतालसँग सहकार्य गरी नेपालमा नै उपचार गर्ने व्यवस्था सरकारले मिलाउने छ,’ उनले भने, ‘बन्दीगृहमा रहेका श्रमिकलाई कानुनी उपचारका लागि पनि आवश्यक सहयोग गर्नेछौ ।’ विदेशमा अड्किएका श्रमिकका शवलाई जतिसक्दो छिटो स्वदेश झिकाउने व्यवस्था मिलाउन पनि मन्त्री अर्यालले निर्देशन दिए ।

उनले विदेशमा दुर्घटनामा परेका कतिपय श्रमिकले सम्बन्धित मुलुकबाट पाउने बिमा सुविधाको विषयमा थाहा पाउन नसक्ने भएकाले यसमा पनि बोर्डले आवश्यक जानकारी लिएर पहल गर्नुपर्ने बताए । ‘विदेशी मुलुकले आप्रवासी श्रमिकलाई बिमाको सुविधा प्रदान गरेका हुन्छन्, तर सबै नेपाली श्रमिकलाई यस विषयमा जानकारी नहुन सक्छ,’ उनले भने, ‘त्यसैले धेरै श्रमिक यो सुविधाबाट वञ्चित भएको सुनेको छु, बिमाबापत अर्बौं रुपैयाँ लिन बाँकी रहेको जानकारी पाएको छु, यस्तो सुविधाका लागि पनि बोर्डले पहल गरोस् ।’ 

श्रमसचिव केवलप्रसाद भण्डारीले बोर्डलाई श्रमिकको कल्याणकारी कार्यमा संवेदनशील हुन आग्रह गरे । ‘बोर्डले श्रमिकको मुद्दामा संवेदनशील नभएको गुनासो छ,’ उनले भने, ‘त्यसैले आफ्नो जिम्मेवारीप्रति सचेत हुनुपर्‍यो, परिणाम देखिनेगरी काम गर्नुपर्‍यो ।’ बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले बोर्डको दायित्व, काम कर्तव्य र अधिकारभित्र परेका कार्यलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । उनले विदेशमा अलपत्र परेकाहरुको उद्धार र मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्ने र नेपाल ल्याउने कार्य तदारुकताका साथ गरिरहेको दाबी गरे । साथै, विदेशी बन्दीगृह र अस्पतालमा उपचाररत कामदारहरुको यकीन तथ्यांक संकलनमा केही कठिनाइ भए पनि यसका लागि आवश्यक संयन्त्र परिचालन गरी वास्तविता पत्ता लगाउने उनले बताए ।

त्यस्तै, सोमबार नै मन्त्री अर्यालले नेपालका श्रम गन्तव्य मुलुक मलेसिया, कतार, साउदी अरब, युएई, बहराइन, ओमान, दक्षिण कोरिया र कुवेतका श्रम सहचारी तथा श्रम काउन्सिलरसँग श्रमिकको समस्याको विषयमा ‘भर्चुअल’ छलफल गरेको उनको सचिवालयले जनाएको छ ।सोमबार नै मन्त्री अर्याल र अन्तर्राष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानबीच भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनबीच भएका सहकार्यको स्मरण गर्दै निर्देशक ओज्कानले हासिल भएका प्रगतिमा सन्तोष व्यक्त गरेको बताइएको छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हालै केन्द्रीय श्रम सल्लाहकार परिषद्बाट स्वीकृत भएको अन्तर्राष्ट्रिय श्रम संगठनका महासन्धी तथा प्रोटोकलहरुलाई अनुमोदन गर्नेसम्बन्धी कार्ययोजना, गन्तव्य मुलुकहरुसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता, अन्तर्राष्ट्रिय श्रम संगठनमा गर्नुपर्ने नियमित र आवधिक प्रतिवेदनलगायतका विषयमा भएको प्रगतिमाथि छलफल भएको जनाएको छ । त्यस्तै आसन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औं सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने र सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालको सहभागितालाई लिएर निर्देशक ओज्कानले चासो व्यक्त गरेको बताइएको छ । सोही क्रममा गन्तव्य मुलुकमा नेपाली आप्रवासी श्रमिकहरुको अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र आयमूलक बनाउनेसम्बन्धमा सहकार्य गर्ने प्रतिबद्धता दुवैपक्षबाट व्यक्त भएको मन्त्रालयले उल्लेख गरेको छ ।


प्रकाशित मिति: मंगलबार, चैत ६, २०८०  ११:०५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो
बोर्डको सीपमूलक तालिममा आकर्षण, अवधि छोटो हुँदा अपूरो भएको गुनासो आइतबार, वैशाख २८, २०८२
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
डिपेन्डेन्ट भिसामा क्यानडा लैजाने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारी ठगी गर्ने तीन जना पक्राउ शुक्रबार, वैशाख २६, २०८२
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग
विभागसमक्ष वैदेशिक रोजगार व्यवसायी संघको तीनबुँदे माग शुक्रबार, वैशाख २६, २०८२
वैदेशिक रोजगारीमा  ठगी गर्ने तीन जना पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने तीन जना पक्राउ बिहीबार, वैशाख २५, २०८२
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक
सबै व्यवसायीलाई साउदी आइडी उपलब्ध गराउन दूतावास सकारात्मक बिहीबार, वैशाख २५, २०८२
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’ 
‘सीपयुक्त जनशक्ति उत्पादन प्राथमिकतामा’  बिहीबार, वैशाख २५, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP