Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • नाइके फेर्ने ट्याम्को फिर्किपोइले
नाइके फेर्ने ट्याम्को फिर्किपोइले
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन २२, २०८०

माथि चौतारामा बसेर कट्वाल दाइ ट्याम्को बजाउँदा चिच्याउँदै थिए । तलतिर गाउँका मान्छेहरु कान ठाडो पार्दै सुन्दै गरिरहेका छन् । कट्वालले ट्याम्को बजाउन थालेपछि देशमा केही न केही भयो भन्ने कुरा गाउँहरुले बुझिहाल्थे । त्यही भएर भान्सामा खाना खाँदै गरेको मान्छे पनि जुठै हात लिएर आँगनको डिलमा आएर सुन्न बस्थे ।

खेतमा आली वनाउँदै गरेको हुन् कि वनमा दाउरा काट्दै गरेका किन नहुन् । ट्याम्को बज्न थालेपछि नयाँ कुरा थाहा पाउन सुन्नै पर्दथ्यो कट्वालको ट्याम्कोसँगै नयाँ सूचना । 

आज कट्वाल दाइ फेरि ट्याक्को ठोक्न थालेका छन् । चौतारीको भीरमा गाउँलेहरुले नसुन्लान भनेर छेउमा पुगेर चिच्याउन थाले ।

‘सुन है गाउँले हो । आज साँझ ४ बजे बालकोटे काका र खुमलटारे काकाको मिलन हुँदै छ रे । जस्सरी भए पनि भिमदेवथानको चौतारामा उपस्थित हुने उर्दी छ है ।’

Hardik health

तीनपटक तीन गाउँतर्फ फर्केर कट्वाल दाइले ट्याम्को ठोकेपछि त सबका सबले थाहा पाइहाले ।‘मेलापात हुनेले छाडेर आउनु, घरमा हुनेले खाजा लिएर आउनु स्कुलका मास्टरहरुले झोलै बोकेर आउनु होऽ ऽइ... ।’ 

कट्वाल दाइ ट्याम्को बजाएर चौतारामा मात्र कहाँ बस्न भ्याउँथे र ! उनलाई चार गाउँको जिम्मा दिएको छ । त्यही भएर ट्याम्को बजाउँदै भिमदेवथानको खोल्सा हुँदै विष्टगाउँ पुगे ।

विष्टगाउँका भान्दाइको घर अग्ला भएर होला उनी भान्दाइकै आँगनको डिलबाट पहिले ट्याम्का बजाए, र कराउन थाले । 
‘सुन्नेले सुन्नु र नसुन्नेलाई सुनाउनु । मुखियाले आज चार गाउँका नाइके फेर्ने रे ! बालकोटे काका र खुमलटारे काका ४ बजे पुग्ने भएकाले सबैले हाजिर गरौं होइ !’

कट्वालको ट्याम्को सुनेर भान्दाइ बाहिर निस्कन्छन् र फलैँचामा बसेर उसलाई बोलाउँछन् । ‘होइन ओइ ? कट्वाल । के सन्देश ल्याको हो तैँले । नपत्याउने कुरा गरिस् त ?’

कट्वालले भान्दाइ सोध्छ– होइन हो भान्दाइ, मैले के नपत्याउने कुरा सन्देश ल्याएर हो ? पापै लाग्ने कुरा त नगर्नु न होउ !
‘के को पापको कुरा गर्छस् ! अब बालकोटे र खुमलटारे काका फेरिसँग भतेर खान जान थालेछन् । अस्तिसम्म त एउटाले अर्कोलाई देखिइनसहने थे त !’

भान्दाइको कुरा सुनेर कट्वाल पनि खित्काउँछ । 
‘होइन होउ भान्दाइ तपाईं पनि कुन दुनियाँमा हुनुहुन्छ ? संसार कहाँबाट कहाँ पुगिसक्यो । अब त्यस्ता कुरा पनि म जस्ता कट्वालले भनिरहनुपर्छ र भन्या तपाईंलाई ?’ 

‘ल ऽ कस्तो कुरा गर्छ हो यो कट्वाल ? तँ नै त हो देशभरका सन्देश लिएर आउने । अब तैँले भनेको कुरा नपत्याएर सुखै छैन नि ! हामी गाउँलेलाई त कागलाई बेल पाक्यो हर्ष न विस्मात भनेजस्तै हो ।’
‘किन र भान्दाइ ? बालकोटे र खुमलटारेसँगै भतेर खान जाने कुरा पत्यार लागेन ? त्यसो भए त तपाईंले मुखियाले चार गाउँका नाइके फेर्ने कुरा पनि पत्याउनुहुन्न होला है ?’

‘खै ! नपत्याउँ भने नाइके फेरिएको फेरियै छ । पत्याउँ भने अस्तिसम्म एकले अर्कालाई खोइरो खनेको खन्यै गरेका मान्छेहरु एउटै भान्सामा भतेर खान कसरी जालान् भन्ने पनि लाग्छ !’
कट्वाल फेरि खित्काउँछ...
‘ल होइन तँ पनि किन खित्काएको नि ?’

‘भान्दाइको कुरा सुनेर नि ! अब देख्नु भएन एउटाले पाए अर्कोलाई सिध्याउनेगरी हिँडेका भकभके काका र चटके त जसको जातै नमिल्दा त मिलेर सँगै बसेर भतेर खाए । अब बालकोटे र खुमलटारे काका त भिन्न बसेका भाइभाइ त हुन् । अनि सँगै भतेर खान के भो त ? ठीकै त हो नि आफ्नैसँग बसेर खाँदा के बिग्रन्छ र !’

‘कुरा त ठीकै हो कट्वाल । तर पनि गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो नि । अस्तिसम्म सनिस्टाराँ बसेर सराप्नु सरापेका होइनन् भन्या ?’

‘हो त भान्दाइ, सनिस्टाराँ सरापेको कुरा पनि त मैले ट्याम्को बजाएर सुनाको हो केरे ! एउटाले सनिस्टाराँ सराप्यो अर्कोले राइटारमा बसेर पलाक्यो त्यो कसलाई थाहा छैन र ? जे भए पनि एउटै कूलका हुन् मिलेर भतेर खाउन् भैगो नि !’
कट्वालका कुरा सुनेर भान्दाइलाई पनि खसखस लागे छ क्यार फेरि सोध्न थाले । 

‘अनि कट्वाल त्यो खुलटारे काका र बालकोटे काकासँगै बसेर कति दिन भतेर खान सक्छन् हो ? एउटै जंगलाँ दुई शेर भनेजस्तो भएन भन्या ?’

‘ल ऽ भान्दाइ पनि अब उहाँ देशाँ त मिलिमिली खाका छन् अरे ! भनेपछि हाम्रा खुमलटारे काका कम बाठा छन् । आफ्नो स्वार्थ पूरा भएन भने त कुरै नगरौं । जसरी हुन्छ आफ्नो दुनो सोझ्याउने हुन् । बिहान भर्खर सहराँ हिँडेका पूर्वेली नाइकेलाई बीच बाटैबाट मुखियाले फकाइदिएको थाहा पाउनुभएन ?’

‘खै त्यो त मैले सुन्नै पाइनँ हो कट्वाल ।’ 
‘तपाईं पनि मेलो मिलाउनु परो के ! यत्तिको मान्छे मुखियालाई भनेर आफैं नाइके बने भैगो नि । कस्ता–कस्ताले त भ्याइसके, भान्दाइ पनि ! तपाईं जत्तिको गाउँ बुझेको, ठाउँ बुझेको गाउँले बुझेका मान्छेलाई त के भो र हो ? दुनियाँलाई कति गर्नुहुन्छ अब आफ्नै लागि गर्नोस्, के बालकोटे काका जस्तै गरी । फिर्किपोइले ।’

‘छाड्दे कट्वाल, अब केही हुनेवाला छैन । फिर्किपोइलेहरुले नै गरिखाउन् । अनि खास चौतारोमा के को भेलो हो नि ?’ 
‘के हुनु नि । रात रहे औराख पलाउँछ भन्थे । हाम्रा मुखियालाई के मन परेन कुन्नी चार गाउँका नाइके फेरे रे ! त्यही भएर सबैलाई भुलाउन खोजेका होलान् जस्तो लाग्छ होइ मलाई ?’ 

‘भुलाउन् भुलाउन् । गाउँलेलाई भुलाउन थालेकै यत्तिका वर्ष भइसक्यो । झूठको खेती गर्नबाहेक केही न पो आयो र हाम्रा मुखियाहरुलाई । खै आखिर केका लागि हो ? मर्न लाग्दा पानी ख्वाउने मान्छेसमेत नहुने भइसक्यो ? गाउँ रित्तिसक्यो ! जति नाइके फेरे पनि कुनै अर्थ छैन । नाइकेहरुलाई पो सबथोक छ । गाउँको लागि र गाउँलेको लागि के नै पो भाको छ र ?’
‘हो भान्दाइ हो । बिहानदेखि चार गाउँ घुमेँ, गाउँमा कोही छैन । त्यही नाइके र नाइके बन्न खोज्नेका आसेपासेबाहेक मैले त कोही पनि देखिनँ । गाउँमा मान्छे भए पो नाइकेको पनि मान बढ्यो होला । सान हुन्थ्यो होला ? गाउँमा मान्छे नै नभएपछि त्यो नाइके भए पनि के, नभए नि के ?’

कट्वालको कुरा सुनेर भान्दाइ पनि खिन्न मन बनाउँछन् ।
‘तिमीले ट्याम्को बजाउन थालेको यत्तिका वर्ष भइसक्यो । तर यी नाइकेहरु फेरिने र मोटाउनेबाहेक के देख्यौं र ? न गाउँ बन्यो, न गाउँमा केही परिवर्तन नै आयो । आयो त सधैँ पालैपालो गाउँ रित्तो बनाउनेगरी गाउँ लुट्ने नाइके र मुखिया । त्यो बाहेक के पायो र ?’ 

‘त्यही हो भान्दाइ, त्यही हो । सबै नाइके मुखिया आफ्नै पेट भर्न आउने हुन क्यार ! तर भरे आउनुहोला चौतारोमा । हेरौँ न नयाँ–नयाँ रुपका नाइकेहरु ।’

‘लौ लौ तिम्रै भलो चिताएँ । मचाहिँ आएन भन्देऊ, ठेउके नाइकेहरुको कुरुप अनुहार हेर्न । गाउँ बाँचे हामी नै बाँचौंला, गाउँ नै नभए हामी के पो रहौला ! ल ल आफ्नो कर्म नछाड बजाऊ ट्याम्का ।’ 
भान्दाइ घरभित्र छिर्छन्, कट्वाल ट्याम्का बजाउँदै गाउँ छिर्छ... ।
 


प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP