Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पाँच प्रदेशमा सहज, दुईमा कठिन
नयाँ गठबन्धन प्रदेशसम्म पाँच प्रदेशमा सहज, दुईमा कठिन
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, फागुन २२, २०८०
  • कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सरकार गठन गर्न नयाँ गठबन्धनलाई सहज, बागमती र गण्डकीमा कठिन
  • चार प्रदेशमा एमाले, एउटा÷एउटामा उन्मुक्ति र जनमतको दाबी

काठमाडौं– नयाँ सत्ता गठबन्धन बनेसँगै प्रदेश सरकारहरू पनि पुनर्गठन हुने चर्चा सुरू भएको छ । कांग्रेसले नेतृत्व गरेको कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नै परिवर्तन हुने देखिएका छन् । अन्य प्रदेशमा भने नेकपा एमालेलाई मात्रै समेटिए हुने भएको छ ।

यी चारवटै प्रदेशमा एमालेले मुख्यमन्त्री दाबी गरेको छ । एमाले नयाँ बनेको गठबन्धनको मुख्य दल पनि हो । दलका उपमहासचिव प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार गठबन्धन दलहरूबीच एमालेले यी चारवटै प्रदेश पाउने भन्ने समझदारी भइसकेको छैन । 

सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिको दाबी छ । यसअघि पनि उन्मुक्तिले मुख्यमन्त्री दाबी गरेको थियो । त्यसबेला मुख्यमन्त्री पाएन । मन्त्रीमा उन्मुक्तिले चित्त बुझाउनुप¥यो । अहिले पनि सम्भावना त्यस्तै देखिएको छ । जनमत पार्टीले मधेस प्रदेशको नेतृत्व पाउनुपर्ने सर्त प्रधानमन्त्री पुष्पकमल दाहालसँग राखेको छ । प्रधानमन्त्रीले भने ‘ग्रिन सिग्नल’ दिइसकेका छैनन् । कारण, कुन प्रदेशमा कुन दलले मुख्यमन्त्री पाउने भन्ने टुंगो लागेको छैन ।

तर, पनि नयाँ गठबन्धनले प्रदेशहरूमा सरकार गठन गर्ने भएका छन् । कोशीमा एमालेले त्यहाँका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागिसकेको छ । कार्की एमालेकै समर्थनमा यसअघि मुख्यमन्त्री भएका थिए । पछि माओवादीसहितका दलहरूको समर्थन प्राप्त भएपछि उनको पद जोगिएको थियो । सोमबारको राजनीतिक घटनाक्रमले भने सत्ताच्युत हुने अवस्थामा आइपुगेका छन् । 

Hardik health

कोशीमा सरकार गठनका लागि नयाँ गठबन्धनसँग स्पष्ट बहुमत छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सदस्य भए पुग्छ । जबकि, एमालेसँग ४० जना र माओवादीसँग १३ जना सांसद छन् । जनता समाजवादी पार्टी (जसपा)सँग एक जना सांसद छ । यी तीन दलको जोड्दा ५४ जना पुग्छ । त्यसमा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी समेटिएको अवस्थामा ५८ पुग्छ । यो भनेको दुईतिहाइ बहुमतका लागि मात्रै चार सांसद कम हो । 
यहाँ कांग्रेससँग २९ र राप्रपासँग छ जना गरी ३५ जना सांसद छन् । यी दुई दलबीच सहकार्य भए पनि कोशीमा नयाँ गठबन्धनको सरकार नबन्ने निश्चित देखिएको छ ।

मधेस प्रदेशमा नयाँ गठबन्धनले नै सरकार बनाउने सम्भावना छ । १०७ सिट रहेको मधेसमा सरकार गठनका लागि ५४ सिट आवश्यक हुन्छ । त्यहाँ एमालेको २३, जनता समाजवादी पार्टीको १८, नेकपा माओवादी केन्द्रको नौ, नेकपा एकीकृत समाजवादीको सात र नागरिक उन्मुक्ति पार्टीको एक जना सांसद छन् । यहाँ यी दलहरूका सांसद संख्या ५८ पुग्छ । यस्तो अवस्थामा यहाँ पनि नयाँ गठबन्धनको सरकार बन्ने देखिन्छ ।

यहाँ कांग्रेससँग २२, जनमतसँग १३, लोसपासँग नौ, नेपाल संघीय समाजवादी र राप्रपासँग एक÷एक जना सांसद छन् । यी दलहरू सत्ता सहकार्यका लागि मिले पनि ४४ जना सांसद मात्रै पुग्ने स्थिति छ । यसकारण मधेसमा नयाँ गठबन्धनको सरकार बन्ने देखिएको छ । 

बागमती प्रदेशमा भने नयाँ गठबन्धनलाई सरकार बनाउन केही असहज छ । ११० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५६ सांसद चाहिन्छ । त्यहाँ एमालेका २७, माओवादीका २१ र नेकपा एकीकृत समाजवादीका सातजना सांसद छन् । यी तीन दलको सांसद संख्या ५५ पुग्छ । एक जना सांसद पुग्दैन । यसले गर्दा यहाँ भने नयाँ गठबन्धनलाई सरकार बनाउन असहज छ । यस्तोमा त्यहाँ कांग्रेस नेतृत्वको सरकार बन्न सक्ने सम्भावना गठबन्धनको जत्तिकै छ । हाल त्यहाँ माओवादीका नेता सालिकराम जमकट्टेल नेतृत्वको सरकार छ ।

६२ सदस्यीय गण्डकी प्रदेशमा सरकार गठनका लागि ३२ सांसद चाहिन्छ । यहाँ एमालेको २२ जना र माओवादीको ८ जना तथा एकीकृत समाजवादीको एक जना सांसद छन् । यी तीन दलको सांसद संख्या ३१ जना हो । जुन सरकार गठनका लागि एक जना सांसद अभाव हो । यहाँ दुई सांसद रहेको राप्रपालाई सरकारमा ल्याइएन भने सरकार गठन असम्भव छ । गण्डकी प्रदेश संसद्मा कांग्रेससँग २७ जना सांसद छ । सरकार गठनका लागि कांग्रेसलाई यहाँ पाँच जना सांसद अभाव हो । 

यस्तै, ८७ सिट रहेको लुम्बिनी प्रदेशमा सरकार गठनका लागि ४४ सिट आवश्यक हुन्छ । यहाँ गठबन्धनको मुख्य दल एमालेसँग २९, माओवादीसँग ११, नागरिक उन्मुक्तिसँग चार र जसपासँग तीन जना गरी ४७ जना सांसद छन् । यो भनेको सरकार गठनका लागि आवश्यकताभन्दा बढी सांसद संख्या हो । अझ नेकपा एकीकृत समाजवादीको एक जना सांसद जोड्दा यहाँ ४८ जना सांसद पुग्ने देखिएको छ । यहाँ कांग्रेसका डिल्ली चौधरी नेतृत्वको सरकार धरमरमा परेको छ ।
कर्णाली प्रदेशमा पनि गठबन्धनले सरकार सहजै बनाउने भएको छ । ४० सिट रहेको प्रदेशमा सरकार गठनका लागि २१ सांसद चाहिन्छ । त्यहाँ माओवादीका १३ र एमालेका १० जना सांसद छन् । यी दुई दलकै सांसद संख्या २३ छ । यसमा एकीकृत समाजवादीको एक जना सांसद थपिँदा २४ सांसद पुग्छ । यहाँ पनि गठबन्धनको सरकार बन्ने निश्चित देखिएको छ । 

सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनकै सरकार बन्ने भएको छ । ५३ सदस्यीय प्रदेश संसद्मा २७ जना सांसद सरकार गठनका लागि आवश्यक हुन्छ । यहाँ माओवादीसँग ११, एमालेसँग १०, नागरिक उन्मुक्तिसँग सात जना र एकीकृत समाजवादीसँग चार जना सांसद छन् । यी दलसँग ३२ जना सांसद छन् । यो भनेको सरकार गठनका लागि आवश्यक बहुमत हो । यहाँ कांग्रेसको १९ जना सांसद छन् । एक जना स्वतन्त्र सांसद छन् ।

 


प्रकाशित मिति: मंगलबार, फागुन २२, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP