Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • पोखरा विश्वविद्यालय  र सन सेक्युरिटिजबीच सम्झौता
पोखरा विश्वविद्यालय  र सन सेक्युरिटिजबीच सम्झौता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन १७, २०८०

काठमाडाैं -  पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स  र सन सेक्युरिटिजबीच सम्झौता भएको छ । बुधबार एक कार्यक्रमकाबीच सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालय अन्तर्गतको स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखराबीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको हाे ।

Sun Knowledge Partnership कार्यक्रम अन्तरगत भएको यस सम्झौतामा सन सेक्युरिटिज प्रा.लि.ले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकाय अन्तरगत अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी शेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ ।

यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोश्रो बजार अन्तरगत गरिने कारोबार तथा लगानी सँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ । यस सम्झौता अन्तरगत पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेश संकायका विद्यार्थी तथा शिक्षक एवं कर्मचारीहरुलाई सन सेक्युरिटिज प्रा.लि.ले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ । 

Hardik health

पोखरा विश्व विद्यालय फयाकल्टि अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालको समुपस्थितिमा सम्पन्न कार्यक्रममा पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सका तर्फबाट अध्यक्ष स्वस्तिका क्षेत्रीले हस्ताक्षर गर्नुभएको थियो भने सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष श्री कृष्ण गिरीले हस्ताक्षर गर्नुभएको थियो । 

सम्झौता कार्यक्रमसँगै सन सेक्युरिटिज प्रा.लि.ले पोखरा विश्वविद्यालयका स्कुल अफ विजनेश संकाय अन्तरगत बिबिए र बिबिएबिआईका विद्यार्थीहरुलाई पोखरा विश्वविद्यालयमा आज १ दिने वित्तिय साक्षरता तथा शेयर सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको आयोजना पोखरा विश्वविद्यालय स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्सले आयोजना गरेको थियो भने प्राविधिक सहयोग तथा तालिम प्रशिक्षक व्यवस्थापन सन सेक्युरिटिज प्रा.लि.ले गरेको थियो । 

कार्यक्रम अन्तरगत सन सेक्युरिटिज प्रा.लि.का कार्यकारी अध्यक्ष कृष्ण गिरी, प्राविधिक विश्लेषक शुशिल भट्टराई तथा सैयम बज्राचार्यले तालिम प्रदान गर्नुभएको थियो । उक्त तालिममा शेयर बजारको वर्तमान अवस्था, शेयरबजारमा निहित जोखिम तथा यसको व्यवस्थापन, शेयर बजारमा लगानी गर्ने समय र तरिका लगायतका विषयमा तालिम प्रदान गरिएको थियो । कार्यक्रममा बिबिए तथा बिबिएबिआईमा अध्ययनरत करिब ७० जना विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । तालिम कार्यक्रममा प्रमुख आतिथ्यता पोखरा विश्वविद्यालय फ्याकल्टि अफ म्यानेजमेन्ट स्टडिजका डिन डा. दयाराज ढकालले गरेका थिए ।  
 


प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
ग्लोबल बैंकले साना व्यवसायमा कर्जा विस्तारका लागि डिएआई-उदयसँग सहकार्य गर्ने 
ग्लोबल बैंकले साना व्यवसायमा कर्जा विस्तारका लागि डिएआई-उदयसँग सहकार्य गर्ने  बुधबार, पुस ९, २०८२
नगरकोट रिसोर्ट लिमिटेडले ल्याउँदै आइपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति
नगरकोट रिसोर्ट लिमिटेडले ल्याउँदै आइपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति बुधबार, पुस ९, २०८२
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा
ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा मंगलबार, पुस ८, २०८२
प्रोटोन ईमासको पोखरामा विशेष एक्सचेन्ज अफर 
प्रोटोन ईमासको पोखरामा विशेष एक्सचेन्ज अफर  मंगलबार, पुस ८, २०८२
भीजी मोटर्सद्वारा ७ सिटर एसआरएम विद्युतीय भ्यान सार्वजनिक
भीजी मोटर्सद्वारा ७ सिटर एसआरएम विद्युतीय भ्यान सार्वजनिक सोमबार, पुस ७, २०८२
इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित
इन्ड्राइभ आइसिटी अवार्ड २०२५ सम्पन्न, १७ विधामा प्रविधि क्षेत्रका स्टार्टअप, संस्था र व्यक्तित्वहरू सम्मानित सोमबार, पुस ७, २०८२
नबिल बैंकले जलविद्युत्सम्बन्धी मुद्दा जित्यो
नबिल बैंकले जलविद्युत्सम्बन्धी मुद्दा जित्यो सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP