Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • ७३ वर्षीय बूढो ‘पर्जातन्त्र’
७३ वर्षीय बूढो ‘पर्जातन्त्र’
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन ८, २०८०

नयाँ सडक र बसन्तपुरको बीचमा ठिंग उभिएका जुद्ध शमशेर पूर्वतिरबाट उदाएको सूर्यलाई हेरेर दंग परिरहेका छन् । उता त्रिपुरेश्वरबाट उत्तर फर्किएर बसेका त्रिभुवन पनि मुसुमुसु हाँसिरहका देखिन्छन् । यी दुईको पूर्वीय मोहडा र उत्तरी मोहडाले कता–कता उत्सुकता थपिरहेको छ ।

निरंकुश राणा शासनका विरुद्ध लागेका राजा त्रिभुवन र त्यही राणा शासनका अन्तिम प्रधानमन्त्रीको मुहार चम्किएको देखेर सिंहदरबार हेर्दै राणाहरुले मृत्युदण्ड दिएका चार सहिदहरु खित्का छाँडेर हाँसिरहेका छन् । सहिदहरुको अट्टाहस हाँसोले सैनिक मञ्चमा दक्षिण फर्केर विराजमान भएका सत्ताधारीहरु रिसले चुर छन् ।

फागुन ७ आउनेबित्तिकै हरेक चोटी यिनीहरुको रमिता यस्तै हुन्छ । टुँडिखेलको पूर्वी छेउमा रहेको बूढो रुख पनि मरिमरी आफ्ना भएभरका जगल्टा हल्लाउँदै खुच्चिङ–खुच्चिङ भन्दै भाँचिएका कुम हल्लाइरहेका छन् । बूढो रुखले आफ्ना जगल्टा हल्लाउन थालेपछि चार सहिदका सालिकहरु प्याट्टप्याट्ट ताली पट्काएर खिसिटिउँरी गर्दै छन् ।

उता जुद्ध शमशेर रिसले चुर भएर न्युरोड गेटमै पुगौला जस्तो गरिरहेका छन् । जुद्ध शमशेरको आक्रोश देखेरै होला धर्मभक्त, गंगालाल, शुक्रराज र दशरथ चारजना हेराहेर गर्छन् । धर्मभक्त गंगालालसँग कानेखुसी गर्दै भन्छन्, ‘होइन हो गंगाजी जिउँदोमा त यिनको आक्रोशमा नडराएका हामी, अव सालिक हुँदा डराउँछौ होला र ? 

Hardik health

धर्मभक्तको कुरा सुनेर गंगालाल भन्छन्, ‘हामी नडराएकै भएर त आज सालिक भएका छौं नि ! डराएका भए त हामी कहाँ यहाँ हुन्थ्यौं र उ ती अपराधीहरु बसेका ठाउँमा हुन्थ्यो नि ? 

गंगालालको कुराले अर्का शुक्रराज खित्काउन थाल्छन् । उनको खित्काले गंगालाललाई अलि पारा चढेछ क्यार ? शुक्रराजलाई अलि हपार्दै भन्छन्, किन हाँस्नु भो ? 
शुक्रराज उत्तर दिइहाल्छन्, तपाईका कुरा सुनेर हाँसेको । 
किन ? 
त्यो सैनिकमञ्चमा दक्षिण फर्केका बसेकालाई अपराधी नामाकरण गरिदिनु भो । त्यही भएर हाँसें ।
गंगालाल भन्छन् । के मैले गल्ती गरेर ? 

शुक्रराजले भने, ‘के गल्ती के सही अहिले त भन्न पनि गाह्रो भएको छ ।’ तपाईंलाई जत्तिकै रिस ती जुद्ध शमशेरलाई पनि उठेको रहेछ । त्यही भएर हो उनी पनि आक्रोशित भएका तपाईं हामीलाई देखेर होइन, ती जिउँदा सहिदहरुको ठाँट देखेर नै ती राणा आक्रोशित भएका हुन् !

शुक्रराज र गंगालालको गफ सुनिरहेका धर्मभक्तलाई कता कता चिसो पसेजस्तो भइरहेको छ । पूर्व फर्केर उत्तर नियालिरहेका धर्मभक्तले सोधी हाले, ‘किन यो प्रसंग चलाइरहनुभएको छ ? कथा अन्तै पो मोडियो कि ?’
हो तपार्इंले भनेको कुराजस्तै भयो । हामीले जे सपना देखेका थियौं त्यो सपना अहिले मोडियो । सबै आफ्नो स्वार्थ अनुकूल अगाडि बढ्न थाले । देश ओरालो लागिरहेको छ । हामीले प्राण आहूति दिएपछि पनि पटक–पटक भएका आन्दोलनमा धेरै नै प्राण दिएँ र पनि मुलुकले काँचुली फेर्न सकेन । धर्मभक्तले कुरा ओकले । 


दशरथ आज त्यत्ति बोलिरहेका छैनन् । उता त्रिपुरेश्वरबाट नियालिरहेको त्रिभुवन पनि मुसुमुसु हाँसिरहेका । जुद्ध शमशेरको निकै रौद्र रुपमा देखिएका छन् । राणाहरु सकाएर जनतालाई अधिकार सुम्पने त्रिभुवनको मन्द मुस्कानले पनि केही न केही त संकेत गरेको छ नै । 

त्रिभुवनको मन्द मुस्कानलाई भद्रकाली छेउको बूढो ठुटो रुखले आफ्ना करङहरु बजाउँदै शंखघोष गरेझै ट्वाङट्वाङ पारिरहेको छ  । बूढो ठुटो रुखका कर्कसो आवाजले मौन बसिरहेका दशरथलाई अलि सह्य भएन र सोधिहाले । आज तिमी किन कर्कसो भइरहेका छौं । के भो तिमीलाई उनले प्रश्न गर्छन् ?

दशरथ चन्दलाई बूढो रुखले भन्छ । म जत्तिकै बूढो यो पर्जातन्त्रको अवस्था देखेर दया लाग्यो । मत कम्तीमा अलिअलि जगल्टा फिँजाउन सक्छु । केही केही संकेत गर्न सक्छु । तिमीहरुले त ठिंग उभिनुबाहेक के नै पो गर्न सक्छौं । तिमीहरुले बगाएको रगतको मूल्य यी जिउँदा सहिदहरुले कसरी तिर्लान् ? भनेर यसो झकझकाएको मात्र हुँ । त्यसै उता जुद्ध शमशेरको आक्रोशमा यता त्रिभुवन मस्किरहेका छैनन !

सात सालमा आएको पर्जातन्त्र परऽ जाऽ तन्त्र भएछ । तिमी बूढो रुख जस्तै बूढो भएछ क्यार त्यही भएर यो सैनिकमञ्चमा बूढा बूढा दुई–चार दर्जन जिउँदा सहिदहरु सेनाको सलामी खाएर मलामी जान खोजिरहेका छन् जस्तो छ । दशरथले मुटुमा लाग्नेगरी एउटा करेण्ट लगाइदिए ।

बूढो रुख अझै खुसी हुँदै भन्छ, ‘हो नि दशरथ तिमीले भनेजस्तै भएको छ । जनतालाई पर्जातन्त्रप्रति कुनै उत्साह नै देखिएन । केही ठुटेहरु आफै राजा बन्न खोजे । पर्जातन्त्र सिमित व्यक्तिहरुको लागि व्यापार गर्ने थलो पो वन्दै गईरहेको छ । ! 

अस्ति पुस १७ गते त्रिभुवन चौरीमा घाम ताप्न आका थिए दुईमाना बदाम लिए । त्यही बेला उनले पनि त्यस्तै दुखेसो गर्दै थे । मेरा नातीले थोरै गल्ती गर्नाले आज हामीले निर्माण गरेको देश अरूले चलाइरहेको छ । अनि हामीले हिन्दूस्तानसँगको सहकार्यमा ल्याएको पर्जातन्त्रकै मलामी पो जानुपर्ने जस्तो भएको छ ।

दशरथ भन्छन्, होइन हो धर्मभक्त जी उ त्यहाँ पर हेर्नुस् त ? पर्जातन्त्रको उत्साह भनेको दुईचार जना सिपाहीले सलामी ठोकेर गर्ने हो ? जसले पर्जातन्त्र ल्याउनका लागि लड्ने सपुतहरुलाई गोलीले उडाए उनैले पो मनाउँदै छन् त पर्जातन्त्र ! कहाँ गए राजनीतिज्ञहरु ? कहाँ गए तपाईं हामीले वर्ग संघर्ष गर्न सिकाएका ती कार्जेकर्ताहरु ? 

दशरथको प्रश्नको उत्तर विचरा धर्मभक्तसँग के हुन्थ्यो । त्यो उत्तर न त गंगालालसँग छ शुक्रराजसँगै थियो । उनीहरु त त्यही पर्जातन्त्र ल्याउनका लागि फाँसी चढे र आज यो दिन आयो ? तर यही दिन ल्याउनेहरु सालिक बनिरहँदा ७३ वर्षीय बूढा पर्जातन्त्र मासिने खतरा बढ्दै गयो भन्छन् नयाँ सडकबाट जुद्ध शमशेर । 

जुद्ध शमशेरको रौद्र रुप त त्यही सैनिकमञ्च भित्र दक्षिण फर्केर बसेका जिउँदा सहिदहरुका लागि पो रहेछ । जसले जनताले महसुस गर्ने र उत्लास हुनेगरी पर्जातन्त्र ल्याउन नै सकेनन् । पर्जातन्त्र त यिनीहरुका लागि कमाइ खाने भाँडो पो भएछ त ? 

यता चारजना सहिदहरु सैनिक मञ्चमा बसेका बज्रस्वाँठहरुलाई धारे हात लगाउँदै छन् । उताबाट त्रिभुवनले त्रिपुरेश्वरबाट नै देश साइँदुवाहरु भनेर गाली पो गर्दछन् । विचरा पर्जातन्त्र जस्तै ७३ बर्षे बूढा रुख आफ्ना जगल्टा नभएका करंगहरु बजाउँदै सचेत गराउँदै छन् ।

तर पर्जातन्त्रको ढोङ पिट्नेहरु सैनिकको हेलिल्याडबाट खसाएको पुष्पवृष्टिमा दंग पर्दै सेनाको टुकडीले बजाएको बाजामा रमाउँदै आफ्नै भाग्यमा खरानी धस्दै जनतालाई आतंकित पो पार्दै छन् । बूढो पर्जातन्त्रलाई पुष्पाञ्जलीसँग तिलाञ्जली दिँदै छन् । चार सहिदमात्र होइन जुद्ध शमशेर र त्रिभुवन पनि यिनका चर्चिकलाबाट दिक्क भएर गहभरी आँशु पो बगाउँदै छन् अब कहिल्यै नआओस् फागुन ७ भनेर । दिक्क दिक्क दिक्क पर्जातन्त्र ।
 


प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP