Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • जनयुद्धले देखाएको धनयुद्धको बाटो !
जनयुद्धले देखाएको धनयुद्धको बाटो !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, फागुन १, २०८०

काठमाडौंको तीनकुनेबाट दक्षिणतर्फ थोरै अगाडि बढेपछि सानो ढिस्को आउँछ । आजकल त्यसलाई फ्रान्सको राजधानी पेरिसको नामबाट ‘पेरिस डाँडा’ भन्छन् रे १ नाम गतिलो नपाएपछि पेरिस डाँडा राख्या भन्छन् ठूल्दाइ । 

जंगलको बास हुँदा सामन्तहरु भन्दै धेरैका हातखुट्टा भाँच्दै र गर्धन छप्काउँदै हिँडेका ठूल्दाइ अहिले सकी नसकी ठूल्भाउजुको सहाराले पेरिस जान नपाएपछि दिनकै पेरिस डाँडा धाइरहेका छन् । खल्च्याङ खल्च्याङ गर्दै ठूल्भाउजुको हात समाएर हिँडेको देख्दा कतिपय दयालुहरुले त २०÷५० रुपैयाँ पनि दिने गरेका छन् माग्ने ठानेर । 

तर, ठूल्दाइ केका माग्ने हुन्थे र रु उनी त २४० वर्षीय शाहवंशीय राजतन्त्र ढाल्न हिँडेका लडाकु पो हुन् त रु आजकल पेरिस डाँडामा उपचारको खर्च खोज्दै आधुनिक सामन्तको पाउ पर्न हिँडेको अरे भाउजुले भनेको ।

‘जंगलमा सँगै बास भएका सहकर्मीहरु अहिले त्यही फान्सको डाँडामा चिल्ला मोटरगाडी चढेर आउँछन्, तर यी बूढालाई देखेर पनि नदेखेको जस्तै गर्छन्,’ ठूल्भाउजु आक्रोश पोख्छिन् । हेर्नु न मट्यांग्रा बाबु, ‘यी बूढालाई नजाऊ न भो ती आधुनिक सामन्तहरुको अनुहार हेर्न भन्यो पटक्कै मान्ने होइन १ यिनले हाम्रा लागि केही पनि माखो मार्ने छैनन्, हामीले  पो यिनका लागि रगत बगाउन खोज्यो त,’ बूढाको दाहिने खुट्टा देखाउँदै भाउजु रन्किन्छिन्, ‘यी यस्तो हालतमा हिँड्नु प¥या छ । तीनवटा गोली अहिलेसम्म तीघ्रामा गढेको छ ।’

Hardik health

ठूल्भाउजुको कुरा सुनेर ठूल्दाइ अलि रिसाएको पारामा भन्छन्, ‘नकरा तँ बढी जान्ने हुँदी रैछ, अब आफ्नै भाग्य खोटो भएपछि अरूलाई दोष लगाएर हुन्छ रु’ विद्युत्को पोलमा अडेस लगाएर उभिएका ठूल्दाइ अझै ठूलै काम गरेजस्तो गर्व गर्छन्, ‘हामीले नै गर्दा राजतन्त्र ढल्यो ।’

ठूल्दाइको गर्वमा भाउजु विमति जनाउँछिन्, ‘हेर्नोस् बाबु, यी बूढाले जेसुकै भनुन्, एउटा सामन्त राजा फालेर टोलैपिच्छे आधुनिक सामन्त राजा भित्रेका छन् । यस्ताबाट खै आशा छैन मलाई छ । १७ वर्ष भो, परिवर्तन भाको । १७ हजार मान्छे मारेको आरोप लागेको छ । त्यही युद्धमा होमिएकाको हालत यस्तो छ १ यस्तो नि परिवर्तन हुन्छ रु ल हो कि होइन भन्नुस् त रु’

मट्यांग्रा जिल्ल पर्छ । हो भन्दा पनि अनुचित होइन भन्दा पनि अनुचित । ऊ मौन बस्छ ।
कत्ति दिनदेखि नधोएको मैलो न मैलो ज्याकेट लगाएका ठूल्दाइ पेरिस डाँडा दैनिक आवतजावत गर्दा रैछन् । उनीसँग एउटै कमाण्डमा हिँडेर जनयुद्ध लडेका साथी अहिले मन्त्री छन् । तर उनले भेट्नै पाएका छैनन् रे रु भेट्ने र तीघ्राको गोली निकाल्न अस्पतालका लागि लाग्ने खर्चको जोहो गर्न पेरिस डाँडा धाउँदा–धाउँदा दिक्कै भइसके । ‘खै साथीहरुसँग भेट नै हुँदैन भाइ, कत्ति धेरै व्यस्त भाका १,’ ठूल्दाइले बल्ल मुख खोले ।
आँखाभरि आँशु पार्दै ठूल्दाइ श्रीमतीलाई देखाउँदै बह पोख्खन्, ‘यसले त नआऊ भन्छे । तर मनले मान्दैन एकपटक जाउँ साथीहरुले केही गर्छन् कि भन्ने आशा हँुदो रहेछ । हेर भाइ यो काठमाडौंमा बाटोमा हिँडेकोसमेत पैसा लाग्ने भइसक्यो ।’

मट्यांग्रो केही बोल्न सकेन । तर पनि ठूल्दाइलाई सान्त्वना दिँदै भन्छ–  हरेक खानु हुँदैन दाइ लाग्नुस् न । केही न केही त गर्लान् नि ।

‘केही गर्दैनन् बाबु आफ्ना सन्तानलाई सात पुस्ता पुग्नेगरी धनार्जन गीरसके, हामी जनयुद्ध लडेकालाई के मतलव अब लड्नुपर्दैन क्यार १’ भाउजुले जवाफ दिईहालिन् । 
पेरिस डाँडा जाने चिल्लोबाटोमा मेलम्ची खानेपानीले पाइप बिछ्याउन खनेको सानो माटाको ढिस्को छेउ रहेको विद्युत्को पोलमा अलिकति घाम पार्दै उभिएका ठूल्दाइ भित्रभित्रै जनयुद्ध लडेकोमा दुःखी देखिन्छन् । मुखले बोल्न नसकेपछि मनले धिक्कार्दै गरेको मट्यांग्राले अनुभव गरिरहेको छ ।

मट्यांग्रोले ठूल्दाइको भावना बुझेर पनि के काम रु पहिले नै स्कुल पढ्दापढ्दै नजाऊ दाइ जंगलको बास भन्दा मानेका थिएनन् । अहिले एउटा खुट्टा कामै नलाग्ने हुँदा पनि हिजो संघर्ष गरेको दल आज सत्तामा हुँदा पनि केही नै गर्दिएको छैन । एउटा सामन्तलाई फालेर आफैं आधुनिक सामन्त बनिरहेका छन् । अनि भाउजु रु बाबु के गर्दै छन त रु छोरी के गर्छिन् रु मट्यांग्राले कुरा मोड्न खोज्यो रु उसले कुरा मोड्दै गर्दा चिल्लो गाडी झण्डा हल्लाउँदै पेरिस डाँडातिर धुलो उडाउँदै हुँइकियो । 

ठूल्दाइले गाडीभित्रका मान्छे चिनिहाले । के गर्ने मट्यांग्रा भाइ, शक्ति नभएपछि सबैले हेप्छन् भन्ने कुरा बल्ल पो थाहा पाउँदै छु । ९गाडीतिर देखाउँदै० यी साथी र म सँगै लड्न हिँडेका हौं, मेरै कारणले ऊ जोगियो म यो हालतमा पुगेँ ।  

‘अँ साँच्चि, छोरो त कतार गाको छ भाइ । जंगलमै जन्मिएको त्यो । जंगलमै हुर्कियो । हामीलाई गाली गर्दै कतार गाको पनि सात वर्ष पो पुग्न लाग्यो त १,’ ठूल्दाइले नढाँटीकन भने ।

भाउजुले थप्दै भनिन्, ‘नगएर पनि के गरोस् त साम्यवाद ल्याउँछु भन्दै जंगल गएका बाउआमा आधुनिक सामन्ती बोकेर हिँड्नुप¥यो । बाउको तीघ्राको गोली निकाल्न कतारबाट कमाएर पठाउँछु भनेको छ । त्यसले पठाको पैसाले पनि नपुग्ने भो के बाबु, त्यसैले पेरिस डाँडा धाउन थालेको । 

बहिनीचाहिँ पनि कुवेतमा छे । यहाँको मान्छे बेच्ने दलालले भनेको जति तलब नै दिएन । पैसै पठाउन नसक्ने पो भएको छु भनेकी छे १ के गर्ने खाउँ भने दिनभरको सिकार, नखाउँ भने कान्छाबाउको अनुहारजस्तै भाका छौं बाबु हामी जोइपोइ । महिनौं बितिसक्यो धाउँदा–धाउँदा कतारबाट छोराले उपचार गर्न पठाको पैसा पनि सकिन लागिसक्यो १
ए १ जे हुनु भइगो क्यार । ‘अब मैले गर्न सक्ने सहयोग गरिहाल्छु दाजु ।’ खल्तीबाट मट्यांग्राले पाँच हजार झिकेर ठूल्भाउजुलाई दिन्छ । ‘ल अहिले यो लिनुस् आउजाउ गर्न काम लाग्छ, म पनि अफिस हिँडेको दाइभाउजुलाई अल्मलाइदिएँ ।’ दाइलाई गाह्रो होला विस्तारै जानुस् । 

पाँच हजार लिँदै भाउजुले मट्यांग्रालाई भन्छिन्, ‘धन्य छ बाबु खासमा भन्ने हो भने हामीले दुई दिन भो केही खाएकै छैन । यति भएपछि सायद आजै नाइटबसमा गाउँमा छिर्नुपर्ला । उपचार पाए गरौंला नपाए मरौंला ।’ दाजुले फिस्स हाँसे । 

जनयुद्ध लडेर आमूल परिवर्तन गर्नेहरु आफैं परिवर्तन भएर धनयुद्धतिर लागे । गोली र छर्राबाट बाँचेकाहरु समुद्रपारी खाडीतिर बाध्य भएर भागे । मै जस्ता केही नसक्ने घिटघिटेहरु यसैगरी वल्लोतिर र पल्लोतिर गर्दै पेरिस दरबार धाउँदा–धाउँदै अस्ताउने नै भइयो । 

ठूल्दाइ भन्छन्, ‘बल्ल पो थाहा पाएँ जनयुद्धले जनताका लागि होइन आफ्नै लागि धनयुद्धको बाटो पो देखाएको रहेछ । ल भाइ नमरी बाँचे कालले साँचे भेटौला है !’ 
दायाँ हात मुठ्ठी कसेर ठूल्दाइ र ठूल्भाउजु पेरिस डाँडातिर लागे । मट्यांग्रा आफ्नै बाटो ।
 


प्रकाशित मिति: मंगलबार, फागुन १, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP