Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • व्यवस्था जोगाउने चिन्ता
व्यवस्था जोगाउने चिन्ता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, माघ २४, २०८०

संघीय सरकारको कतिपय काम प्रदेश सरकार र कतिपय डेलिभरका काम स्थानीय सरकारले गर्ने भएको हुनाले संघमा २५ वटा मन्त्रालय चाहिँदैन, १२ वटा राखे हुन्छ ।
पृथ्वी सुब्बा गुरुङ
उपमहासचिव, नेकपा एमाले

संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार सरकारको कामकारबाही सम्पादन नहुँदा व्यवस्था विरोधी आवाज सुनिन थालेको छ । यसतर्फ सरकारको ध्यान जानुपर्छ ।
डा. मिनेन्द्र रिजाल
केन्द्रीय सदस्य, कांग्रेस

संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने खेलहरु भइरहेका छन् । त्यसका लागि देशी विदेशी शक्तिहरुले शृंखलाबद्ध प्रहार गरिरहेका छन् । यसलाई निस्तेज पार्नुपर्छ ।
ओनसरी घर्ती मगर
पूर्वसभामुख

मलाई धेरैले मेसेज गर्न थालेका छन् कि अब गणतन्त्रको विरुद्धमा उभिनुहोस् । राजतन्त्रलाई पुनःस्थापित गर्नुपर्छ । यस्तो भन्नेहरु कांग्रेस–एमालेलगायत दल आबद्धहरु नै पाउँछु । तर, यसको विकल्प अरू व्यवस्था हुन सक्दैन ।
सन्तोष परियार
प्रमुख सचेतक, रास्वपा

Hardik health

 

 

  • सरकार र राजनीतिक दलहरू संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयन गराउन इमानदार भएनन्
  • संसद्बाट आवश्यक कानुन निर्माणमा ढिलाइ


काठमाडौं– संघीय लोकतान्त्रिक गणतन्त्र संविधानमा संस्थागत भए पनि कार्यान्वयनमा जटिलता कायमै छ । सरकार र राजनीतिक दलहरू कार्यान्वयनमा इमानदार नहुँदा यस्तो भएको हो ।

गणतन्त्र पक्षधर कांग्रेस नेता डा. मिनेन्द्र रिजाल पार्टी नेतृत्वहरू सत्ता टिकाउने खेलमामात्रै लाग्दा पनि संघीय लोकतान्त्रिक गणतन्त्र संकटमा परेको बताउँछन् । उनकाअनुसार वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुर्सी कतै गुम्ने त होइन ? भन्ने चिन्ताबाहेक अरू केही छैन । यस्तो अवस्थामा व्यवस्था जोगाउने भन्दा पनि कुर्सी जोगाउनेतिर प्रधानमन्त्रीको ध्यान गएको बताए । उनले प्रधानमन्त्रीको दाबी देउवाले नछाड्दा दाहालले ओलीसँग समेत सहकार्य गरेको सम्झिए ।

‘मेरो पार्टी (कांग्रेस)को सभापति रिसाउनुभयो भने उहाँको सत्ता धरापमा पर्छ । उहाँ बालकोट दौडिनुपर्छ । उहाँ (केपी शर्मा ओली)ले बालकोटमा हुन्न भन्नुभयो भने के गर्नुहुन्छ ?,’ उनले मंगलबार काठमाडौंमा आयोजित अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र विषयक गोष्ठीमा भने । 

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावनाअनुसार सरकारको कामकारबाही सम्पादन हुनुपर्नेमा जोड दिए । त्यसअनुसार नहुँदा व्यवस्था विरोधी आवाज पनि सुनिन थालेको उनले उल्लेख गरे ।

संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले संघीयता कार्यान्वयनबारे दल र सरकारले गम्भीरता देखाउनुपर्ने बताए । यसमा ढिला गर्न नहुने उनको धारणा छ । संघीय सरकारको मन्त्रालय घटाएर खर्च कटौती गर्नुपर्नेमा उनको जोड छ । 

‘संघीय सरकारको कतिपय काम प्रदेश सरकार र कतिपय डेलिभरका काम स्थानीय सरकारले गर्ने भएको हुनाले संघमा २५ वटा मन्त्रालय चाहिँदैन,’ गुरुङले भने, ‘१२ वटा मन्त्रालय राखे हुन्छ । सकभर हामी १२ वटा मन्त्रालयमा झार्ने कोसिस गर्छौं ।’
देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपछि उनी गण्डकीको पहिलो मुख्यमन्त्रीसमेत भएका नेता हुन् । उनै नेता गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन गर्न संसद्बाट अत्यावश्यक ऐन कानुन बनाउनुपर्ने बताए । त्यसका लागि सरकारले संसद्लाई ‘बिजनेस’ धेरैभन्दा धेरै दिनुपर्ने बताए । उनका अनुसार संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अरू व्यवस्था हुनै सक्दैन । त्यही भएर यही व्यवस्थाको टिकाउमा सरकार र दलहरूको गम्भीर ध्यान आकृष्ट हुनुपर्ने बताए ।

पहिलो महिला सभामुखसमेत रहेकी सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती मगरले संघीय लोकतान्त्रिक गणतन्त्र मास्ने खेलहरु भइरहेको बताइन् । त्यसका लागि देशी विदेशी शक्तिहरुले शृंखलाबद्ध प्रहार गरिरहेको भन्दै उनले आक्रोश व्यक्त गरिन् । 

नेपाली जनताको रगत र पसिनाको जगमा स्थापित राजनीतिक व्यवस्थाविरुद्ध भइरहेका सबै खालका कदमविरुद्ध सरकार र परिवर्तन पक्षधर शक्तिहरु एकताबद्ध हुनुपर्ने उनले बताइन् । यद्यपि सरकार र राजनीतिक दलहरुको त्यति गम्भीर नबनेकोप्रति उनको चिन्ता छ । ‘कसैले संघीय लोकतान्त्रिक गणतन्त्र उपहार दिएको होइन । यो लडेर नेपाली जनताले ल्याएको व्यवस्था हो । यसविरुद्ध विगतदेखि नै प्रहार भइरहेको छ,’ उनले भनिन्, ‘यस्ता गतिविधिलाई निस्तेज गर्न पनि मुख्य रुपमा सरकार र राजनीतिक दलहरू नै अग्रसर हुनुपर्छ ।’

संविधानबाट संस्थागत भएको गणतन्त्र घर्तीको दल माओवादीको युद्धकालीन एजेण्डा हो । लोकतन्त्र कांग्रेसको र संघीयता तत्कालीन मधेसी जनअधिकार फोरम (हालको जसपा)को एजेण्डा हो । यी व्यवस्थालाई जोगाएर अघि बढ्नुको विकल्प नभएको पूर्वसभामुख मगरको भनाइ छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले पनि व्यवस्थामाथि प्रश्न उठेको र यसमा जिम्मेवार मूलभूतरुपमा कांग्रेस र एमाले रहेको आरोप लगाए । यी दलहरूकै सहयोगमा व्यवस्थाविरोधी गतिविधिहरू भइरहेको भन्दै उनले गुनासो गरे । उनका अनुसार नयाँ पुस्तालाई संघीय लोकतान्त्रिक गणतन्त्रको महŒव बुझाउनै बाँकी रहेको पनि बताए ।

‘मलाई धेरैले मेसेज गर्न थालेका छन् कि अब गणतन्त्रको विरुद्धमा उभिनुहोस् । राजतन्त्रलाई पुनःस्थापित गर्नुपर्छ । यस्तो भन्नेहरु कांग्रेस–एमालेलगायत दल आबद्धहरु नै पाउँछु,’ उनले भने, ‘तर, यसको विकल्प अरू व्यवस्था हुन सक्दैन । नयाँ पुस्तालाई पनि यसबारे बुझाइनुपर्छ ।’

दोस्रो संविधानसभाबाट ३ असोज २०७२ मा जारी संविधानअनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । देशमा सातवटा प्रदेश छन् । २०७४ पछिमात्रै यो राजनीतिक व्यवस्था व्यावहारिक कार्यान्वयनमा छ । राजनीतिशास्त्रीहरूका भनाइमा संघीय लोकतान्त्रिक गणतन्त्र हाल अभ्यासमा छ । तर, सही ढंगले अभ्यास नभएको प्रा.डा. कृष्ण खनालको विश्लेषण छ ।

यही तालले व्यवस्था खतरामा पर्ने उनको चिन्ता छ । मधेस मामिलाका जानकार राजनीतिक विश्लेषक सिकेलालसँगै अन्य राजनीतिक विश्लेषकहरु हरि शर्मा र अर्चना थापाले पनि अभ्यासमा रहेको संघीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयन गर्न दल र सरकार अत्यन्तै इमानदार हुनुपर्ने मत राखे । होइन भने व्यवस्थामा उलटफेर नआउला भन्न नसकिने बताए ।

 


प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  १०:३३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP