Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • पार्टीको एजेन्डा छेउटुप्पो नमिले पनि अझै कस्सिँदै ओली–लिङ्देन दोस्ती
पार्टीको एजेन्डा छेउटुप्पो नमिले पनि अझै कस्सिँदै ओली–लिङ्देन दोस्ती
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, माघ १९, २०८०
  • केपी ओलीको दल एमाले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्छ । धर्मनिरपेक्षता स्वीकार्छ । लिङ्देन नेतृत्वको राप्रपा चाहिँ गणतन्त्रको विकल्प राजतन्त्र र संघीयताको सट्टा एकात्मकतासँगै धर्मनिरपेक्षताको विकल्प हिन्दुराष्ट्र 
  • २०७४ पछि चुनावी सहकार्य सुरु गरे पनि भिन्न धु्रवका ओली–लिङ्देनको २०७७ पछि राजनीतिक सम्बन्ध अझ मजबुत भएको हो
  • सत्तामा पनि हातेमालो गरेको एमाले राप्रपा फागुनपछि सरकारविरुद्ध आन्दोलन गर्न सडकमा जान लागेको छ


काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मावली गाउँ पाँचथरको फलैँचा हो । यहाँका खरेलहरू ओलीका मावली हुन् ।केही महिनाअघि झुलाघाट–चिवाभञ्ज्याङ संकल्प समृद्धि यात्राको क्रममा ओली मावली गाउँ पनि निस्किए । उनको मावली गाउँदेखि थर्पु र नाँगी हुँदै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको जन्मघर पाँचथरकै अमरपुर आइपुुगिन्छ ।

ओलीको जन्मघर तेह्रथुमको इवास्थित तीनसल्ले चाहिँ अमरपुरदेखि पारिपट्टी पर्छ । दुवैको राजनीतिक थलो भने झापा हो । ओली झापा–५ र लिङ्देन झापा–३ बाट चुनाव लड्छन् । दुवै जना राष्ट्रिय राजनीतिमा प्रभावशाली छन् । पहाडमै उनीहरूबीच कायम सामाजिक सम्बन्ध पूर्वी तराईको झापा झरेपछि राजनीतिक सम्बन्धका रुपमा पनि विस्तार भएको छ । 
लिङ्देन संसदीय राजनीतिमा प्रवेश हुनुमा ओलीको भूमिका महत्वपूर्ण छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको माओवादीको पनि केही न केही योेगदान छ । किनभने २०७४ मा बाम गठबन्धन बन्दा प्रत्यक्षतर्फ कांग्रेस २३ सिटमा खुम्चिँदा गठबन्धनकै दल एमाले–माओवादीको समर्थनमा राप्रपाबाट लिङ्देन निर्वाचित भए । अनि, मात्रै लिङ्देनको संसदीय राजनीति सुरु भएको हो । राजनीतिशास्त्री प्राडा लोकराज बरालका अनुसार कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई छेक्ने ओली–प्रचण्डको चुनावी रणनीतिले लिङ्देनको संसदीय राजनीतिमा उदय भएको हो । सिटौला र ओलीको पहाडमा गाउँ एउटै हो । तर, भिन्न राजनीतिक धारका यी दुई नेताबीचको राजनीतिक सम्बन्ध तिक्ततापूर्ण छ ।  यसको फाइदा अन्ततः लिङ्देनलाई मिल्यो ।

संसदमा हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा लगातार उठाएको मुद्दाले सम्बद्र्धनवादी शक्ति भनिएको राप्रपाभित्र लिङ्देनको लोकप्रिय छविसमेत बन्यो । यसको लाभसँग नेताहरू डा. प्रकाशचन्द लोहनी, डा. धवलशम्शेर जबरालगायतको साथ मिल्दा २ वर्षअघि राप्रपा अध्यक्ष बने । उनकै नेतृत्वमा एक वर्षअघि चुनावमा गएको राप्रपा अहिले १४ सिटसहित पाँचौ दल भएको छ । राष्ट्रिय राजनीतिमा शक्ति सञ्चय भएको छ ।

उनको जितमा फेरि पनि भूमिका भने ओली र उनको दल एमालेकै रह्यो । किनभने राप्रपा झापा–३ मा गत वर्षको निर्वाचनमा एमाले–राप्रपा गठबन्धन थियो । गठबन्धनको तर्फबाट लिङ्देनको जित सम्भव भएको हो । यहाँ लिङ्देनले एक्लै चुनाव जित्ने पार्टी संगठन छैन । यसरी संसदीय राजनीतिमा उदाएका नेता लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री भइसकेका छन् । अर्थात् सत्ताको स्वाद उनले चाखिसकेका छन् ।

Hardik health

सहकार्य चुनावीदेखि सत्तासम्म
लिङ्देन नेतृत्वको दल राप्रपा बहुदल आएपछि पञ्चायतमा रजगज गरेका पूर्वपञ्चहरूले स्थापना गरेका हुन् । ओली नेतृत्वको एमाले (तत्कालीन माले) पञ्चायतविरुद्ध नै सडक संघर्ष गरेको दल हो । तत्कालीन दुई दुष्मनी शक्ति यतिबेला मित्र शक्तिजस्तो देखिएको छ ।

चीनका लागि नेपाली पूर्वराजदूत डा. टंकी कार्कीका अनुसार राजनीतिक दर्शन, कार्यक्रम, नीति, विचार आदिका दृष्टिले भने दुई दलबीच छेउटुप्पो मिल्दैन । हुन पनि ओलीको दल एमाले संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार्छ । धर्मनिरपेक्षता स्वीकार्छ । लिङ्देन नेतृत्वको राप्रपा चाहिँ गणतन्त्रको विकल्प राजतन्त्र र संघीयताको सट्टा एकात्मकतासँगै धर्मनिरपेक्षताको विकल्प हिन्दुराष्ट्र भन्छ । राजनीतिक रुपमा यसरी भिन्न धु्रवका नेताहरू ओली–लिङ्देनबीच २०७७ पछि राजनीतिक सम्बन्ध अझ मजबुत भएको हो । 

५ पुस २०७७ मा ओलीले गरेको संसद् विघटनलाई लिङ्देनको दल राप्रपाले विरोध गरेन । कांग्रेस, तत्कालीन नेकपाको दाहाल–नेपाल समूह, जसपा, जनमोर्चासहितका दलहरूले विरोध गरे । यी दलहरूले लिङ्देनको दल राप्रपालाई जसरी तत्कालीन नेकपाको ओली र उनको समूहलाई प्रतिगामी भने । फेरि, ओली पनि यहीबेला हिन्दु धार्मिक नेताजसरी प्रकट भए । जबकि, कम्युनिस्टका लागि धर्म अफिम भन्ने गरिन्छ । यद्यपि, ओलीले प्रमाणीकरण नै नभएता पनि चितवनको अयोध्यापुरलाई राम सीताको जन्मथलो भन्दै प्रचार गर्न भ्याए ।

प्रधानमन्त्रीकै सरकारी निवास बालुवाटारमै राज्य कोषबाट राम सीताको मूर्ति बनाए । हिन्दुहरूको आराध्यादेव पशुपतिनाथ मन्दिरमा सुनको जलहरी लगाउन बजेट छुट्टयाए । प्रतिनिधिमूलक यी गतिविधिले ओली कम्युनिस्ट नेताभन्दा पनि हिन्दुधार्मिक नेता जसरी प्रकट भए । अर्कातिर, ओलीकै दल एमालेका नेता महेश बस्नेतले देशलाई हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने एजेन्डा त्यहीबेला पार्टीको केन्द्रीय समिति बैठकमा उठाए । यो एजेन्डा लिङ्देन नेतृत्वको राप्रपाले डेढ दशकयता उठाउँदै आएको छ । तर, समर्थन पनि ओलीकै विश्वास पात्र मानिएका बस्नेतले गरे । यी दृष्टान्तहरूले पनि ओली–लिङ्देन सहकार्य सम्भव भएको राप्रपाकै पूर्वमन्त्री रामकुमार सुब्बा बताउँछन् ।

परिणामतः ओलीले लिङ्देनको दल राप्रपासँग गत वर्षको ३० वैशाखमा भएको स्थानीय तह र गत वर्षकै ४ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा चुनावमा चुनावी गठबन्धन भयो । ठाउँठाउँमा राप्रपाको भोट मद्दतले एमाले उम्मेदवार र एमालेको भोटले राप्रपा उम्मेदवारले चुनाव जिते । अन्ततः १० पुस २०७९ मा माओवादी अध्यक्ष दाहाल नेतृत्वमा सरकार बन्दा पनि ओलीकै इसारामा लिङ्देनले आफ्नो दल राप्रपालाई सत्ता गठबन्धनमा समावेश गरेका थिए । जतिबेला उनी दाहाल सरकारमा उपप्रधान तथा ऊर्जामन्त्री भए । तर, जब एमाले सरकारदेखि बाहिरियो, लिङ्देनले राप्रपालाई पनि सरकारदेखि अलग राखे । 

यति मात्रै होइन, कोशी प्रदेशमा एमालेका हिक्मत कार्की नेतृत्वको सरकारमा पटकपटक लिङ्देनको दल राप्रपाले सहकार्य ग¥यो । हाल दुवै शक्ति सडक मोर्चामा छन् ।  ओलीले ग्रास रुट अभियानदेखि झुलाघाट–चिवाभञ्ज्याङ संकल्प समृद्धि अभियानमार्फत् सरकारको कडा शब्दमा आलोचना गरेका छन् । फागुनको दोस्रो सातादेखि लिङ्देनले आफू नेतृत्वको दल राप्रपालाई आन्दोलनमा लाँदैछ । लिङ्देनले हिन्दुराष्ट्र र राजतन्त्र पुनःस्थापना तथा प्रदेश खारेजीको मागसहित आफ्नो दललाई आन्दोलनमा लाने भएका छन् । यसरी ओलीपछि लिङ्देन नेतृत्वको राप्रपा सरकारविरुद्ध आन्दोलन गर्न सडकमा जान लागेको हो ।  
 


प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १०:३१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP