Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेतामा हुट्हुटी, कार्यकर्ता टिकाउन हम्मे
अप्ठेरोमा एकीकृत समाजवादी नेतामा हुट्हुटी, कार्यकर्ता टिकाउन हम्मे
जेबी योञ्‍जन
जेबी योञ्‍जन मंगलबार, माघ १६, २०८०
  •  कम्तीमा १५ जिल्लाका अध्यक्षसहितको टिम एमालेमा फर्किए
  •  शीर्ष नेतामा पार्टी बनाउने हुट्हुटी तर नेता कार्यकर्ता एमालेमा


काठमाडौं– नेकपा एमालेबाट अलग भएका नेताहरूबाट गठित नेकपा एकीकृत समाजवादी अप्ठेरो स्थितिमा छ । स्थानीयदेखि केन्द्रीय नेतासम्मका नेताहरू पार्टी छाड्दै एमालेमा गइरहेका छन् । कतिपय जिल्लाहरूको त सिंगो कमिटी नै एमालेमा विलय भइसकेका छन् । राजनीतिक भविष्य पार्टीमा नदेखेपछि नेता कार्यकर्ताहरू लाखापाखा लाग्ने क्रम जारी छ । 
तर, यसलाई सामान्य ठान्छन्– एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवर । उनका अनुसार जीवन्त पार्टीमा पार्टी छाड्ने र आउने क्रम चलिरहन्छ । उनले पार्टीलाई बलियो शक्तिको रूपमा स्थापित गर्ने जमर्को भइरहेको पनि बताए । ‘यो पार्टीलाई कसरी बलियो बनाउने ? २०८४ सालमा एक्लै चुनाव लड्नेगरी कसरी जाने ? यसमै चिन्तित छौं,’ उनले प्रभावसँग भने ।

यो पार्टीलाई कसरी बलियो बनाउने ? २०८४ सालमा एक्लै चुनाव लड्नेगरी कसरी जाने ? यसमै चिन्तित छौं ।
शेरबहादुर कुँवर
सांसद, एकीकृत समाजवादी

गत वर्षको ४ मंसिरमा भएको चुनावबाट ‘थ्रेस होल्ड’ पार गर्दै एकीकृत समाजवादी राष्ट्रिय दल बन्न सकेन । चुनावअघि भने पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भाषणवाजीको क्रममा जनताबाट बहुमतसहित संसद्मा आउने दाबी गर्थे । जनताले भने चुनावबाट राष्ट्रिय दलका लागि आवश्यक मत दिएनन् । यसपछि नेता कार्यकर्ताहरू पार्टीको भविष्यलाई लिएर चिन्तित छन् । 

स्रोतका अनुसार सम्मानित नेता खनाल नै पार्टीलाई एमालेसँग एकता गराउन चाहन्छन् । उनी इलाम–२ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्बाङको गत भदौमा निधनपछि रिक्त रहेको उक्त क्षेत्रमा हुने उपचुनाव एमालेबाट लड्ने मनस्थितिमा रहेको स्रोतको दाबी छ । त्यसका लागि उनी पार्टीलाई सकेसम्म छिटो एमालेमा विलय गराउने पक्षमा छन् । 

Hardik health

पूर्वमन्त्रीसमेत रहेका सांसद कुँवर पनि कुनै पनि दलसँग एकीकृत समाजवादीले एकता गर्न सक्ने बताउँछन् । तर, एमालेसँग एकता नै गर्नेगरी छलफल भने नभएको बताए । ‘नेपाली कम्युनिस्ट आन्दोलनमा विग्रह र मिलाप दुवै इतिहास छ । यद्यपि, हामीले एमालेसँग मिल्नुपर्छ वा मिल्नु हुँदैन भनेर बहस छेडेका छैनौं,’ उनले भने, ‘नेकपा माओवादी केन्द्रसँग पनि त्यस्तो बहस भएको छैन । हामी आत्तिने स्थिति छैनौं ।’

आफ्नै बलबुताका साथ अगाडि बढ्ने तयारी गरिरहेका छौं । हामी न एमालेसँग विलय हुन्छौं न माओवादीसँग । छुट्टै अस्तित्वका साथ एकीकृत समाजवादी अगाडि बढ्छ ।
मेटमणि चौधरी 
सांसद, एकीकृत समाजवादी


पार्टी सानो हुँदा प्रदेशदेखि संघीय सरकारसम्मै एकीकृत समाजवादीको कमजोर उपस्थिति छ । राजनीतिक भागबण्डामा गठबन्धनकै ठूला दल नेपाली कांग्रेस र माओवादीले हस्तक्षेप गर्दै आएका छन् । राष्ट्रिय सभा चुनावमासमेत यी दुई दलले मनोमानी गरेको भन्दै एकीकृत समाजवादीका नेता नेपालले गुनासो गरेका थिए । तर, कांग्रेस–माओवादीले जति सिट दिए, त्यतिमै चित्त बुझाउनुको विकल्प एकीकृत समाजवादीसँग रहेन । अन्ततः दुई सिटमा चुनाव लडेर जित्यो । यसरी सत्ता कमजोर उपस्थिति र शक्ति क्षिण हुँदै गएको स्थितिमा पार्टीका नेता कार्यकर्ताहरू एमालेमा फर्किने सिलसिला नरोकिएको हो । 

एमाले फर्किने एसका पछिल्ला नेता गोपाल बम हुन् । मुगाली नेता बम पूर्वसांसद हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट गएर गत ४ मंसिरमा खादा लगाएर एमालेमा फर्किएका थिए । त्यसका दुई महिनाअघि मात्रै १३ असोजमा नवलपुर जिल्लाको सिंगो टिमले पार्टी परित्याग गरेका थिए । उनीहरू सबै एमालेमा फर्किए । 

पार्टी अध्यक्ष नेपाल र सम्मानित नेता खनालपछि तेस्रो वरीयतामा रहेका नेता मुकुन्द न्यौपाने पनि एमालेमा फर्किएको वर्षदिन नाघ्यो । उपाध्यक्ष केदार न्यौपाने र सचिव भागवत विश्वासीसहित ३० भन्दा बढी केन्द्रीय सदस्य र १५ जिल्ला अध्यक्षहरू नै एमालेमा फर्किइसकेका छन् । पार्टीमा क्रमशः क्षयीकरण भइरहेको छ । धेरै नेता कार्यकर्ता निष्क्रिय भएर बसेका छन् । पार्टी केन्द्रमा चलायमान देखिए पनि तल्लोस्तरका कमिटी सक्रिय छैन । 

पार्टीका सांसद तथा पूर्वमन्त्री मेटमणि चौधरी एकीकृत समाजवादी एमाले वा अन्य कुनै दलसँग विलय नहुने बताउँछन् । ‘आफ्नै बलबुताका साथ अगाडि बढ्ने तयारी गरिरहेका छौं । केन्द्रीय परिषद् बैठकको म्यान्डेट पनि त्यस्तो छ । त्यसैले हामी न एमालेसँग विलय हुन्छौं न माओवादीसँग,’ उनले भने, ‘छुट्टै अस्तित्वका साथ एकीकृत समाजवादी अगाडि बढ्छ ।’
सांसदद्वय कुँवर र चौधरीको अभिव्यक्ति सुन्दा उनीहरूमा पार्टी बनाउने हुट्हुटी अझै देखिएको छ । तर, धरातलीय यथार्थमा टेकेर भन्नुपर्दा नेता कार्यकर्ताहरूको एमालेमा ह्वारह्वार्ती प्रवेश छ । यसले नेताहरूको अभिव्यक्ति र कार्यकर्ताहरूको मनस्थितिमा तादम्यता मिलेको देखिएको छैन । 

हाल एकीकृत समाजवादी सत्तारुढ गठबन्धनको एउटा महŒवपूर्ण साझेदार हो । २ भदौ २०७८ मा एमालेबाट नेपाल–खनालसहितका नेताहरूले यो दलको गठन गरेका हुन् । दलीय मान्यता पाएको भने सोही महिनाको ९ गते हो । ओली निरंकुश र सर्वसत्तावादी र प्रतिगमनकारी नेता भएको भन्दै उक्त पार्टीमा रहन नसक्ने निष्कर्षसहित उनीहरूले नयाँ दल घोषणा गरेका हुन् ।

दल गठनअघि भने नेताहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट, घनश्याम भुसाल, भीम आचार्य, अमृत बोहरा र रघुजी पन्तलगायत नेताहरू नेपाल–खनाल कित्तामै थिए । तर, पछि एकीकृत समाजवादीमा आएनन् । एमालेमै रहे ।

यस्तो अवस्थाबीच हाल एकीकृत समाजवादी समाजवादी मोर्चाको एउटा घटक बनेको छ । विचार मिल्ने पार्टी समूहसँग एकताका लागि कार्यदल नै गठन गरेको छ । तर, कार्यदल निचोडमा भने पुगेको छैन । जसले गर्दा एकीकृत समाजवादीको एकता प्रक्रियामा गएर मजबुत शक्ति बन्ने तात्कालिक योजना साकार हुनेमा कतिपयको शंका छ । यहीबेला एमालेमा नेता कार्यकर्ताहरूको प्रवेश ह्वारह्वार्ती भइरहँदा नेताहरूमा भने पार्टी बनाउने हुट्हुटी देखिएका छन् । 
 


प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP