Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लिम्बु भाषा
  • #संकट
  • #कुलिङ_पिरियड
  • #‘याङवाङ यु७’
  • #गाथामग_चह्रे
  • #इयु_चीन
  • #कृषि
  • #‘स्वर्ग मेरो’
  • #एनपिएल
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेस–माओवादी गठबन्धन संकटतर्फ
कांग्रेस–माओवादी गठबन्धन संकटतर्फ
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, माघ १४, २०८०

हामी हरेक चुनावमा इमानदार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?
वर्षमान पुन
उपमहासचिव, माओवादी केन्द्र

अहिले जे जे कुरा आइरहेको छ । यो ठीक होइन । एकले अर्काको आलोचना गरेर हुँदैन बरू अहिलेको आवश्यकता त सरकारलाई सफल बनाउनु हो । 
मीन विश्वकर्मा
प्रचार विभाग प्रमुख, कांग्रेस

  •  कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्नुपर्ने बहस
  •  कांग्रेसबाट धोका दोहोरिएको र कांग्रेस भरोसायोग्य पार्टी नै नभएको टिप्पणी
  •  राष्ट्रिय सभा अध्यक्षको सौदावाजीमा माओवादी लागेको कांग्रेस नेताहरुको आरोप

 
काठमाडौं– नेपाली कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको विचार समूह सरकारविरुद्ध उभिँदा नेकपा माओवादी केन्द्रभित्र कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने बहस झनै चर्किएको छ । एकातिर हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा आफ्ना उम्मेदवारले कोशीमा बेहोरेको पराजय, कोइराला नेतृत्वको कांग्रेसको फरक विचार समूहलेसरकारलाई गर्दै आएको आलोचना र असहयोगको अवस्थाबीच कांग्रेससँगको गठबन्धनबारे समीक्षा गर्नुपर्ने बहस माओवादीमा उठेको हो ।

शनिबार माओवादी उपमहासचिव वर्षमान पुनले कांग्रेसले माओवादीको विश्वास पूरै गुमाइसकेको बताए । कांग्रेसबाट धोका दोहोरिएको र कांग्रेस भरोसायोग्य पार्टी नै नभएको टिप्पणीसमेत गरे । उनका अनुसार कांग्रेस गठबन्धनमा बारम्बार बेइमान भयो । 

‘कोशी प्रदेशको राष्ट्रिय सभा निर्वाचन परिणामले राष्ट्रिय राजनीतिमा नयाँ मोड आएको छ । कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने अवस्थामा हामी पुगेका छौं र कांग्रेससँगको गठबन्धनले राजनीतिक रुपमा हामीलाई घाटा या नाफा के छ ?,’ उनले गृहजिल्ला रोल्पा पुगेर भने, ‘हामी हरेक चुनावमा इमानदार भएर कांग्रेसलाई मत दिइराख्ने अनि कांग्रेसले हाम्रा उम्मेदवार हराइराख्ने कहिलेसम्म चल्छ ?’

बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशबाट गठबन्धनको उम्मेदवार बनेकी माओवादी नेतृ चम्पादेवी कार्की पराजित भएकी थिइन् । प्रदेशका महामन्त्री भूपेन्द्र राई स्वयंले कांग्रेसका केही मतदाताबाट बेइमान भएको प्रभावसँग स्वीकारेका थिए । ‘केही साथीहरूको बेइमानले हाम्रै गठबन्धनको उम्मेदवार चम्पाजी पराजित हुनुभयो । यो गलत हो,’ उनको भनाइ थियो । 

कार्कीलाई कांग्रेसका तीन जना प्रदेश सांसद र १७ जना स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष÷उपाध्यक्षले मत नदिएको माओवादीको आरोप थियो । यससँगै माओवादी कांग्रेससँग झन रुष्ट बनेको हो । माओवादीले यसअघि स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभा चुनावसम्मै पटक–पटक कांग्रेसको कोइराला समूहबाट असहयोग र धोका पाएको निष्कर्ष निकालेको थियो ।

माओवादीका अर्का उपमहासचिव जनार्दन शर्माले पनि यसअघि कांग्रेसलाई गठबन्धनको धोकाधढी दिने दल भएको आरोप लगाएका थिए । कांग्रेससँग गठबन्धन गर्नु अप्राकृतिकसमेत भएको उनको तर्क थियो । माओवादीका अन्य नेताहरूले पनि कांग्रेसको आलोचना गर्न थालेका छन् ।

कांग्र्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा भने गठबन्धन दलहरू एकअर्काको उछितो काढ्नभन्दा पनि गठबन्धनलाई थप सुदृढ कसरी बनाउन सकिन्छ र सरकारलाई कसरी सफल बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्ने बताउँछन् । गठबन्धनसँग जनताको आशा र भरोसा भएका कारण सोहीअनुसार गठबन्धन दलहरू सरकारलाई जनमुखी बनाउनतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।

‘अहिले जे–जे कुरा आइरहेको छ । यो ठीक होइन । एकले अर्काको आलोचना गरेर हुँदैन बरू अहिलेको आवश्यकता त सरकारलाई सफल बनाउनु हो,’ उनले भने, ‘त्यसतर्फ गठबन्धन दलहरूको ध्यान जानुपर्छ ।’
राष्ट्रिय सभा चुनावअघि सिट बाँडफाँटलाई लिएर कांग्रेसप्रति माओवादीसहित नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चालगायतका दलहरू असन्तुष्ट थिए । एकीकृत समाजवादी, जसपालगायत दलले त गठबन्धनबाटै अलग हुनेसम्मका चेतावनी दिएका थिए । अन्ततः सिट बाँडफाँट मिलाएर गठबन्धन राष्ट्रिय सभा चुनावमा गयो । यद्यपि, माओवादी भने चुनावमा कांग्रेसबाट कोशीमा धोका पाएको भन्दै कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने पक्षमा पुगेको छ । 

तर, कांग्रेसका एक जना पदाधिकारीले भने राष्ट्रिय सभा अध्यक्षमा सौदावाजीका लागि माओवादीबाट कांग्रेसलाई आरोपित गरेको बताए । जुन महŒव दिने विषय नै नभएको उनको भनाइ छ । 

‘माननीय कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्ष हुने लाइनमा हुनुहुन्छ । शान्ति प्रक्रियाको महŒवपूर्ण नेता हो उहाँ तर अहिले उहाँलाई रोक्न माओवादी लागेको देखिन्छ,’ ती कांग्रेस पदाधिकारीले भने, ‘माओवादीले पनि आफू नै राष्ट्रिय सभा अध्यक्ष पद राख्ने भन्दै छ । यहीबेला यस्तो कुरा आउनु राजनीतिक सौदावाजीबाहेक केही हुन सक्छ ?’

उसो त माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल आफूले सत्ता हस्तान्तरण गरेपछि संवैधानिक पदमा माओवादी एक जना पनि नहुने भएपछि राष्ट्रिय सभा अध्यक्ष आफैंसँग राख्न चाहेको माओवादीका नेताहरू बताउँछन् । संवैधानिक परिषद्मा प्रधानमन्त्री, प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विपक्षी दलका नेता र प्रधानन्यायाधीश हुने व्यवस्था छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे एमालेका हुन् । विपक्षी दल पनि नेकपा एमाले भएको र उक्त दलका अध्यक्ष केपी शर्मा ओली विपक्षी नेता छन् । हाल राष्ट्रिय सभा अध्यक्ष एमालेकै गणेशप्रसाद तिमिल्सिना छन् । तर, उनको पदावधि आगामी २० फागुनमा सकिँदै छ । यही पद प्रधानमन्त्री दाहालले आफैं राख्न चाहेका हुन् । 

परिषद्को अर्को सदस्य रहने प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की हुन् । यसकारण पनि आफूले प्रधानमन्त्री पद कांग्रेस सभापति शेरबहादुर देउवालाई आलोपालो प्रणालीअनुसार छाड्नेबित्तिकै माओवादीको संवैधानिक परिषद्मा सहभागिता शून्य हुने अवस्था हुनाले कांग्रेसलाई राष्ट्रिय सभा अध्यक्ष पद दिन नहुने मत माओवादीभित्र देखिन्छ ।
 


प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १०:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री
कांग्रेस र कम्युुनिष्ट धारबीचको सहकार्यबाट सफलता प्राप्त हुँदै आएको छः प्रधानमन्त्री बुधबार, साउन ७, २०८२
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल
गणतन्त्रका उपलब्धि रक्षाका लागि माओवादी सदैव सकारात्मक छः अध्यक्ष दाहाल बुधबार, साउन ७, २०८२
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन
एमाले केन्द्रीय समितिको निर्णयः पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कनुहुँदैन बुधबार, साउन ७, २०८२
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि भइरहेको आलोचनामाथि प्रश्न मंगलबार, साउन ६, २०८२
आफैमाथि प्रश्न : शर्मा
आफैमाथि प्रश्न : शर्मा मंगलबार, साउन ६, २०८२
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे 
कांग्रेसका पाँच पूर्वपदाधिकारी देउवालाई भेट्न पुगे  मंगलबार, साउन ६, २०८२
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी
शेखरविरुद्ध संस्थापनदेखि गगनसम्मको मोर्चाबन्दी मंगलबार, साउन ६, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP