Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमाथि माओवादी सशंकित, एमालेमाथि राप्रपा
कोशीमा ‘फ्लोर क्रस’ कांग्रेसमाथि माओवादी सशंकित, एमालेमाथि राप्रपा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, माघ १२, २०८०
  • मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा गठबन्धनले क्लिन स्विप
  • कोशीमा गठबन्धन दल माओवादीकी उम्मेदवार चम्पादेवी कार्की एमालेकी रुक्मिणी कोइरालासँग पराजित
  • हेभिवेट नेता कृष्णप्रसाद सिटौलाको राजनीतिमा पुनरागमन

 
काठमाडौं– सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार थप पाँच जना सांसद निर्वाचित भएसँगै १७ सांसदसहित माओवादी राष्ट्रियसभामा पहिलो दल भएको हो । 

१९ जना सांसदका लागि भएको चुनावबाट माओवादीका कृष्ण अधिकारी (बागमती), मनरुपा शर्मा (गण्डकी), झक्कुप्रसाद सुवेदी (लुम्बिनी), विष्णु विक (कर्णाली) र रेणु चन्द (सुदूरपश्चिम) निर्वाचित भए । हाल माओवादीका उपाध्यक्षसहित राष्ट्रियसभामा १५ जना सांसद छन् । त्यसमध्ये तीन जनाको २० फागुनमा पदावधि सकिँदै छ । यसकारण पदावधि सकिन बाँकी १२ जना र बिहीबार निर्वाचित पाँच जना गरी माओवादीको १७ सांसद भएको हो । 

राष्ट्रियसभाको दोस्रो दल भने सत्ता गठबन्धनमै रहेको दल नेपाली कांग्रेस बनेको छ । बिहीबार भएको चुनावमा १० जना सांसद निर्वाचित भएपछि कांग्रेस १६ सिटसहित दोस्रो दल बनेको हो । १० सांसद वर्तमान संसद्मा रहेकामा २० फागुनपछि कांग्रेसका ४ जना सांसदको पदावधि सकिने हुँदा १६ सांसदसहित उक्त दल दोस्रो भएको हो । 

निर्वाचन आयोगका अनुसार कांग्रेसका कृष्णप्रसाद सिटौला (कोशी), आनन्दप्रसाद ढुंगाना (मधेस), जीतजंग बस्नेत र विष्णुदेवी पुडासैनी (बागमती), किरणबाबु श्रेष्ठ र पदमबहादुर परियार (गण्डकी), विष्णुकुमारी सापकोटा (लुम्बिनी), कृष्णबहादुर रोकाय (कर्णाली) र नारायण भट्ट तथा बलदेव बोहरा (सुदूरपश्चिम) निर्वाचित भए ।

Hardik health

राष्ट्रियसभामा खुम्चिएर तेस्रो दल भएको एमालेले १९ मध्ये एक सिट जितेको छ । एमालेबाट कोशी प्रदेशमा रुक्मिणी कोइराला राष्ट्रिय सभामा आएकी हुन् । एमालेका ९ जनाको पदावधि सकिन लागेको छ । यस आधारमा एमाले १० जना सांसदमा सीमित हुने भएको छ । 

सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादी आठ सिटसहित चौथो बनेको छ । बिहीबारको राष्ट्रियसभामा चुनावमा बागमतीबाट घनश्याम रिजाल र सावित्री मल्ल निर्वाचित भए । २० फागुनमा यो दलका दुई जना सांसदको पदावधि सकिँदै छ । तर, थप दुई जना निर्वाचित भएसँगै यो दलको हैसियत समान रहने भएको छ ।

जनता समाजवादी पार्टी (जसपा)का पूजा चौधरी मधेस प्रदेशबाट निर्वाचित भइन् । उक्त दलबाट पनि एक जनाको पदावधि सकिन लाग्दा चौधरी निर्वाचित भएसँगै दलीय हैसियतमा अदलबदल नहुने भएको छ । यो दलको हाल राष्ट्रियसभामा तीन जना सांसद छन् । 
क–कसको ठाउँमा चुनाव ?
राष्ट्रियसभा सदस्यहरुमध्ये सर्वाधिक प्रमुख विपक्षी दल नेकपा एमालेबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित नौ जना २० फागुनपछि बिदा हुँदैछन् । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार अध्यक्ष तिमिल्सिनासहित डा. विमला राई पौड्याल (मनोनीत), भैरवसुन्दर श्रेष्ठ, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा, इन्दु कडरिया, नरपति लुहार र रामचन्द्र राई बिदा हुने क्रममा छन् । 

२० फागुनमै कांग्रेसका रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जीतेन्द्रनारायण देव पनि बिदा हुने छन् । 
माओवादीका महेशकुमार महरा, हरिराम चौधरी र वीना पोखरेल, नेकपा एसका सिंहबहादुर विश्वकर्मा र नन्दा चपाईं तथा जसपाकी प्रमिलाकुमारी यादव तथा नेकपा एसबाट गठबन्धनको सहयोगमा निर्वाचित भएका स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदै छ । 

कोशीमा कांग्रेस–एमालेलाई दोष 
लगातार दुईपटक प्रतिनिधिसभामा पराजित कांग्रेसका सिटौला सत्ता गठबन्धन दलहरुको साझा उम्मेदवार बन्दै राष्ट्रियसभा सदस्य निर्वाचित हुँदा गठबन्धनबाटै उम्मेदवार रहेकी माओवादीकी कार्की पराजित भइन् । एमालेकी रुक्मिणीसँग ९४ मतभारले उनी पराजित भएकी हुन् । कोइरालाले ५ हजार ८६ मत प्राप्त गर्दा माओवादीकी कार्कीले ४ हजार ९ सय ९२ मत प्राप्त गरिन् । 

कार्कीको पराजयपछि माओवादी कांग्रेससँग असन्तुष्ट भएको छ । माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङले कांग्रेसको विश्वसनीयता गुमेको र कांग्रेससँग सहकार्य गर्नु धोका पाउनु मात्रै रहेको सुनाए । 

गठबन्धनको धर्म त भुल्नु हुँदैन नि । यसपटक पनि कांग्रेसले भुल्यो । अब कसरी विश्वास गर्ने कांग्रेसलाई ? विश्वसनीयता गुमेन ?’, उनले प्रभावसँग भने, ‘कांग्रेस सहकार्यको लागि उपयुक्त दल होइन रहेछ ।’ यसअघि पनि मुख्यमन्त्री दिने वचन दिएको कांग्रेसले अन्तिम समयमा आएर एमालेको समर्थनमा केदार कार्कीलाई मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो ।
कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईले पनि कांग्रेस पार्टीबाटै चुनावमा ‘फ्लोर क्रस’ हुँदा माओवादी उम्मेदवार कार्कीले चुनाव हारेको स्वीकारे । ‘पार्टीमा केही काला कांग्रेस छन् । उनीहरुको कामै गठबन्धन दलहरुप्रति इमानदार नहुनु भएको छ । जुन यसपटक पनि भयो’, राईले भने ।

कोशीमा कुल मतभार १० हजार १३५ थियो । कांग्रेस, माओवादी, एस र जसपासहितको सत्ता गठबन्धनको मत ५ हजार ४७४ थियो । यसरी मत खसेको भए माओवादी उम्मेदवार कार्कीले चुनाव जित्ने थिइन् । तर, गठबन्धन दल कांग्रेसबाट फ्लोर क्रस हुँदा कार्की पराजित हुनुपर्यो । त्यहाँ एमाले–राप्रपा गठबन्धनको मतभार ४ हजार ६०४ मात्रै थियो । तर, एमालेकी कोइरालाले महिला सिटमा चुनाव जितिन् । यसलाई माओवादीले कांग्रेसबाट धोका पाएको आरोप लगाएको छ ।  उता एमाले उम्मेदवार कोइरालाले चुनाव जित्दा आफ्ना उम्मेदवार उद्धव पौडेलले चुनाव हारेपछि राप्रपाले एमालेले धोका दिएको टिप्पणी गरेको छ । उक्त दलका केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठ एमालेबाट धोका नपाएको भए आफ्ना दलका उम्मेदवार पौडेलले चुनाव जित्ने बताउँछन् ।

‘गठबन्धनमा जे नहुनु थियो, त्यही भयो । गठबन्धनमा रहेको मुख्य दल एमालेबाट सर्लक्क मत खसेन । केही गठबन्धनलाई गयो । होइन भने गठबन्धनकै दल एमाले उम्मेदवारले जित्ने अनि हाम्रोले हार्ने हुन्छ ?’, उनले भने । 
तर, एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने एमालेले राप्रपालाई धोका नदिएको बताउँछन् । आफ्नो दलका उम्मेदवार कोइरालालाई कांग्रेसको धेरै मत आएको र सो मत राप्रपा उम्मेदवार पौडेललाई नगएको उनको भनाइ छ ।
‘हामी त झण्डै ८ सय मतले पछि थियौँ गठबन्धनभन्दा तर कांग्रेससहित गठबन्धन दलहरुबाट ५ सय जति प्राप्त भएपछि जित्यौँ । त्यो मत राप्रपाका उम्मेदवार पौडेलजीलाई सर्लक्कै गएन । हामी (एमाले)ले धोका दिएको होइन ।’

यसअघि पनि २०७८ मा भएको राष्ट्रियसभा चुनावमा पनि कोशीबाट गठबन्धनका साझा उम्मेदवार बनेका एकीकृत समाजवादीकी जयन्ती राई जित्दा समाजवादीकै हेमराज राई हारे । राईलाई एमालेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका थिए । त्यसबेला पनि कांग्रेसले धोका दिएको कांग्रेसबाहेकका गठबन्धन दलहरुको आरोप थियो । यता गठबन्धनबाटै उम्मेदवार रहेका कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालको मत बराबर भएको थियो । पछि गोला तान्दा बस्नेत निर्वाचित भए ।  

शक्तिमा फर्किए सिटौला
तत्कालीन द्वन्द्वरत नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने एक जना सूत्रधार कांग्रेस नेता सिटौलाको राष्ट्रिय राजनीतिमा पुनरागमन भएको छ । २०७४ र २०७९ मा लगातार चुनाव हारेपछि भने सिटौला राजनीतिको किनारामा परेका थिए । तर, संसद्को माथिल्लो सदन राष्ट्रियसभामा बिहीबार निर्वाचित भएसँगै उनको राजनीतिमा पुनरागमन हुने भएको हो । 
सिटौला ५ हजार दुई सय ९२ मतभारसहित निर्वाचित हुँदा राप्रपाका उद्धव पौडेलले चार हजार पाँच सय ६२ मतभार पाएका थिए । निर्वाचित भएसँगै सिटौलाले आफू जहिल्यै घेराबन्दीमा पर्ने नेता भएको बताए ।
‘म जब राष्ट्रिय निर्वाचनमा खडा हुन्छु । मलाई घेराउ गर्ने प्रवृत्ति हाबी भएजस्तो लाग्छ । यो राष्ट्रिय सभाको निर्वाचनमा पनि मलाई त्यस्तो फिल भयो’, उनले भने, ‘सायद त्यही कारणले चम्पादेवीमाथि प्रहार भयो ।’

उनलाई चुनाव हराउन यसपटक पनि एमालेले राप्रपासँग चुनावी तालमेल गरेको थियो । यसअघि २०७४ एमाले–माओवादी रहेको वाम गठबन्धनले राप्रपाका राजेन्द्र लिङ्देनलाई र २०७९ मा एमालेले राप्रपाका लिङ्देनलाई नै समर्थन गर्दा सिटौलाले चुनाव हारेका थिए । सिटौलाले २०७०, २०५६ र २०५० मा मात्रै चुनाव जितेका थिए । 

 


प्रकाशित मिति: शुक्रबार, माघ १२, २०८०  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP