Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • मान्छे बेच्ने देश
मान्छे बेच्ने देश
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, माघ ९, २०८०

पहिलोपटक तीन दिनको अवधिमा हरियो पासपोर्टमा इजरायलको भिसा लागेको थियो । विदेश भन्ने सुनेको तर कसरी जाने भन्ने अत्तो पत्तो थिएन । सरकारी विद्यालयमा कक्षा ४ पुगेर एबिसिडी सिकेको वैरागी माइला भाषाविना कसरी विदेश पुग्ने हो भन्ने डर पनि थियो । वैरागी माइला विदेश यति हतारमा जाँदै थियो कि भनिसाध्य नै छैन । 

न त ऊ यो देशको राजनीतिज्ञ थियो, न प्रशासक । कुनै व्यापारी पनि थिएन । तर यति छिटो इजरायलजस्तो देशको भिसा पाउँदा उसलाई कहिले इजरायल पुगिएला जस्तो लागेको थियो । द्वन्द्वरत देश भए पनि इजरायलले प्रविधिमा विश्वलाई नै जितेको कारण पनि उसले त्यो देश कस्तो छ ? कसरी विश्वमा आफूलाई स्थापित गरेको छ भन्ने चासो राखेको थियो । 
वैरागीको ताल हेर्दा ऊ विदेश त के आफ्नै प्रदेश पनि जान सक्ने हो कि होइन भन्थे उसका मित्रहरु । धेरैले विदेश घुमाउँछु भन्दै अनगिन्ती आश्वासन नदिएका पनि होइन उसलाई । भाग्यले साथ दिएपछि भन्ने उखानजस्तै उसलाई पहिलो भिसा त्यसमाथि पनि तीन दिनभित्रै इजरायलको लागेको थियो । उकुसमुकुस भइराखेको थियो । 

मंसिरको चिसोमा उसलाई चिटचिट पसिना आइरहेको थियो । भोलि त पहिलोपटक ठूलो हवाइजहाज चढेर विदेश जाने भएकाले वैरागी उकुसमुकुस भइरहेका छन् । डर पनि लागिरहेको छ । कतिले अंग्रेजी बोल्दैन है हिव्रु जान्नुपर्छ भन्दै अत्याइदिएका थिए । त्यही भएर पनि होला पहिलोपटक गाउँ छाड्न लागेको, सहर हुँदै देश छाडेर जाँदै पो छ त ! 


बिहान सबेरै गलामा सयपत्री माला, रातो अक्षताको टीका लगाएर घरबाट बिदा भएका वैरागीको मुटुको धड्कन नबढेको होइन । कतै हराउने पो हो कि ! ठीकैको झोलाको भारी बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दासम्म प्रभुल्लित मन तर डरले कता–कता अल्मलाएको जस्तो अनुहार बोकेर हिँड्दै थिए । विमानस्थल पुग्दाको समयसम्म उसले सोचिरहेको थियो हवाइजहाजमा विदेशी नै विदेशी हुने छन् । म जस्तो दुई–चारजना वैगारीमात्र पो त्यत्ति ठूलो हवाइजहाज चढ्दै छन् ।  
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा वैरागी अलमलियो । बसपार्क पुगिरहेको छु कि कुनै मेलामा । यति भीड थियो कि उबेला बिजुली बत्तीको पैसा तिर्न जाँदा बसेको लाइनको याद गरिरहेका थिए । 

Hardik health

करिब एक घण्टाको लाइन छिचोल्दै वैरागी बल्ल गन्तव्य जाने ढोका पुग्यो । त्यहाँबाट दुई लाइन थियो । एउटा लाइन कतार, दुबई, मलेसियालगायतका देशमा जाने कामदारको । अर्को लाइन थियो– युरोप अमेरिका, अस्ट्रेलियाका जानेहरु र वैरागीजस्ता फिरन्तेहरुका लागि । पहिलो लाइनमा बसेकाहरुको अनुहार निकै मलिन थियो, निकै पीडाले मन छियाछिया भएको जस्तै । एकले अर्कालाई पनि चिन्न नसकेको जस्तो । टुहुरा बालबालिका जसले माया स्नेह केही नपाएको जस्तो अनि उजाड बस्ती जस्तै । दोस्रो लाइनमा बसेकाहरु भने कुनै ठूलो लडाइँ जितेर आएको सिपाहीजस्ता निकै खुसी देखिन्थे । एकले अर्कालाई पहिलेदेखि नै चिनेको जस्तो पुरानो परिचितजस्तै देखिन्थे । त्यही लाइनमा वैरागी अलमलिएका थिए ।
लाइनमा बसेका वैरागी सुनिरहेका थिए । कोही भन्दै थिए, बल्ल शान्ति पाइयो, कोही भन्दै थिए अब त ज्यान जाला पनि यो देश फर्कन्न । बा आमालाई पनि जतिसक्दो चाँडो उतै लाने हो । के गर्न यो देशमा बसेर । नेताको भजनमण्डलीहरु, भ्रष्ट कर्मचारी र गुण्डाहरुलाई मात्र ठीक छ । लाखौं खर्चिएर पढ्यो रोगजारी नपाउने । 

खै किन हो विमानस्थल पुग्नुभन्दा अगाडिको वैरागीको मनोभाव र विमानस्थल पुगेपछिको अवस्थाले उसलाई कता–कता चिमोटिरहेको थियो । विमानमा चढेपछि बल्ल वैरागीले थाहा पायो विदेश जानेहरुको ठूलै मेला पो लाग्ने रहेछ । अनि जनता विदेश जानेहरुबीचको खाडल पनि ठूलै रहेछ । त्यहाँ आफू बेचिएर देश छाड्ने र देशले बेचेर पछि आउनेहरुको विभेदमा त्यही फर्कने नै पर्दो रहेछ । 


पहिलो लाइनमा बसेर विदेश जान लागेकाहरुलाई त्यहाँका कर्मचारीहरुले पनि दोस्रो दर्जाको व्यवहार गरेको देखेर वैरागी साँच्चै नै वैराग्य नै मानिरहेका थिए । जसले रगत पसिना बगाएर पठाएको रेमिट्यान्सले बाँचेको कर्मचारीले निकै नै पेलिरहेको थियो । तर जो यो देशमा कहिल्यै नफर्कने सोचसहित निस्केको अर्को लाइनका मानवहरुलाई भने निकै नै सम्मानजनक व्यवहार गरेको देखेपछि उसले मनमनै भन्न थाल्यो । साँच्चै मेरो देश त ‘मान्छे बेच्ने देश’ पो बन्दै रहेछ । 
वैरागीसँग कुरा गर्ने खासै कोही थिएन । तर मनमनै देश बनाउँछु भन्ने ठेकेदारहरुलाई सरापी राखेको थियो । बेचे यसैगरी मान्छे बेच ! वैरागी पहिलो हवाइजहाजबाट करिब छ घण्टाको दोहा यात्रामा थिए । ऊसँगै थिए, कतारमा काम गर्न हिँडेका हरिदास । पहिले पनि उनी तीनपटक कतारमा काम गर्न गइसकेका रहेछन् । वैरागीले हरिदाससँग भने– अनि फेरि किन जान लागेको त ?

‘के गर्नु हजुर जान त कहाँ मन थियो र ! देशले नै पटक–पटक  गरी बेचेको हो नि । दुईपटक फर्केर आएँ, केही लाख कमाएको पनि थिएँ । यही केही गर्नुपर्छ भनेर कृषि कर्म गरेँ । तर उताबाट ल्याएको सबै घाटा । बैंकको चर्को ब्याज, पाइलैपिच्छेको कर । व्यवसाय सुरु गर्छु भनेदेखि सरकारी कार्यालयमा बुझाउनुपर्ने घूस,’ आँखाभरि आँसु पार्दै हरिदास भन्छन्, ‘जीवनभर साथ दिन्छु भन्ने स्वास्नीले पनि साथ छाडी । मेरो त नाम पनि हरिको दास, कर्म पनि नेता र विदेशीको दास भएँ हजुर !’ विचरा वैरागीले के नै पो गर्न सक्थ्यो । देश बनाउनेहरुले त ‘फ्रि भिसा, फ्रि टिकट’ भन्दै मत किनेकै छन् । निःशुल्क मान्छे बेच्छु भनेकै छन् ।


वैरागी छ घण्टाभन्दा अलि बढी समय हवाइजहाज चढेर दोहामा पुगेपछि विमानस्थलमा ओर्लंदै गर्दा गर्मीको धूपजस्तै थियो । बाहिर निस्कँदा बालुवाको रापको ताप वैरागीले खान भ्याइहाले । विमानस्थलभित्रै नेपाली नै नेपाली उनलाई विदेश छु भन्ने भान नै भएन । वैरागी करिब पाँच घण्टा अर्को हवाइजहाजका लागि प्रतीक्षा गर्नुपर्ने भएकाले विमानस्थल परिसरभित्रै बसे । धेरै नेपालीलाई भेटे । तर सबैको एउटै पीडा छ, एउटै भोगाइ छ । घरपरिवार छाडेर मदन पनि त्यसबेला भोट गएको मुनामदनमा पढेकै हो तर अहिले आफैं भोगिएको छ । त्यसबेलादेखि अहिलेसम्म पनि विदेशमा नगई नुन किन्न नसक्ने भएका छौं ।

वैरागीलाई हरिदासले जस्तै अर्का शिवदासले आफ्नो पीडा पोख्दै थिए । ‘खै हजुर, हामी त कस्तो देशका हामी प¥यौं । ‘मान्छे बेच्ने देश’का महान व्यक्तिहरु हौं हजुर हामी !’

शिवदासको दासी कुरा सुन्न खोजेका वैरागीको हवाइजहाज कुर्ने समयले नेटो काटिसकेको थियो । शिवदासको ‘मान्छे बेच्ने देश’ भन्ने शब्दले स्तब्ध वैरागी आँखाभरि आँशु पार्दै गन्तव्यका लागि हवाइजहाजतर्फ लागे । र, मनमनै भन्न थाले– के मेरो देश ‘मान्छे बेच्ने देश’ भएकै हो ? मनमनै वैरागी भन्छ– धन्य छौं देश बनाउने ठेकेदार हो, परिवर्तन गरिदिएछौं नेपाललाई विदेशीहरुको नजरमा बनाएछौं ‘मान्छे बेच्ने देश’ ।
 


प्रकाशित मिति: मंगलबार, माघ ९, २०८०  ११:०४
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP