Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संकट
  • #भिनेता_धीरज_कुमार
  • #इयु_चीन
  • #बाँझोपना
  • #एनआरएनए_जापान
  • #छाउगोठ
  • #धुलिखेल-खावा_सडक
  • #सांसद
  • #मौद्रिक नीति
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ‘कोशी’ नाम विरोधी मन्त्री वार्ता संयोजक
‘कोशी’ नाम विरोधी मन्त्री वार्ता संयोजक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ ७, २०८०
  •  पहिचान पक्षधरसँग सम्वाद गर्न दोस्रोपटक वार्ता टोली गठन
  •  संयोजक भौतिकमन्त्री कमल जबेगू, सदस्यहरु वातावरणमन्त्री गणेश उप्रेती र कानुनसचिव लक्ष्मीप्रसाद पौडेल
  •  कोशी नाम खारेज गरेर पहिचानको आधारमा नाम राख्नुपर्ने पहिचान पक्षधरको माग

पहिलो चरणमा वार्ताका लागि आह्वान गरिन्छ । त्यसपछि अनौपचारिक रुपमा पहिचानवादीहरुका शीर्षस्थ नेताहरुसँग पहिलो चरणको भेटघाट हुन्छ । त्यसपछि समयानुकूल प्रदेशका सबै राजनीतिक दलसँग बैठक बसेर परामर्श लिने र संघको पनि परामर्श लिएर वार्ता अघि बढाउनेतर्फ लाग्छु ।
कमल जबेगू
वार्ता टोली संयोजक, भौतिक पूर्वाधारमन्त्री

हामीलाई आधिकारिक रुपमा पत्र आएको छैन । तर, हाम्रो माग वार्ता सर्वदलीय हुनुप¥यो । किनभने नामकरण गर्दा बहुमत र अल्पमतको खेल भएको थियो । एमाले, कांग्रेससहितको सर्वदलीय बैठक हुनुप¥यो ।
निरन्ती तुम्बापो
पहिचानवादी नेतृ

काठमाडौं– देशको पूर्वी क्षेत्रको प्रदेशको नाम ‘कोशी’ राखिएपछि आन्दोलनरत पहिचान पक्षधरसँग सम्वाद गर्न दोस्रोपटक सरकारी वार्ता टोली गठन भएको छ । कोशी नामको विरुद्धमा गत वर्षको १७ फागुनमा मतदान गर्नेमध्येमै पर्ने भौतिक पूर्वाधार विकासमन्त्री कमल जबेगूको संयोजकत्वमा वार्ता टोली गठन भएको हो । सदस्यहरु पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । 


संयोजक जबेगूले पहिलो चरणमा पहिचान पक्षधर शक्तिहरुलाई वार्ता आह्वान गरिने बताए । अन्तिममा भने सर्वदलीय बैठक बोलाइने उनको भनाइ छ । ‘पहिलो चरणमा वार्ताका लागि आह्वान गरिन्छ । त्यसपछि अनौपचारिक रुपमा पहिचानवादीहरुका शीर्षस्थ नेताहरुसँग पहिलो चरणको भेटघाट हुन्छ,’ उनले प्रभावसँग भने, ‘त्यसपछि समयानुकूल प्रदेशका सबै राजनीतिक दलसँग बैठक बसेर परामर्श लिने र संघको पनि परामर्श लिएर वार्ता अघि बढाउनेतर्फ लाग्छु ।’
पहिचानवादीहरुले प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने भन्दै गत वर्षको १७ फागुनदेखि आन्दोलन गर्दै आएका छन् ।

पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने उनीहरुको माग छ । तर, पहिचानवादी शक्तिहरु नै पहिचानको आधारमा राखिने साझा नाममा भने सहमत छैनन् । किरात, लिम्बुवान–किरात, खम्बुवानलगायत नाममा उनीहरु विभक्त छन् ।
यद्यपि, उनीहरु ‘कोशी’ नाम खारेज गर्नुपर्छ भन्नेमा एकमत छन् । प्रदेश संसद्मा भने कोशी नाम राख्नेहरुको दुई तिहाइभन्दा बढीको बहुमत छ । यति हुँदाहुँदै पनि पहिचानवादीहरु प्रदेशसभाबाटै सर्वदलीय सहमतिका आधारमा प्रदेशको नाम पहिचानको आधारमा राखिनुपर्ने भन्दै आएका छन् ।

उनीहरु प्रदेशको नाम ‘कोशी’ राख्ने ८२ जना सांसदहरुको विरुद्धमा छन् । उनीहरुलाई बहिष्कार गर्ने, जिल्ला प्रदेशमा अवरोध पु¥याउनेदेखि कालो झण्डा देखाउनेजस्ता गतिविधि गर्दै आएका छन् । यसबीचमा पहिचानवादीहरुले लाजेहाङ लिम्बूलाई गुमाइसकेका छन् । केही नेता कार्यकर्ताविरुद्ध मुद्दा छ । प्रदेशको नाम ‘कोशी’ राखिएका बोर्ड तोडफोडसमेत गर्दै आएका छन् ।


यसरी प्रदेश झण्डै एक वर्षदेखि अशान्त छ । यहीबेला प्रदेशका भौतिक पूर्वाधारमन्त्री जबेगूको संयोजकत्वमा पहिचानवादीहरुसँग सम्वाद गर्न वार्ता टोली गठन भएको हो । जबेगूले संसद्मा गत वर्षको १७ फागुनमा प्रस्तुत कोशी नामसम्बन्धी प्रस्तावको विरुद्धमा मतदान गरेका थिए । उनै जबेगूको संयोजकत्वमा वार्ता टोली गठनपछि पहिचानवादीहरु आशावादी देखिएका छन् । 


पहिचान आन्दोलनको अग्रमोर्चामा देखिँदै आएकी नेतृ निरन्ती तुम्बापोले वार्ता टोली गठन हुनु सकारात्मक भएको बताइन् । उनले वार्ता सर्वदलीय हुनुपर्ने माग आफूहरुको रहेको प्रस्ट पारिन् । ‘हामीलाई आधिकारिक रुपमा पत्र त आएको छैन । तर, हाम्रो मागचाहिँ वार्ता सर्वदलीय हुनुप¥यो । किनभने नामकरण गर्दा बहुमत र अल्पमतको खेल भएको थियो । एमाले, कांग्रेससहितको सर्वदलीय बैठक हुनुप¥यो,’ उनले भनिन् ।


यसअघिका मुख्यमन्त्री हिक्मत कार्कीले पनि पहिचानवादीहरुसँग सम्वाद गर्न वार्ता टोली गठन गरेका थिए । तत्कालीन खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बो संयोजकतत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेका थिए । समितिले पहिचानवादीहरुसँग भने सम्वाद नै गरेन । उक्त समिति प्रभावहीन बन्नपुगेको थियो ।
 


प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १०:५०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह
एमाले केन्द्रीय कमिटी बैठक : आन्तरिक एकतालाई बलियो बनाउन अध्यक्ष ओलीको आग्रह सोमबार, साउन ५, २०८२
आफ्नो खेमाका मन्त्री फिर्ता बोलाउने तयारीमा शेखर
आफ्नो खेमाका मन्त्री फिर्ता बोलाउने तयारीमा शेखर सोमबार, साउन ५, २०८२
‘कुलिङ पिरियड’ गडबडीमा एमालेको भूमिका शंकास्पद
‘कुलिङ पिरियड’ गडबडीमा एमालेको भूमिका शंकास्पद सोमबार, साउन ५, २०८२
एमालेको नवौँ केन्द्रीय कमिटी बैठक बस्दै
एमालेको नवौँ केन्द्रीय कमिटी बैठक बस्दै सोमबार, साउन ५, २०८२
एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता आइतबार, साउन ४, २०८२
भूमि व्यवस्थामन्त्री अधिकारीमाथि छानबिन गर्न एमाले कास्कीको माग
भूमि व्यवस्थामन्त्री अधिकारीमाथि छानबिन गर्न एमाले कास्कीको माग आइतबार, साउन ४, २०८२
ओलीलाई नेतृत्वमा दोहोरिन खुलाइयो बाटो, भण्डारीलाई निषेध
ओलीलाई नेतृत्वमा दोहोरिन खुलाइयो बाटो, भण्डारीलाई निषेध आइतबार, साउन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
वैदेशिक रोजगारीका नाममा व्यक्तिगत ठगी बढ्यो
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
नीतिगत, संरचनागत तथा कानुनी सुधारका लागि पहल
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
आज संघीय संसद्को दुवै सदनको बैठक बस्दै
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ सोसाइटी अफ न्यु साउथ वेल्सको नयाँ कार्यमिति निर्वाचित, अध्यक्षमा राज पाख्रिन सर्वसम्मत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
जसपाको निष्कर्ष– संघीयतापछि देशले कोल्टे फेर्यो 
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP