Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीलाई नेतृत्वमा दोहोरिन खुलाइयो बाटो, भण्डारीलाई निषेध
एमाले पोलिट ब्युरो बैठक ओलीलाई नेतृत्वमा दोहोरिन खुलाइयो बाटो, भण्डारीलाई निषेध
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, साउन ४, २०८२

पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता पुनःनवीकरण पार्टी विधानको धारा ८ र ९ आकर्षित भएकोले पेण्डिङमा राखिएको छ । स्वेच्छाले राजीनामा गरेको व्यक्तिले पार्टीमा पुनः आउने वा पार्टीले खटाएको व्यक्ति पुनः आउने भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको छ ।
राजेन्द्र गौतम
प्रचार विभाग प्रमुख, एमाले

काठमाडौं– नेकपा एमालेको पोलिट ब्युरो बैठकले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि तेस्रोपटक नेतृत्वमा आउने बाटो खुला गरेको छ । पार्टीको विधानबाट ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पोलिट ब्युरो बैठकले पारित गर्दा ओलीलाई फेरि अध्यक्ष बन्ने बाटो खुलेको हो ।

यी दुवै प्रस्ताव ओलीलाई अध्यक्षमातेहर्याउने गरी बैठकमा प्रस्तुत गरिएको थियो । प्रस्ताव प्रस्तुतकर्ता उपाध्यक्ष विष्णु पौडेल हुन् । पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार पौडेलले प्रस्तुत गरेको प्रस्ताव पारित भएको छ । जबकि, यतिबेला एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेतृत्व लिनेगरी पार्टी राजनीतिमा क्रियाशील हुन खोजिरहेकी छन् ।  तर, विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल नेतृत्वमा रहने प्रावधानमा संशोधन गर्न गरिएको प्रस्ताव पारित भएसँगै विद्या किनाराकृत हुन सक्ने विश्लेषण हुन थालेको छ ।

भण्डारीले एउटा समूह नै खडा गरेर आगामी महाधिवेशनबाट पार्टी नेतृत्व हुन जोडबल गरिरहेकी छन् । उनको समूहले ओलीलाई पार्टीको तल्लादेखि माथिल्लो तहको कमिटीसम्मै चुनौती दिन थालेको छ । भण्डारीलाई भावी एमाले नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल खुलेरै लागेका छन् । पदाधिकारी, स्थायी कमिटी, पोलिट ब्युरोदेखि केन्द्रीय कमिटीसम्मका पार्टी संरचनामा रहेका कतिपय नेता ओलीको विकल्पको रूपमा पूर्वराष्ट्रपति भण्डारीलाई हेर्न चाहन्छन् ।

Hardik health

म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पंक्तिलाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधिसम्मत पुनः क्रियाशील हुन चाहने पूर्वराष्ट्रपतिलगायत सबैलाई निषेध गरेर होइन, खुला स्वागत गरेर काममा लगाउनुपर्छ । 
आनन्द पोखरेल
पोलिट ब्युरो सदस्य, एमाले

यस्तो बेला पोलिट ब्युरो बैठकले ओलीको विकल्प ओली नै हुनेगरी निर्णय गरेको हो । भण्डारीका लागि खासगरी विधानको धारा ८ र ९ बाधक देखाइएको छ । यी दुई प्रावधानले उनको सदस्यता नवीकरण नै ‘पेण्डिङ’मा रहेको पार्टी प्रचार विभाग प्रमुख गौतमले बताए । शनिबार पत्रकारहरूसँग उनले भने, ‘विधानको धारामा गम्भीररूपमा छलफल गर्दा यसले विधान धारा ८ आकर्षित गरिएको देखियो, धारा ८ मा पनि स्वेइच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति भनेको राष्ट्रपति पदका लागि पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पुनःनवीकरण गर्ने प्रक्रिया के छ भन्दा विधानको धारा ९ आकर्षित गरेको छ र यसमा अर्को कुनै ठोस निर्णय भएन भने नयाँ प्रक्रियाबाट पनि आउनुपर्ने ध्यानाकर्षण गरेको छ ।’ 

यी दुवै धारालाई विभिन्न कोणबाट छलफल गरिएको र निष्कर्षमा नपुगिएको गौतम बताउँछन् । उनले स्वेइच्छाले राजीनामा गरेको सदस्यले पार्टीमा पुनः आउने कुरा या पार्टीले खटाएको काममा गएको व्यक्ति पुनः पार्टीमा आउने कुरा यस विषयमा गम्भीररूपमा छलफल चलिरहेको बताए ।  गौतमका यी अभिव्यक्तिले पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण नभएको जनाउँछ । तर, महासचिव शंकर पोखरेलले एक वर्षअघि नै भण्डारीको सदस्यता नवीकरण भएको एक अन्तर्वार्तामा बताएका छन् । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले त शुक्रबारको पोलिट ब्युरो बैठकमा सदस्यता नवीकरण गरेर गल्ती गरिएको भन्दै माफीसमेत मागेका थिए । यति हुँदाहुँदै बैठक सकिएपछि पत्रकारहरूसँग ब्रिफिङ गर्दै प्रचार विभाग प्रमुख गौतमले नवीकरण पेण्डिङमा रहेको भ्रमपूर्ण जानकारी दिएका हुन् । अर्कातिर गौतमले पूर्वराष्ट्रपति भण्डारीले स्वेच्छाले सदस्यता त्याग गरेको भनेर व्याख्या गरे । यसबाट भण्डारीमाथि राजनीतिमा नफर्किन दबाब बढाउने रणनीतिमा रहेको टिप्पणी भइरहेको छ । 

राजनीतिशास्त्री लोकराज बराल संवैधानिक वा राजनीतिक नियुक्तिमा जानेहरूले स्वेच्छाले भन्दा पनि पार्टीले जिम्मेवारीमा खटाएकाले सदस्यता त्याग गरिएको अर्थमा बुझिनुपर्ने बताउँछन् । हुन पनि सभामुख तथा संविधानसभाका अध्यक्ष भइसकेका सुवास नेम्वाङको हकमा होस् वा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाको हकमा पनि सदस्यता नवीकरण भएको थियो । त्यही नवीकरणका आधारमा नेम्वाङ १०औं महाधिवेशनमा उपाध्यक्ष भएका थिए । भण्डारीलाई भने विधानको विभिन्न प्रावधान देखाउँदै रोक्न ओलीपक्ष लागेको देखिएको बराल बताउँछन् ।
ओलीपक्षका नेताहरू भण्डारी पार्टी राजनीतिमा नआऊन् भनेर अनेकन तर्कहरू गरिरहेका छन् । पोलिट ब्युरोमा ओलीपक्षको बहुमत छ । यस कमिटीको बैठकमा बोल्ने अधिकांशले पूर्वराष्ट्रपति भण्डारीलाई अहिले नै अध्यक्ष बनाउन नहुने पक्षमा मत राखेका थिए । ओलीनिकट पोलिट ब्युरो सदस्य महेश बस्नेतले त ११औं महाधिवेशनमा ओलीले नै पार्टी नेतृत्व गर्नुपर्ने बताए । उनले पछिल्ला दिनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका नेता शेखर कोइराला र भण्डारीको भेटवार्ता एमाले कमजोर पार्ने चाल भएको पनि टिप्पणी गरे । ‘अहिले प्रचण्ड, शेखर र विद्या भण्डारी मिलेर सत्ता समीकरण खोज्दै छन् भनेर अमरेश सिंहले भन्ने, चीन भ्रमणदेखि नारायणकाजी, शेखर कोइरालासँग विद्या कमरेडको भेटघाट र ‘सहयोग माग’ वाम एकताको नाममा फेरि एमाले कमजोर पार्ने चालमा कम्युनिस्ट विरोधी तत्व सल्बलिएका छन् ।’

पोलिट ब्युरो सदस्य आनन्द पोखरेलले भने पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा निषेध गर्न नहुने धारणा राखे । उनले भण्डारीलाई खुला स्वागत गरेर काममा लगाउन अध्यक्ष ओलीलाई आग्रह गरे । ‘म अध्यक्ष कमरेड केपी ओली र सम्पूर्ण नेतृत्व पंक्तिलाई अनुरोध गर्न चाहन्छु पार्टीमा विधिसम्मत पुनः क्रियाशील हुन चाहने पूर्वराष्ट्रपतिलगायत सबैलाई निषेध गरेर होइन, खुला स्वागत गरेर काममा लगाउनुपर्छ,’ पोखरेलले बैठकमा भने । 

पूर्वमन्त्री गोकुल बाँस्कोटाले भने मध्यमार्गी धारणा राखे । पार्टीमा भण्डारीको विषयमा देखिएको विवाद मिलाउन विश्वासिलो आधार तयार पार्न उनले नेतृत्वलाई सुझाव दिए । बाँस्कोटाले भने, ‘अध्यक्ष र पूर्वराष्ट्रपतिबीचको विश्वास र सहकार्यको सम्बन्ध एमालेका साथीहरूलाई मात्र होइन, दुनियाँलाई थाहा छ । तपाईंहरू आपसमा छलफल गरेर राजनीतिक ढंगले सुल्झाउनुस्, प्राविधिक कुराले होइन ।’


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रपति पौडेलको खोजी
राष्ट्रपति पौडेलको खोजी शुक्रबार, भदौ २७, २०८२
सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी
सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गर्ने तयारी शुक्रबार, भदौ २७, २०८२
संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड
संविधानको आधारमा जेनजीको माग सम्बोधन गर्नुपर्नेमा जोड बिहीबार, भदौ २६, २०८२
गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह
गणतन्त्रलाई थप बलियो बनाउन बृहत् नागरिक आन्दोलनको आग्रह बिहीबार, भदौ २६, २०८२
संसद् विघटन गर्नुपर्ने  बालेनकाे माग
संसद् विघटन गर्नुपर्ने बालेनकाे माग मंगलबार, भदौ २४, २०८२
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त
प्रदर्शनकारीहरुले रविलाई गरे थुनमुक्त मंगलबार, भदौ २४, २०८२
माओवादी पार्टी कार्यालयमा आगजनी
माओवादी पार्टी कार्यालयमा आगजनी मंगलबार, भदौ २४, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP