Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
कांग्रेसमा अनुशासनको कारबाही डण्डा चलाउने संस्थापन, फुटको संघारमा संस्थापनइतर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असार ३१, २०८२
  • अनुशासन समितिले कारबाही गरेका २३ जना अधिकांश संस्थापनइतरका पर्दा शेखर कोइराला समूहको प्रतिवाद
  • तर शेखर समूहकै केन्द्रीय सदस्य दिनेश कोइरालाको कारबाहीचाहिँ किन वर्ष दिनअघि नै फुकुवा भएको भन्दै संस्थापनइतरकै गगन थापा समूहको प्रश्न
  • सभापति शेरबहादुर देउवापक्षका नेता आनन्द ढुंगाना नेतृत्वको अनुशासन समितिले अन्तर्घातीलाई कारबाही गर्दा संस्थापनइतर फुटको संघारमा 

काठमाडौं– २०७९ को निर्वाचनमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेको थियो । तीन तहको निर्वाचनमा गठबन्धनको उम्मेदवारविरुद्ध बागी दिने र अन्तर्घात गरेका २३ नेतालाई कांग्रेस अनुशासन समितिले कारबाही गर्यो ।आनन्द ढुंगाना संयोजक रहेको समितिले कारबाही गरेका नेताहरु अधिकांश संस्थापनइतरका छन् ।

असार २५ गते अनुशासन समितिको कारबाहीमा परेका नेताहरुमा लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालदेखि खोटाङका सभापति विष्णुकुमार राईसम्म छन् ।उक्त कारबाहीसँगै डा. शेखर कोइरालाले यसको विरोध गर्दै आफ्नो आफ्नो समूहको बैठक डाके, २६ असारमा । तर उक्त बैठकमा महामन्त्री गगन थापा समूहका नेताहरु उपस्थित भएनन् ।

शेखर–गगन टाँढिदै
२०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा एकै प्यानलबाट देउवा प्यानलविरुद्ध लडेका थिए शेखर र गगन । महामन्त्रीमा गगन निर्वाचित हुँदा शेखर भने देउवासँग पराजित बने । त्यसपछि संसदीय दलको नेताको निर्वाचनमा गगन अघि बढेसँगै यी दुई नेताबीच दरार पैदा भएको हो ।

अनुशासन समितिमा दुई हजार १०० भन्दा बढी अन्तर्घातको उजुरी आउँदा २३ जनालाई मात्र कारबाही गरेकोमा शेखर समूहले विरोध जनायो । तर गगन समूहले त्यसबारे केही पनि बोलेन । बरु कारबाही गरेकै दिन गगन बैंकक उडेका थिए । नेताहरु मधु आचार्य, अजयबाबु सिवाकोटी, प्रतिमा गौतम, प्रकाश स्नेही रसाइली पनि शेखरले डाकेको बैठकमा पुगेनन् । सिवाकोटी र रसाइली गगननिकट नेता हुन् भने अरु शेखरनिकट नेता हुन् । रसाइली हाल गगन संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्यसमेत हुन् । उक्त बैठकमा उपस्थित नभएका चार नेताले बेग्लै विज्ञप्ति जारी गर्दै शेखरपक्षका नेतालाई कारबाही फुकुवा गरेको प्रसंग निकाल्दै प्रश्न गरे ।

Hardik health

निर्वाचनमा गठबन्धनविरुद्ध चितवन–३ मा बागी उम्मेदवार बनेका दिनेश कोइरालाको कारबाही २०८१ साउनमै फुकुवा गरियो । माओवादी केन्द्रलाई कांग्रेसले समर्थन गरेकोमा कोइरालाको बागी परेपछि त्यहाँ राप्रपाका विक्रम पाण्डे निर्वाचित भएका थिए । दिनेश शेखरपक्षका नेता हुन् ।यसखाले घटनाले संरक्षण गर्न सक्ने नेतालाईमात्र जोगाउने प्रवृत्ति पार्टीमा देखिएको केन्द्रीय सदस्यहरु आचार्य, गौतम, रसाइली, सिवाकोटी दाबी रह्यो । ‘समान प्रकृतिको घटनामा केन्द्रीय सदस्य दिनेश कोइराला (चितवन) लाई पुरानै हैसियतमा पदवहाली गरी थप जिम्मेवारी दिनुलाई कसरी न्यायसंगत मान्न सकिन्छ ? संरक्षण गर्ने नेता भएमा पुरस्कृत भइने, बोलिदिने कोही नभए दण्डित हुनुपर्ने हो ?,’ उनीहरुले प्रश्न गरे ।

शेखर समूहको प्रतिवाद जारी, गगनले बल्ल मुख खोले
अनुशासन समितिको निर्णय प्रतिशोधपूर्ण भएको भन्दै शेखरपक्षका नेताहरुले प्रतिवाद जारी राखेका छन् । सोमबार काठमाडौं आइपुगेका पर्सा क्षेत्र १ का क्षेत्रीय सभापति अरबिन्द गुप्ताले आफूलाई शेखर समूह भनेर छानेरै कारबाही गरेको गुनासो गरे । ‘हामीलाई छानीछानी कारबाही गरे । पर्सामा कांग्रेस जित्ने ठाउँमा लोसपाका नेता अघि सारे,’ गुप्ताले भने, ‘पर्सा क्षेत्र ४ को लोसपा नेता क्षेत्र १ मा पठाएपछि एमाले जसपा गठबन्धनका उम्मेदवार जिते । कांग्रेस गठबन्धन हार्दा मलाईमात्र कारबाही गरियो ।’ कारबाही फिर्ता नगरिए आउँदो महाधिवेशनबाट पर्सा शेखरको कब्जामा जाने उनले दाबी गरे । 

एकातिर कम्युनिस्टहरु एक हुन लागेको र अर्कोतिर पुराना शक्तिहरु एक हुँदै गर्दा कांग्रेसमा भने आन्तरिक कलह बढाउनु ठीक नभएको कांग्रेस नेता गुरुराज घिमिरे बताउँछन् । ‘यस्तो बेला आन्तरिक एकता बढाउनुपर्नेमा कारबाही अगाडि बढाइएको छ । यो अनुचित हो,’ घिमिरेले भने ।कारबाहीको पाँच दिनपछि सोमबार महामन्त्री थापाले यसबारे मुख खोलेका छन् । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान पुगेर उनले अनुशासन समितिले गरेको कारबाही कोतपर्वजस्तै भएको आरोप लगाए । ‘नमिठो घटना पार्टीभित्र भयो । किनकि अहिले चौतर्फी घेराबन्दीमा छौ,’ महामन्त्री थापाले भने, ‘यो बेला कोतपर्वजस्तो अनुशासन पर्व चल्यो । न यो समयको हिसाबले ठीक छ, न परम्पराको हिसाबले । यो पार्टीको विधानका आधारमा पनि ठीक छैन ।’ आफूले यसबारे पार्टी सभापति देउवासँग समन्वय गर्नेसमेत बताए ।

महामन्त्रीलाई टेर्नै छाडियो
महामन्त्री थापा क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक छन् । महाधिवेशन विधानअनुसार हुनुपर्ने भनिए क्रियाशील सदस्यता नवीकरण पाँच जिल्लाकोभन्दा हुन सकेको छैन । चारपटक म्याद थप्दा पनि थापा नेतृत्वको समितिले दिएको निर्देशन नटेरेको उनीपक्षका नेताहरु बताउँछन् । शेखरको साथ नहुँदा गगनको निर्देशन नमानेको उनीहरुको तर्क छ ।

‘आजै महाधिवेशन गर्ने । भोलि नै जित्ने अनि पर्सी चुनावमा जाने र निपर्सी प्रधानमन्त्री हुन्छु भन्ने खालका उम्मेदवारले खै क्रियाशील सदस्यता नवीकरणका लागि बोलेका ?,’ गगननिकट एक केन्द्रीय सदस्यले भने ।क्रियाशील सदस्यता नवीकरणमा गगनको समितिलाई अटेर जारी राखेपछि असोज मसान्तसम्म म्याद थप गरेको छ । यो म्याद अझै थपिँदै जाने शेखरपक्षका नेता घिमिरे बताउँछन् । ११ महिनापछि गत जेठ १६ गते शेखर–गगन भेट्दा शेखर समूहले गगनको साथ पाएको प्रचार गरेको थियो । यता गगनको सचिवालयले भने यो कुनै समूहगत भेट नभएको भन्दै खण्डन गरेको थियो ।

सोमबार काठमाडौंको बत्तीसपुतलीमा शेखरपक्षको भेलामा गगनपक्षका नेताहरु पुगेनन् भने कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा पेसागत तथा बुद्धिजीवी विभागले आयोजना गरेको कार्यक्रममा शेखरपक्षका नेताहरु उपस्थित भएनन् । शेखर र गगन दुई सभापतिको तयारीका लागि जुट्दा दुईको सम्बन्ध झन् चिसिँदै गएको दुवैपक्षका नेताहरु बताउँछन् । शेखर र गगन मिलाउन आफूहरुले सक्दो प्रयास गर्ने नेता डा. सुनिल शर्मा बताउँछन् । 
 


प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  ०९:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP