Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३१, २०८२

सबैले वर्तमान सरकारलाई निर्वाचनको म्याण्डेट दिएका छन् । यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन । 
डा. शेखर कोइराला
नेता, नेपाली कांग्रेस

काठमाडौं– निर्वाचनको वातावरण नबनेको दलहरुको धारणा आएपछि सरकारले यसबारे छलफल थालेको छ । बिहीबार निर्वाचन आयोगले दलका प्रतिनिधिहरुसँग निर्वाचनबारे छलफल गरेको हो । उक्त छलफलपछि दलका नेताहरुले तत्काल चुनाव गर्ने वातावरण नबनेको दाबी गरेका छन् ।

सत्ता समीकरणमा सँगै रहेका नेपाली कांग्रेस र एमाले भने निर्वाचनबारे दुईतिर उभिएको छ । कांग्रेसले निर्वाचनबाटै संवैधानिक बाटोमा फर्कने भनिरहेको बेला एमाले भने संसद् पुनस्र्थापनामा जोड दिन थालेको देखिन्छ । नेकपा एमालेले भने मनाङमा कात्तिक १७ गतेका लागि तोकिएको निर्वाचन सरकारले गराउन नसकेको कारण देखाउँदै आफूहरु विश्वस्त नभएको तर्क प्रस्तुत गरेको थियो । ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा एमालेको जारी केन्द्रीय कमिटीमा अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन हुने स्थिति नभएको बताएका हुन् ।

सरकारले राजनीतिक दलका नेताहरुलाई धाकधम्की दिने, राजनीतिक क्रियाकलाप गर्न नदिने, सीमा बन्देज तोकेकाले निर्वाचनको वातावरण बनेको छैन ।
राजेन्द्र गौतम
प्रचार विभाग प्रमुख, नेकपा एमाले

Hardik health

नेपाली कांग्रेसले भने केन्द्रीय समितिमा सरकारले तोकेको निर्वाचनलाई सफल पार्नुपर्ने विषयले प्रवेश पाएको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बिहीबार बसेको बैठकमा कांग्रेसका नेताहरुले निर्वाचनको विकल्प नभएको बताएका हुन् ।

पार्टीले गुमेको साख निर्वाचनबाटै पुनस्र्थापित गर्नुपर्ने कांग्रेस नेता डा. शेखर कोइरालाले बताए । ‘सबैले वर्तमान सरकारलाई निर्वाचनको म्याण्डेट दिएका छन् । यो राष्ट्रिय भावधाराको विकल्प देखिँदैन,’ कोइरालाले भने, ‘कांग्रेस जनताको घरदैलोमा पुग्ने यस अवसरलाई उत्साहपूर्वक अग्रिम पंक्तिमा उभिएर आफ्नो गुमेको वा गुम्दै गएको साख र विश्वास जनताबीच पुनस्र्थापित गर्नुपर्दछ ।’

सरकारले निर्वाचनको वातावरण तयार गर्न भदौ २३ र २४ को प्रदर्शनका क्रममा सु्रक्षाकर्मीबाट लुटिएका हतियार फिर्ता गर्नुपर्ने र जेलबाट भागेका कैदीहरुलाई नियन्त्रण गर्नुपर्ने कोइरालाको सुझाव थियो ।यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार सम्बोधन गर्दै देशलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका थिए । ‘सरकारले निर्वाचनका लागि वातावरण बनाउन सकेमा देशलाई पुनः संवैधानिक बाटोमा फर्काउने आधार निर्वाचन हो भन्ने हाम्रो विश्वास छ,’ देउवाले भनेका थिए ।

निर्वाचनका लागि स्टेक होल्डरहरू संवादमा आउनुपर्‍यो । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्नु भएन ।
ओमप्रकाश अर्याल
गृहमन्त्री

निर्वाचन सरकारकै म्याण्डेड भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले बिहीबार जेन–जीका प्रतिनिधिहरुसँग छलफल गरे । जेन–जी प्रतिनिधिहरुसँग राष्ट्रपति पौडेलले फागुन २१ गते हुने निर्वाचनलाई महायज्ञको रुपमा लिन र सफल पार्न आग्रह गरे ।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार निर्वाचनलाई सामान्यरूपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रूपमा लिन सुझाएका थिए । ‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमास जित्न नपाउन्, असल र इमान्दारहरू जितेर आउन्,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै पोखरेलले भने, ‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ । र, युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ ।’
राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थ पूर्ति गर्न चाहनेहरूबाट सचेत रहन पनि आग्रह गरे । छलफलमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरु सहभागी थिए ।


निर्वाचनमा नजाने पक्षमा एमाले
नेकपा एमाले निर्वाचनमा नजाने पक्षमा देखिएको छ । सरकारले निर्वाचनको बेला राजनीतिक दलका नेताहरुलाई झमेला पार्ने र बन्देज गर्ने क्रियाकलाप जारी राखेको एमालेको आरोप छ । ‘हामीले निर्वाचनमा भागै लिँदैनौ भनेका छैनौं । राजनीतिक दलका नेताहरुलाई धाकधम्की दिने, राजनीतिक क्रियाकलाप गर्न नदिने, सीमा बन्देज तोकेकाले निर्वाचनको वातावरण बनेको छैन,’ एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले भने ।

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले पनि दलहरुसँग यसबारे कुनै छलफल नगरेको गौतमले आरोप लगाए । यसअघि एमालेले मोटारसाइकल र्‍याली आयोजना गरेकोमा सरकारले निषेध गरेको थियो । त्यसैगरी सरकारले एमाले अध्यक्ष ओलीलाई उपत्यकाबाहिर जान निषेध गर्ने निर्णय गरेको थियो । त्यसैगरी सरकारले ओलीको राहदानी रोक्का गर्ने तयारीसमेत गरेको थियो ।  

गृहमन्त्री ओमप्रकाश अर्यालले एमालेलाई लक्षित गर्दै केही तत्वहरू निर्वाचन बिथोल्न सक्रिय भएको आरोप लगाएका छन् । जिल्ला समन्वय समिति भक्तपुरको कार्यालय अनुगमनको क्रममा गृहमन्त्री अर्यालले निर्वाचनको माहोल बिगार्न लाग्नेलाई सरकारले सम्झाइबुझाइ गरिरहेको दाबी गरे ।

‘निर्वाचनका लागि सबै संवादमा आउनपर्‍यो । स्टेक होल्डरहरू संवादमा आउनुपर्‍यो । सरकारले संवादमा सहजीकरण गर्छ । राष्ट्रपतिज्यूले पनि संवाद सुरु गरिसक्नुभएको छ । हामीले हाम्रो तहबाट पनि संवादका लागि आह्वान गरिरहेका छौं । यो स्थितिमा स्टेक होल्डर कसैले पनि परिस्थितिलाई भड्काउने काम गर्न भएन,’ गृहमन्त्री अर्यालले भने । सरकार स्वतन्त्र र निष्पक्ष ढंगबाट निर्वाचन गराउनका लागि बनेको उल्लेख गर्दै उनले तोकिएकै मितिमा सरकारले निर्वाचन गराउने दाबी गरे ।
 


प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  १०:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने
कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने शुक्रबार, साउन १५, २०८३
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने
बिहान ६ः०० देखि ८ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने शुक्रबार, साउन १५, २०८३
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP