Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
राजनीति
  • Home
  • राजनीति
  • भूमि व्यवस्थामन्त्री अधिकारीमाथि छानबिन गर्न एमाले कास्कीको माग
‘घुस डिल’को अडियो प्रकरण भूमि व्यवस्थामन्त्री अधिकारीमाथि छानबिन गर्न एमाले कास्कीको माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ४, २०८२

काठमाडौं– बिचौलियाबाट ३२ लाख घुस लिएको अडियो सार्वजनिक हुँदा पनि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी राजीनामा दिने सुरसारमा छैनन् । विपक्षी दलहरू मात्रै होइनन्, मन्त्री अधिकारीकै दल नेकपा एमालेबाटै पनि उनको राजीनामा माग भइरहेको छ ।

यद्यपि, पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नै उनलाई संरक्षण दिइरहेका छन् । अधिकारी ओलीनिकट मानिन्छन् । सम्भवतः त्यही भएर उनी मन्त्रीबाट राजीनामा दिने तयारीमा छैनन् । अधिकारी कास्कीको पोखरामा रहेको लिची बगैंचा हत्याउन भएको प्रपञ्चमा जोडिएका छन् । यस्तोमा एमाले कास्कीले मन्त्री अधिकारीलाई छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने निर्णय नै गरेको छ । शनिबार पोखरामा भएको पार्टीको विस्तारित बैठकमा लिची बगैंचा हडप्न सार्वजनिक भएको घुस प्रकरणमा जोडिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको तर भूमि व्यवस्थामन्त्री पदमै रहेकाले अधिकारीलाई पदमुक्त गरेर अनुसन्धानको दायरामा ल्याउन निर्णय गरिएको छ ।

जिल्ला अध्यक्ष बैनबहादुर अधिकारीले बैठकले घुस प्रकरणमा जोडिएका भूमि व्यवस्थामन्त्री अधिकारीसहित सबै मन्त्रीलाई राजीनामा गराएर अनुसन्धान गर्नुपर्ने र दोषी देखिएको कारबाहीको दायरामा ल्याउनुपर्ने माग गर्ने निर्णय भएको जानकारी दिए ।  ‘पोखराको चर्चित लिची बगैंचा प्रकरणमा जोडिएर भूमि व्यवस्थामन्त्री बलराम अधिकारीको पनि अडियो सार्वजनिक भएको छ । माझिकुनामा माछा खानेसम्मको डिल सार्वजनिक भइसकेको छ । यस्तो अवस्थामा उहाँलाई पनि राजीनामा गराएर अनुसन्धानको दायरा ल्याउन माग गर्ने निर्णय भएको हो,’ उनले पत्रकारहरुसँग भने ।

Hardik health

घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले राजीनामा दिए पनि अधिकारीले आनाकानी गरिरहेका छन् । उनीसमेतले पोखरा–१६ अमरदीपमा रहेको करिब १३५ रोपनी लिची बगैंचा हत्याउन घुस लिएको विषय हालै सार्वजनिक भयो । यो प्रकरणमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी पूर्वभूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठसमेत मुछिएकी छन् ।यसबारे छानबिन गर्न संसदीय समिति गठनको माग भइरहेको छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने छानबिन गरिरहेको छ । भूमि आयोग कास्कीका अध्यक्ष खेम पुनलाई बनाउन बिचौलिया सुजन लामाले सामान्य प्रशासनमन्त्री छँदा गुप्तालाई ३२ लाख र मालपोत कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लेनदेन गरेको अडियो हालै सार्वजनिक भएको हो । यसले सत्तामा नै तरंग उत्पन्न गरेको छ । 

मन्त्री अधिकारीले आफूले घुस लिएको प्रमाण पेस गर्न चुनौती दिँदै आएका छन् । यद्यपि, बिचौलिया लामाले स्वार्थ समूह र राजनीतिक शक्तिको आडमा पोखराको लिची बगैंचा हडप्ने प्रपञ्च गरेका थिए । त्यसका निम्ति उनले हकवाला भनिएका व्यक्तिहरूसँग जग्गा दर्ता भइसकेपछि प्रतिशतका आधारमा लाभ लिने दुई पटकसम्म करारनामासमेत गरेका थिए । २०८० र २०८१ म फरक–फरक समूहसँग मिलेर लामाले हकवालासँग जग्गा हत्याउन करारनामा गरेको देखिएको छ । उक्त जग्गा दुर्गादेवी शाह र लोकदिव्यश्वरी शाहको नाममा छ ।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक
रास्वपाका समानुपातिक आकांक्षी उम्मेदवारको अन्तिम सूची सार्वजनिक शुक्रबार, पुस ११, २०८२
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा
आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो: सभापति देउवा शुक्रबार, पुस ११, २०८२
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस
प्रतिनिधिसभा निर्वाचनः नेकपाद्वारा रुपन्देही–३ बाट पाँच जना सिफारिस शुक्रबार, पुस ११, २०८२
एकताबद्ध हुन संयोजक दाहालको अपिल
एकताबद्ध हुन संयोजक दाहालको अपिल शुक्रबार, पुस ११, २०८२
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा शुक्रबार, पुस ११, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्‍दै शुक्रबार, पुस ११, २०८२
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल
कांग्रेस सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP