Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफ्नो खेमाका मन्त्री फिर्ता बोलाउने तयारीमा शेखर
सुनिल शर्मा नेपाली कांग्रेस आफ्नो खेमाका मन्त्री फिर्ता बोलाउने तयारीमा शेखर
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ५, २०८२

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो खेमाका मन्त्रीहरु फिर्ता बोलाउने तयारी गरेका छन् । सत्ता समीकरण फेर्ने प्रयासमा लागेका नेता कोइरालाले पछिल्ला दिनमा भेटघाट तथा छलफलसमेत बढाएका छन् ।

बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका शेखरले शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए । लगत्तै आइतबार उनले आफूनिकट सांसद र मन्त्रीहरुसँग भेटेका छन् । आइतबार काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूनिकट सांसदहरु भेलामा उनले सुझाव मागेका थिए । भेटमा मुलुकमा देखिएका बेथिति रोक्नुपर्ने सुझाव आफूले दिएको सांसद हृदयराम थानीले बताए । ‘मुलुकमा देखिएको निराशा र आक्रोशबारे छलफल केन्द्रित थियो । बेथिति र निराशालाई रोक्नुपर्छ भनेर मैले सुझाव दिएँ,’ थानीले भने । कूल ८८ सांसद रहेको कांग्रेसमा शेखर पक्षका २० जना मुस्किलले पुग्छ । आइतबारको भेटमा सात जनामात्र सांसद उपस्थित भएका एक सांसदले बताए ।

हाम्रा जति पनि साथीहरु छन् संघदेखि प्रदेश सरकारमा । फिर्ता बोलाउन भन्ने छ । यसका लागि एक–दुई दिन पनि लाग्न सक्छ ।
डा. सुनिल शर्मा
सांसद, नेपाली कांग्रेस
 

Hardik health

बैठकपछि शेखरनिकट सांसद डा. सुनिल शर्माले भने, ‘हाम्रा जति पनि साथीहरु छन्, संघदेखि प्रदेश सरकारमा । ब्याक बोलाउन भन्ने छ । यसका लागि एक दुई दिन पनि लाग्न सक्छ ।’ शेखर प्रधानमन्त्री बन्न केहीले नरोक्ने शर्माको दाबी थियो । ‘संसदीय दलमा सम्माजननक बहुमत पुग्छ । शेखर दाइ प्रधानमन्त्री बन्नुहुन्छ,’ उनले भने । यद्यपि, यसमा नेकपा एमालेसँगको गठबन्धन ‘ब्रेक’ गर्ने कि नगर्ने र माओवादीले आफ्नो निर्णय दिइनसकेको शर्माको भनाइ थियो । सत्ता समीकरणकै रेसमा रहेका शेखरलाई माओवादी अध्यक्ष दाहाललेझैं अंकगणितको प्रश्न उठाएका थिए । माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टीले साथ दिएमा शेखरलाई कति सांसद चाहिन्छ त भन्ने हिसाबसमेत राजनीतिक वृत्तमा हुन थालेको छ ।

अहिले माओवादीसँग ३२ सांसद, रास्वपासँग १९, एकीकृत समाजवादीसँग नौ गरी ६० सांसद छन् । सरकार गठनका लागि १३७ सांसद आवश्यक हुन्छ । उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालले साथ दिएमा पाँच सांसद जोड्दा ६५ जना पुग्छ । अब शेखरसँग कांग्रेसका कति सांसद छन् त ? मुस्किलले २० जना । मुस्किलले ९० सांसद पु¥याउँदा अब एमालेमा फर्केकी पूर्वराष्ट्रपतिले सघाएको अवस्थामा थप ५० सांसद चाहिन्छ । के भण्डारीको पक्षमा ५० सांसद पुग्ला त ? अहिलेका अवस्थामा सम्भव देखिँदैन । 

यसबारे थप छलफल गर्न कोइरालाले आफूनिकट मन्त्रीहरूलाई दरबारमार्ग डाकेका थिए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी १० मन्त्रीमध्ये तीन जना शेखर खेमाबाट भएका मन्त्री हुन् ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषिमन्त्री रामनाथ अधिकारी सहभागी बैठकमा पछिल्लो परिस्थितिबारे छलफल भएको बताइएको छ । शेखर समूहका नेताहरु भने स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि आफू पक्षबाटै मन्त्री भएको दाबी गर्छन् । पौडेल भने देउवा पक्षबाट मन्त्री बनेका हुन् ।

 कृषिमन्त्री अधिकारीले भने भेटमा मन्त्री बोलाउने विषयमा कुनै कुराकानी नभएको बताए । ‘सामान्य कुराकानी हो । बाहिर आएजस्तो केही हैन,’ मन्त्री अधिकारीले भने । कांग्रेस संस्थापनइतरका नेता कोइराला पछिल्लोपटक कांग्रेस एमाले गठबन्धन सरकारसँग रुष्ट सुनिन्छन् । असार १६ गते केन्द्रीय समितिमा उनले कांग्रेस एमाले गठबन्धनको औचित्यबारे असन्तुष्टि जनाएका थिए । संविधान संशोधन र सुशासनको पक्षमा काम एक भएका यो गठबन्धनले केही काम गर्न नसकेको शेखरको भनाइ थियो । ‘के  कारणले कांग्रेसले एमालेलाई सत्ताको नेतृत्व दियो ? यदि संविधान संशोधनका लागि यो सत्ता गठबन्धन हो भने सातबुँदे सहमतिमा लेखिएको संविधान संशोधनको मुद्दा कहाँ पुग्यो ?,’ शेखरले सभापति देउवालाई प्रश्न गरेका थिए ।

देउवाले भने राष्ट्रिय सभामा बहुमत नभएकोले संविधान संशोधन हुन नसकेको भन्दै झारा टारेका थिए । झण्डै दुईतिहाइको शक्तिशाली सरकारले जनताको पक्षमा काम गर्न नसकेको भन्दै चौतर्फी आलोचना बढेको समयमा शेखरको सक्रियतालाई धेरैले चासोका साथ हेरेका छन् । पछिल्लो परिस्थिति र आफूले चाल्नुपर्ने कदमबारे शेखरले अझै छलफल अघि बढाउने उनको सचिवालयले जनायो । उनले सानो–सानो समूह बनाएर भेट जारी राख्ने उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए । ‘सानो–सानो समूह बनाएर भेटिरहनु भएको छ । यो क्रम जारी रहन्छ,’ कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले भने ।
 


प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १३:२१
#सांसद
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP