Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
विचार
  • Home
  • विचार
  • गाईको शास्त्रीय मान्यता र महत्व 
गाईको शास्त्रीय मान्यता र महत्व 
ऋकेश भण्डारी
ऋकेश भण्डारी बुधबार, माघ ३, २०८०

हिन्दू परम्परामा गाईलाई सर्वदेवमयी, सर्वभूत समृद्धिदायिनी, सर्वलोक हितैषी, पुण्यस्वरुपा, भवसागरको तारिणी, कामधेनु तथा लक्ष्मी माता आदि शब्दहरूले सम्बोधन गर्ने गरिन्छ । हिन्दू धर्ममा पञ्चगव्य र पञ्चामृतको महत्व पनि उत्तिकै रहेको छ । पञ्चगव्य र पञ्चामृतको अभावमा कुनै पनि हिन्दू धार्मिक अनुष्ठान सम्पन्न हुँदैन । पञ्चगव्य र पञ्चामृत दुवै गाईबाट नै प्राप्त हुन्छन् । गोदान नगरिकन कुनै पनि धार्मिक कार्य सम्पन्न हुनै नसक्ने सनातन परम्परा छ ।
 

गौः संस्कृत शब्द हो । पाणिनीय व्याकरणअनुसार गो शब्दबाट प्रथमा विभक्तिको एकवचनमा गौः यस्तो रुप सिद्ध हुन्छ । गच्छतिइति गौस् अर्थात् जो चल्छ, जो गतिशील छ त्यही नै गौः हो । सम्पूर्ण विश्व गतिशील छ, समय पनि गतिशील नै छ । तसर्थ, गौः शब्दले धेरै अर्थ बुझाउँछ । यही गौः शब्दबाट प्राकृत हुँदै नेपालीमा गाई शब्द बन्दछ ।

गाईको महत्व अपौरुषेय ग्रन्थ वेदहरुले बताएका छन् । सनातनीहरुको मूल ग्रन्थ नै वेद हो । ऋग्वेदले आद्योपान्त गाईको विशेष चर्चा रहेको छ । त्यस्तै चारवटै वेदहरुले गाईको महत्व दर्शाएका छन् । मयोभूर्वातो अभि ।। (दशम मण्डल, सूक्त १६९ ।।१।।)  अर्थात् सबैलाई सुख दिने वायुदेव गाईतिर बहन्छन् । बल प्रदान गर्ने औषधि गाईले सेवन गरून् । श्रेष्ठ र प्राणलाई सन्तुष्ट प्रदान गर्ने जलको सेवन गरून् । हे रुद्रदेव ! दूधरुपी पोषक रस दिने गाईलाई सुख प्रदान गर ।

हिन्दू परम्परामा गाईलाई सर्वदेवमयी, सर्वभूत समृद्धिदायिनी, सर्वलोक हितैषी, पुण्यस्वरुपा, भवसागरको तारिणी, कामधेनु तथा लक्ष्मी माता आदि शब्दहरूले सम्बोधन गर्ने गरिन्छ । हिन्दू धर्ममा पञ्चगव्य र पञ्चामृतको महत्व पनि उत्तिकै रहेको छ । पञ्चगव्य र पञ्चामृतको अभावमा कुनै पनि हिन्दू धार्मिक अनुष्ठान सम्पन्न हुँदैन । पञ्चगव्य र पञ्चामृत दुवै गाईबाट नै प्राप्त हुन्छन् । गोदान नगरिकन कुनै पनि धार्मिक कार्य सम्पन्न हुनै नसक्ने सनातन परम्परा छ । गाईलाई ब्रह्माजीको पुत्रीका रूपमा स्वीकार गरिएको छ– नमोः ब्रह्मसुता । हाम्रो समाजमा पनि खाना खानुअघि गाईलाई गोग्रास दिएरमात्रै भोजन गर्ने चलन अद्यापि चलिरहेकै छ । खानामा गोरस नहुनु अर्थात् गाईको दूध, दही, घिउविना खाना खानु राम्रो होइन । खानामा सकेसम्म गोरस अनिवार्य रहनुपर्छ भन्ने हिन्दू नेपाली सामाजिक परम्परा छ ।
गाई र आमा एकै हुन् भन्ने सामाजिक भाष्य पनि रहेको छ । यसको कारणचाहिँ गाई र मनुष्यको प्रजनन समय बराबर रहनु हो । गोवंश अर्थात् गाईको परिवार साँढे (गोरू) लाई जगत्को पिता र गाईलाई जगतकी माता मानिन्छ । यिनीहरूको पूजा गर्नाले सम्पूर्ण पितृ तथा देवताको पूजा हुन जान्छ । गोबरको लेपनले भवन, मन्दिर, घर तथा सर्वत्र पवित्र हुन्छ । जन्मेदेखि मरणसम्मका क्रियाकलापहरूमा, जुठो–सुतकमा गाईको गोबर गहुँत आवश्यक पर्दछ । 

Hardik health

गाईले सुँघेरै मनुष्यको शरीरमा भएका रोगको पहिचान गर्ने र सो रोग निदानका लागि आवश्यक पर्ने जडीबुटी तथा घाँसहरूको सेवन गरेर त्यसलाई दूधका रूपमा दिने गर्छ । गाईबाट नै सबैले आफूलाई चाहिने जति चिज दुहेर लगेको प्रसंग भागवत्मा आउँछ । यसका साथै सपनामासमेत गाई देखिएमा शुभ हुने मान्यता पनि छ । गाईलाई एक जनावरभन्दा माथि राखेर पूजनको परम्परा पनि हिन्दू सभ्यतामा छ । कलियुगमा गोवध निषेधसँगै अन्य केही कुरा पनि निषेध गरिएको पाइन्छ ।

अग्न्याधानं गवालम्भं संन्यासं पलपैतृकम् । देवराच्च सुतोत्पत्तिस् कलौ पञ्च विवर्जयेत् ।। अर्थात्, अग्निहोत्र कर्म, गोमेध याग, सन्यास, मासुको पीण्डदान, देवरबाट सन्तान उत्पत्ति गर्नेजस्ता पाँच कुरा कलियुगमा बर्जित छन् ।प्राचीन कृषि र अर्थ व्यवस्थाको आधार स्तम्भका रुपमा गाईलाई मानिन्छ । परापूर्वकालमा गोधन नै सबैभन्दा ठूलो धन थियो । धेरै धनी व्यक्तिलाई संस्कृतमा गोपति भनिन्छ ।

प्राणको रक्षा गर्न, पापको नाश गर्न, मृत्युपश्चात् पनि आत्मालाई स्वर्गसम्म पु¥याउने वैतरणी नदी तार्न पनि गाई नै चाहिन्छ भन्ने कुरा गरुण पुराणमा स्पष्ट बताइएको छ । बृहत् पराशर स्मृतिमा गाईको शरीरमा देवीदेवता, ऋषिमुनिहरूको बासबारे वर्णन गर्दै भनिएको छ– गाईको सिङको मूलमा ब्रह्माजी, दुवै सिङको मध्यभागमा नारायण र शीर्ष भागमा महादेव रहनुहुन्छ, यसको अतिरिक्त सिङको अग्रभागमा चर–अचरसहितका सबै तीर्थस्थलहरू, ललाटको अग्रभागमा पार्वती, नाकको बीचमा कुमार कार्तिकेय, दुवै कानमा कम्बल र अस्तर नामक नाग, दाहिने र देब्रे आँखामा सूर्य र चन्द्र, दाँतमा अष्टवसु, जिब्रोमा वरूण, हुंकारमा भगवती सरस्वती, गण्डस्थल (गाला)का एकातिर यम र अर्कातिर यक्ष, रौंका प्वालहरू (रोमकुप)मा समस्त ऋषिगण, गोमुत्रमा गंगाजी, गोमय (गोबर)मा यमुना तथा लक्ष्मीसहित सबै देवता, पेटमा गार्हपत्य अग्नि, हृदयमा दक्षिणाग्नि, मुखमा आहवनीय अग्नि विद्यमान छ । कुक्षियहरूमा सभ्य र आवसथ्य नामका अग्निहरू बस्छन् ।

यसकारण ३३ कोटी देवी–देवताको बास गाईमा हुने हुँदा जसले गाईलाई स्नेह र आदर गर्छ । क्रोध देखाउने, पिट्ने आदि गर्दैन, उसलाई महान ऐश्वर्यसहित स्वर्गलोक प्राप्त हुन्छ भनिएको छ । (बृहत पराशर स्मृति) गाईको विषयमा वेदलगायत पद्मपुराण, भविष्यपुराण, ब्रह्माण्डपुराण, स्कन्दपुराण तथा महाभारत आदिमा वर्णन गरिएका पाइन्छन् । पुराणहरूमा कपिला, सुरभि, नन्दिनी, कामधेनु, रोहिणी आदि गाईहरूको वर्णन गरिएको छ । गोसेवा, गोदान, वृषभ दानलाई धार्मिक कार्यको रूपमा र गोहत्या, गोपीडन तथा गोमांस भक्षणलाई महापापको रूपमा पुराणहरूमा वर्णन गरिएको पाइन्छ ।
महाभारत सूक्ति सुधामा मुकुन्दशरण उपाध्यायद्वारा अनुवाद गरिएका श्लोकहरुले पनि गाईको महत्वबारे स्पष्ट पारेका छन् ।
भारी बोक्ने वयोवृद्ध, स्त्री, भलाद्मी र ब्राह्मण ।
गाई, राजा यतिऽ लाई बाटो छोड्नु छ उत्तम ।।
नहेर्नू घिन मानेर गोमूत्र, अनि गोबर ।    
नखानू मांस गाईको लिनु गोपालको व्रत ।।
गाई, घिउ, दही, रायो, सस्र्यूं यी पञ्चमंगल ।
बिहानै जो सधैं छुन्छ त्यो मान्छे हुन्छ निर्मल ।। (अनुशासन पर्व)
अर्कोतर्फ हेर्ने हो भने हिन्दू धर्ममा गाईको महत्व उसको गुणको कारण पनि विशेष मानिएको पाइन्छ । वास्तवमा गाईको विभिन्न अध्यात्मिक, धार्मिक र चिकित्सकीय गुणका कारण पनि यसको महत्व रहेको छ । गाईको महिमा र गुण सम्बन्धित केही वैज्ञानिक, धार्मिक र व्यावहारिक पक्षबारे चर्चा गरौं ।
वैज्ञानिक कारणः– वैज्ञानिक अनुसन्धानअनुसार गाईमा एक प्रकारको सकारात्मक ऊर्जा रहेको हुन्छ जुन अन्य कुनै प्राणीमा पाइँदैन 
गाईको ढाडको हड्डी छेउमा रहेको सूर्यकेतु स्नायु हानिकारक विकिरणहरुलाई रोकेर वातावरणलाई स्वच्छ बनाउन मद्दत गर्दछ । पर्यावरणीय हिसाबले यो एकदमै लाभान्वित पशु रहेको  पुष्टि हुन्छ ।
गाईको ढाडको हड्डीनिर भएको सूर्यकेतु नाडी सर्वरोगनाशक, सर्वविषनाशक हुन्छ ।
सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा आउँदा त्यसबाट स्वर्णको उत्पादन हुन्छ । गाईको शरीरमा उत्पन्न हुने यो सुन गाईको दूध, गोबर र मुत्रमा घुलेर रहेको हुन्छ । त्यसैले गाईको सबैकुरा दूध, मुत्र र गोबरलाई महत्व दिएको हो ।
गाईमात्र एउटा यस्तो प्राणी हो जसले वातावरणबाट अक्सिजन लिएर पुनः अक्सिजन नै छोड्ने गर्दछ । जबकि मनुष्यले अक्सिजन लिएर  कार्बनडाइअक्साइड बाहिर फ्याँक्दछ । 
घरेलु गाईको एक ग्राम गोबरमा कम्तीमा पनि ३०० करोड जीवाणु रहेको हुन्छ जुन बोटबिरुवा र जमिनलाई अत्यावश्यक हुन्छ । साथै यस जीवाणुले खराब जीवाणुलाई मार्ने काम पनि गर्दछ ।
रुसमा गरिएको एक अनुसन्धानमा १० ग्राम घिउद्वारा हवन गर्दा करिब एक टन अक्सिजन सिर्जना भएको पाइएको छ ।

व्यावहारिक कारणः
गाई एकमात्र यस्तो पशु हो जसको सबै थोक मनुष्य, धर्ती  र अन्य प्राणीको सेवामा समर्पित रहेको हुन्छ
गाईले आफ्नो जीवनकालमा धेरै जीवहरुलाई भोजनको व्यवस्था मिलाउने गर्दछ ।
गाईको दूध, मुत्र र गोबरका साथै दूधको प्रकार जस्तैः दही, घिउ, नौनी आदि सबै मनुष्यको भोजनको एउटा महत्वपूर्ण आधार हो ।
गाईको गोबरबाट इन्धन (गुइठा), मल बनाएर प्रयोग गर्नुका साथै गोबरबाट कीटाणु मार्न र लामखुट्टे र झिँगा आदि भगाउन प्रयोग गरिन्छ ।

धार्मिक कारणः
हिन्दू परम्परामा कुनै पनि धार्मिक कर्म र अनुष्ठान गर्दा सबैभन्दा पहिले गौ दान गर्नु पर्दछ गौ दान गर्नाले अकर्म र पाप नष्ट हुने, पुण्य प्राप्त हुने र शुद्ध भइने धार्मिक मान्यता छ ।
भगवान् शिवको प्रिय ‘बेलपत्र’को उत्पत्ति गाईको गोबरबाट भएको हो भन्ने पाइन्छ ।
पञ्चामृतमा गाईको दूध, दही, घिउ प्रयोग गरिन्छ ।
धार्मिक हवन र यज्ञमा केवल गाईको घिउ अनिवार्य चाहिन्छ ।
स्वर्गबाट कामधेनु गाई ल्याइएको हो प्रसंग शास्त्रहरुमा पाइन्छ । त्यसैले यसलाई पवित्र मानिन्छ ।
मृत्युपछि गरुढ पुराणअनुसार वैतरणीनदी तर्न गाई दाननै गरेको हुनुपर्दछ ।
स्वयं भगवान् श्रीकृष्णले गाई चरण गराउने गरेका र उनले गौशाला र गाईको पूजा गर्न लगाएको कारण पनि गाईको महत्व धेरै भएको बुझिन्छ ।
गाईलाई लक्ष्मीमाताको प्रतिबिम्बका रुपमा पनि पुज्ने गरिन्छ ।
गाईको हत्या गर्नु भनेको हिन्दू धर्ममा सबैभन्दा बढी पाप गर्नु हो भन्ने रहेको छ ।
भगवान् कृष्णले श्रीमद्भगवद्गीतामा भनेका छन्– ‘धेनुनामस्मि कामधेनु’ अर्थात् म नै गाईमध्येको कामधेनु हुँ । यस्तै श्रीमद्भागवतमा पनि कृष्णले गोसेवा गरेको प्रसंग धेरै नै आउँछ ।
गाईमाता सबैमा व्याप्त छिन् । यिनी सबै जीवहरुकी आमा हुन् । त्यसैले हामी हाम्रो महत्व बुझेर गाईको संरक्षण गर्नुपर्छ । त्यसमै हाम्रो कल्याण हुने छ ।
 


प्रकाशित मिति: बुधबार, माघ ३, २०८०  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP