Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • आमा त्यो आउँछ र ? 
आमा त्यो आउँछ र ? 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, माघ २, २०८०

पुस अन्तिम दिन थियो । आमाले थन्क्याएर राखेको प्लास्टिकका जर्किनहरु सबै भ¥याङमुनिबाट धमाधम निकाल्दै थिइन् । सायद टुल्के पाँच वर्षको थियो होला । केटाकेटीमा आमासँग बच्चाहरुले धेरै कुरा सिक्छन् । आमाले जसोजसो गरेको छ त्यही देखेर बच्चाहरुले पनि सिक्छन् । चाहे त्यो बोल्ने शैली वा शब्दहरु हुन् । या हाउभाउका कुरा पनि आफूभन्दा ठूलाबाट नै सिकेर त्यसलाई बानी नै बनाउँछन् । टुल्के पनि भ¥याङमुनि छिरेर सानो तेलको जर्किन निकाल्न थाल्यो ।

अहिले जस्तो कहाँ थियो र ! जुत्ता लगाउन दसैं नै कुर्नुपर्ने । बा’ले जसोतसो स्कुल जान पनि हुने, मामाघर जान पनि हुनेगरी एउटा जुत्ता किनिदिएकी थिइन् । बा’ले नयाँ जुत्ता किनेर ल्याइदिएको दिन त खुसीको सीमा नै हुँदैनथ्यो । हात्ती छाप चप्पलको त कुरै छाडौं । हिँड्दा प्याट्टऽप्याट्ट पड्काउन टुल्के खुब खुसी हुन्थ्यो । 

टुल्के आमासँगै मकर संक्रान्तिलाई निम्तो दिँदै आमाको पछिपछि लुरुलुरु ढुंगेधारातिर पुग्थ्यो चप्पल पड्काउँदै । आमा घर जा भन्दै टुल्केलाई अलि परसम्म लखेट्थिन् । टुल्के हाँस्दै दौडिन्थ्यो । अनि फेरि सानो जर्किन बोकेर आमा गएकै ढुंगेधारातिर जान्थ्यो । 

माघे संक्रान्ति, सबैका घरमा पाहुना । पानीको स्रोत नै ढुंगेधारा र इनार । सार्वजनिक स्थानको इनारमा भनेजति पानी पाउनै मुश्किल । अनि आमा बरको बोटमुनिको ढुंगेधारासम्म पुगेर गाग्री, जर्किनमा पानी ओसार्नु हुन्थ्यो । टुल्के पनि आमासँगै फरियाको फेर समाउँदै जर्किन बोक्न पाएपछि खुसी हुँदै ढुंगेधारा नै पुग्थ्यो ।

Hardik health

दिन यसरी नै ढल्कँदै थियो । काठमाडौंको ठाउँ सबैलाई सहर छिर्नुपर्ने बाध्यता पनि रहर पनि । काठमाडौंमा देश नै परिवर्तन गर्नसक्ने ठूला– ठूला जुलुस पनि हुन्थे । टुल्केले जिन्दावाद र मुर्दावादको नारा नसुनेको पनि होइन । रैथानेहरु खासै चासो दिने । त्यही रैथानेहरुको ढाडमा टेकेर धेरैले फड्को पनि मारे । राजनीति गर्ने नेताहरुले पञ्चायत ढाल्न भन्दै ठाउँ–ठाउँबाट जुलुस निकाल्ने ।  

सत्ता ढाल्न भन्दै झुप्प–झुप्प समूह बनेर रातिराति बलेको बत्ती निभाउने घर–घर पुग्थे । टुल्के झ्याल छेउमै सुतिरहेको थियो । त्यही बत्ती निभाउनेहरुको समूहले ‘ब्ल्याक आउट–ब्ल्याक आउट’ भन्दै झ्यालमा ढुंगा हान्न थालेपछि आमा बत्ती निभाउन नभ्याउँदै उच्छिट्टिएर आएको एउटा ढुंगा टुल्के सुतेको झ्यालबाट छिरेन मात्र, टुल्केको टुटुल्कै उठाइदियो ।

२०४६ सालमा भएको राजनीतिक परिवर्तनसँग प्रजातन्त्र आयो । त्यही प्रजातन्त्रको फेरो समाएर काकाकुलजस्तै भएका जनतालाई आश्वासनका पोकाहरु बाँडिन थाल्यो । काठमाडौंका मान्छेको घाँटी भिजोस् कि नभिजोस् तर काठमाडौंका सडक मेलम्चीको पानीले पखाल्दिने भन्दै सुरु भएको मेलम्ची पानीको आशा र ‘ब्ल्याक आउट’ का नाममा टुल्केको उठेको टुटुल्को अहिलेसम्म पनि उस्तै छ ।

मेलम्चीको पानी भन्ने सुनेको टुल्के मेलम्चीमै गएर पानी पिएर आइसकेको छ । टुल्केकी आमा अहिले पनि त्यही ढुंगेधारामा जर्किनमा पानी थाप्ने परम्परा धानिरहेकी छिन् । काकाकुल काठमाडौंका टुल्केकी आमाजस्ता हजारौं आमाहरुलाई मेलम्चीको पानी वितरण आठौंपटकसम्म उद्घाटन गरिँदा पनि कुनै मतलव नै छैन ।

पाँच वर्षको टुल्के अहिले आफैं लक्का जवान भइसक्यो । आमाले विश्वास नगरेको मेलम्ची टुल्केले विश्वास कसरी गरोस् । काठमाडौं खाल्डोमा जमिनमुनिको पानीसमेत सकिन लागिसक्यो । तर काठमाडौंबासीलाई दिने आश्वासनका पोकाहरु सकिएका छैनन्, अझै उस्तै छन् । 

तीस वर्षदेखि उही कुरो चलिरहेको छ । जसरी टुल्के ढुंगेधारामा आमासँग जर्किन बोकेर जान्थ्यो । टुल्केको छोराछोरी टुल्केकी जीवनसंगीनीसँग हिँड्न थालिसकेका छन् । टुल्केकी आमाले जसरी टुल्केलाई डाँडापारिको मेलम्चीबाट पानी आउँछ रे भनेकी थिइन् । आज टुल्केकी जहानले आफ्ना साना केटाकेटीलाई उदाउँदै गरेको सूर्य देखाएर भन्नु परेको छ । ‘ऊ त्यो परको सूर्य उदाएको ठाउँको ठ्याक्कै मुनिबाट मेलम्चीको पानी आउँदै छ !’

ऊ बेला सर्वमान्य नेता मानिएका गणेशमानले आफ्नी पत्नीलाई चुनावमा हराएका काठमाडौंका जनतालाई ‘भेडा’ भने थे । त्यही भएर होला शासकहरुले अहिलेसम्म पनि उही नाम दिइरहेका छन् । त्यस्तै व्यवहार गरिरहेका छन् ।अहिले सामाजिक सञ्जाल र सञ्चारको प्रयोगले गर्दा होला । मेलम्चीको पानी आउने अग्रिम सूचना छ । टुल्केका छोराछोरीले टुल्केकी जहानलाई माघे संक्रान्तिको झिसमिसेमै सोधे । आमा त्यो आउँछ र ? पल्टिरहेको टुल्के बच्चाबच्चीको मुखमा हेर्छ । उसकी जहान के ? भन्दै प्रश्न गर्छिन् ।

बच्चाबच्ची फेरि सोध्छन्, आमाले भनेको होइन ? बिहान सूर्जे आउने ठाउँभन्दा मुनिबाट मेलम्चीको पानी आउँछ भनेर ? हामीले सुनेको घिउ चाकु खाने दिन त्यो पानी त सिंहदरबार पो आउँदै छ रे !  केटाकेटीको कुरा सुनेर टुल्के आफैंसँग मुुस्कुराउँछ । टुल्केकी जहान अक्क न वक्क पर्छिन् । 

केटाकेटी अझै ढिपी कसिरहेका छन्, ‘भन न आमा त्यो आउँछ कि आउँदैन ।’ विचरी तिनलाई के थाहा आउँछ कि आउँदैन । उनले पनि आफू केटाकेटी हुँदा सुनेको त्यो त्यहीबाट आउने हो भनेर तर, अहिलेसम्म आएको छैन । आउँछ भनौं आउनेवाला छैन । आउँदैन भनौं आउँछ भन्दै सनसनी फैलिसकेको छ । दोधारमा परिन् उनी । पुर्लुक्क टुल्केलाई हेर्छिन् टुल्के मुस्कुराउँछ । 

आफ्नी जहान दोधारमा परेपछि टुल्के भन्छ, ‘हेर म तिमीहरु जत्रो हुँदा मैल मेरी आमालाई यसैगरी सोधेको थिएँ आमा त्यो आउँछ कि आउँदैन भनेर ? आमाले मलाई आउँछ रे, भन्ने जवाफ दिएकी थिइन् । म यत्रो भएँ अहिलेसम्म आएको छैन । अब तिमीहरुले तिमेरुका आमालाई सोधिराखेका छौं त्यो मेलम्ची आउँछ कि आउँदैन भनेर ? ल्याउनेलाई नै थाहा छैन त्यो आउँछ कि आउँदैन मैले पनि मेरी आमालाई यसैगरी सोधेको थिएँः
 
आमा त्यो आउँछ र ? 
हो बाबु त्यो आउँछ 
तिमी बूढो हुञ्जेलसम्म आउँछ । 
मैले पनि बालाई सोधेकै थिएँ 
साँच्चै बा त्यो आउँछ र ? 
बाले भन्नुभएको थियो 
आउँछ रे !
तर, 
अहिलेसम्म आएको छैन । 
तिमी कुर्दै गर पक्कै आउँछ 

आएन भने 
तिम्रा सन्ततीले सोध्लान् ? 
अनि, 
मैलेजस्तै उत्तर दिनु
हो बाबु त्यो आउँछ 
सलऽल बगेर आउँछ ।
तिमीहरु पनि हामीले जस्तै आशा गर भर चाहिँ नपर ।
 


प्रकाशित मिति: मंगलबार, माघ २, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP