Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शक्ति फर्काउने माओवादी कसरत 
शक्ति फर्काउने माओवादी कसरत 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस २९, २०८०

विचार मिल्ने शक्तिहरुसँग मिलेर जानुपर्छ भन्ने छ । यो पार्टीको पुरानै निर्णय हो । यसअनुसार अनौपचारिक रुपमा विभिन्न विचार मिल्ने शक्तिहरुसँग छलफल चलिरहेकै छ । नेसपासँग अहिले एकताको छलफल चलिरहेको छ । अब एकतालाई तार्किक निष्कर्षमा पु¥याउन समितिले काम गर्ने छ ।
अग्निप्रसाद सापकोटा
प्रवक्ता, माओवादी केन्द्र
 

  • अध्यक्ष दाहाल एकता संयोजन समिति संयोजक
  • नेसपा, जसपा, नेकपा एस र नेकपालाई एकता प्रक्रियामा ल्याउने दाहाललाई कार्यभार

 
काठमाडौं– हरेक चुनावबाट झन् कमजोर देखिँदै गएको सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्र शक्तिमा फर्किने जमर्कोमा छ । त्यसका लागि पूर्वमाओवादी घटकहरुसँग एकताको हात फैलाएको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल नै एकताका सूत्रधार बनेका छन् । शनिबार उनकै संयोजकत्वमा माओवादीले एकता संयोजन समिति बनाएको छ ।


पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार समितिले डा. बाबुराम भट्टराई अध्यक्ष रहेको नेपाल समाजवादी पार्टी (नेसपा)लाई एकता प्रक्रियामा ल्याउन सम्वाद गर्ने छ । ‘विचार मिल्ने शक्तिहरुसँग मिलेर जानुपर्छ भन्ने छ । यो पार्टीको पुरानै निर्णय हो । यसअनुसार अनौपचारिक रुपमा विभिन्न विचार मिल्ने शक्तिहरुसँग छलफल चलिरहेकै छ,’ प्रवक्ता सापकोटाले प्रभावसँग भने, ‘नेसपासँग अहिले एकताको छलफल चलिरहेको छ । अब एकतालाई तार्किक निष्कर्षमा पु¥याउन समितिले काम गर्ने छ ।’


माओवादीले उपाध्यक्ष कृष्णबहादुर महरा नेतृत्वमा र नेसपाले सहअध्यक्ष गंगानारायण श्रेष्ठ संयोजक रहेको कार्यदल गठन गरेका छन् । कार्यदलको ३ मंसिरमा बसेको बैठकले पार्टी एकताबारे निर्णय गर्नुअघि एकता संयोजन समिति गठन गर्न सुझाएको थियो । सोहीअनुसार माओवादीले दाहालकै संयोजकत्वमा शनिबार संयोजन समिति गठन गरेको हो ।

Hardik health


भट्टराई संयोजक रहेको नेसपाको पनि एकता संयोजन समिति छ । गत ६ मंसिरमा समिति बनेको हो । समितिहरुलाई दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टी विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिह्नलगायतका विषयमा पनि सहमति जुटाउने कार्यभार छ । 


डा. भट्टराई ‘माओवादी’ नाममा भने सहमत छैनन् । पार्टीको नाममा समाजवाद राखेर अघि बढ्न सकिने उनको मत छ । माओवादी अध्यक्ष दाहाल पनि पार्टी नामबाट माओवादी शब्द हटाउन तयार रहेका विवरणहरु यसअघि सार्वजनिक भएका थिए । संविधान जारी भएको छैटौं दिनमा भट्टराईले माओवादी पार्टीबाट अलग हुनेमात्रै होइन, माओ विचारधाराबाट अलग हुने निर्णय लिएका थिए । यसले गर्दा पनि माओवादी नामसँग उनको ‘अ’रुचि देखिन्छ । समाजवादीसँग केही फुर्को राखेर नाम जुराउनु उपयुक्त हुने मत अघि सार्दै आएका छन् । माओवादी नेताहरु पनि यसमा सहमत नै छन् । तर, एकता प्रक्रियामा पनि ढिलाइ भइरहेको छ ।


जबकि, गत वर्षको चुनावअघि नै दुई पार्टीबीच एकताको चर्चा चलेको थियो । डा. भट्टराईले आफ्नो चुनाव क्षेत्र दाहाललाई छाडे । चुनाव जिताउन भोटै मागे । दाहालको दल माओवादीले पनि भट्टराईको दलका उम्मेदवार महेन्द्र राय यादवलाई पार्टीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा प्रयोग गर्न दिए । यादवले चुनाव पनि जिते । यसरी पार्टी एकताको माहोल चुनावअघि नै बनेको थियो । 


तर, चुनाव सकिएपछि भने दाहाल–भट्टराईबीच दरार पैदा भयो । समाजवादी मोर्चा गठन हुँदा दाहालले भट्टराईलाई समेटेनन् । भट्टराई ती नेता हुन्, जो मोर्चाको एक जना परिकल्पनाकार हुन् । उनकै दल नेसपालाई बाहिर राखेर जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी (एस) र नेकपा सम्मिलित मोर्चा गठन भयो । यसपछि दाहालसँग भट्टराई बिच्किएका थिए । तर, १ मंसिरमा दाहालले भट्टराईलाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएका थिए । त्यहाँ उनीहरुबीच पार्टी एकताबारे छलफल भएको थियो । त्यसको दुई दिनपछि बसेको कार्यदल बैठकले पार्टी नाम, चुनाव चिह्न, सांगठनिक संरचनालगायत विषय टुंग्याउन एकता संयोजन समितिको औचित्य हुने जनाएको थियो । 
सोहीअनुसार माओवादी र नेसपाले समिति गठन गरेका हुन् । यसअघि भट्टराईले माओवादीसँग एकताका लागि नौ बुँदे पत्र नै पठाएका थिए । दाहालले भने पत्रको जवाफ नौ महिना बित्दासम्म जवाफ पठाएका छैनन् । बरु, गत भदौमा माओवादी महासचिव देवप्रसाद गुरुङले सहअध्यक्ष यादवलाई पत्र पठाएर एकताका लागि आह्वान गरेका थिए । यसलाई लिएर दाहालसँग भट्टराईले असन्तुष्टि पोखेका थिए । 


नेसपाका एक पदाधिकारीअनुसार एकातिर समाजवादी मोर्चामा नसमेटिनु र अर्कातिर पत्रको जवाफ नफर्काई पार्टीकै अर्का नेतालाई एकताका लागि आह्वान गर्दै पत्र पठाएपछि भट्टराई एकता प्रक्रियामै नआउने मनस्थितिमासमेत पुगेका थिए । उनी छ महिनासम्म त पार्टी संगठन विस्तारमा खटेका थिए । तर, यतिबेला भने उनी ‘युटर्न’ भएका छन् । पार्टी एकताउन्मुख छन् । एकता भएको अवस्थामा पार्टीको स्कुल विभागको नेतृत्व भट्टराईलाई दिनेगरी छलफल भएको पनि बताइएको थियो । माओवादीका एक नेताका अनुसार भट्टराईलाई दाहालले उत्तराधिकारी बनाउन पनि सक्ने छन् । एकता भने कहिले हुन्छ ? कुनै टुंगो छैन ।


भट्टराई नेतृत्वको नेसपाबाहेक माओवादीले जसपा, नेकपा एकीकृत समाजवादी र नेकपासँग पनि एकता प्रयास गरिरहेको छ । कार्यदलहरुबीच यसअघि भने बारम्बार सम्वाद पनि हुने गरेको थियो । समाजवादी मोर्चा गठनपछि भने कार्यदलहरुको बैठक बस्नसमेत सकेको छैन । तर, सैद्धान्तिक र वैचारिक धरातलमा समानता रहेको भन्दै यी दलहरुलाई एकता प्रक्रियामा समेट्न दाहालले जोडबल गरिरहेका छन् । चुनावअघि दाहालले केही साना पूर्वमाओवादी घटकहरुलाई एकता प्रक्रियामा जोडेका थिए ।

माओवादीमा टुटफुट
नेकपा एकता केन्द्रको गोरखामा २–४ फागुनमा बसेको तेस्रो विस्तारित बैठकले पार्टी नाम परिवर्तन गर्दै नेकपा माओवादी राखेको हो । पार्टी अध्यक्ष दाहाल सुप्रिम कमाण्डर बनेर सशस्त्र युद्ध लडेको माओवादी पहिलोपटक १ फागुन २०६५ मा फुट्यो । नेता मातृका यादवले खरिपाटी भेलामा मधेस मुद्दा पार्टीको राजनीतिक दस्ताबेजमा समावेश नभएको भन्दै असन्तुष्ट भएर अर्को माओवादी पार्टी गठनको घोषणा गरेका थिए । त्यसबेला उनले सक्कली नेकपा माओवादीलाई ब्युँताएको बताएका थिए । यसको चार वर्षपछि मोहन वैद्य पनि माओवादीबाट अलग भए । सेना समायोजन, संसदीय प्रणालीलगायतको विरोध गर्दै बैद्यले नेकपा–माओवादी गठन गरेका थिए । ४० प्रतिशत बढी नेता कार्यकर्ता लिएर अलग हुँदा माओवादीलाई दोस्रो संविधानसभा चुनावमा ठूलो क्षति भएको थियो ।


अहिले वैद्य नेतृत्वको दलको नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल छ । वैद्यपछि माओवादीबाट अलग भएका नेता डा. बाबुराम भट्टराई हुन् । उनी अलग भएपछि माओवादी थप रक्षात्मक बन्यो । अझ एमालेसँग १८ असोज २०७४ मा चुनाव गठबन्धन गर्ने निर्णय गरेपछि भने गोपाल किरातीसहितका नेताहरु असन्तुष्ट भए । उनी दाहाल नेतृत्वको नेकपा माओवादी केन्द्रबाट अलग भए । राजनीतिमा कम प्रभावी थुप्रै नेताहरु पनि माओवादी अलग भएका छन् । यसरी संसदीय राजनीतिक प्रणालीमा आएको डेढ दशकमै माओवादीहरु टुटफुटले ग्रसित बनेका बेला दाहालले एकताको जाल फ्याँकेका हुन् ।

 

फागुन पहिलो साता विधान सम्मेलन 
नेकपा माओवादी केन्द्रले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकले फागुन १ देखि ३ गतेसम्म सम्मेलन आयोजना गर्ने निर्णय गरेको उक्त पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।


बैठकले विधान सम्मेलनको प्रतिनिधि छनोटको आधारसमेत तय गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए । बैठकमा विभिन्न पार्टीसँग एकताका विषयमा पनि छलफल भएको थियो । बैठकले पार्टी एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा एकता संयोजन समिति बनाएको छ ।


बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष दाहालले मुलुकको समग्र परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । स्थायी समितिमा १० वटै प्रदेश इञ्चार्जले हालै सम्पन्न अभियानका बारेमा संक्षिप्त प्रस्तुति दिएका थिए ।
 


प्रकाशित मिति: आइतबार, पुस २९, २०८०  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP