Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • चौरासीमा वैतरणी
चौरासीमा वैतरणी
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, पुस २४, २०८०

पुसको हुस्सुले तीन फिट परको पनि देख्न सकिएको छैन । वरिपरि अग्ला डाँडाबाट ओरालो लाग्दै गरेको हुस्सु अनि शीतका थोपाले शिरका कपाल निथ्रुक्कै भइसकेको छ । पारिपट्टि रहेको वैतरणीधाम, वारी विचरा म कसरी होला काम । जान सकिएला ! हजुरबाउको सात पुस्तालाई तार्ने अनि मेरा सात पुस्तालाई परदेशमा नै प्रशस्तै पार्ने हुटहुटीले पो आको नि । 
अस्ति भर्खरै पूर्व–पश्चिम रेल कुदेजस्तै गरी चौरासी–चौरासी भन्दै लावा लस्कर लाउने सूर्यवादी, र गफैले चौरासी देखाइदिन्छु भन्ने अर्का घण्टीवादीको हैकमले खासै काम लाग्ने देखिएन ।त्यही चौरासी गर्नलाई होला अहिले हारेकाहरुले हराउनेहरुलाई कुरीऽ कुरीऽ देखाइदिएका छन् । हजुरबाले परलोक  जाने बेलामा बालाई केही भन्न भ्याउनु भएन रे ? त्यही भएर काकाहरु अहिले गोमन साँपजस्तै चौरासीमा उभिएका छन् अरे । 

त्यो पनि ठीकै हो । वैतरणीका लागि चौरासी त चाहियो नै । एकासी, बयासी, त्रियासी यस्तै हो चौरासीमा देखाइदिने हो । वैतरणी गर्न त्यत्ति कहाँ सजिलो छ र ? गाईको पुच्छर समाएरै वैतरणी गराउने हो । वैतरणी गर्नका लागि पनि ‘गोदान’ त चाहियो । त्यो ‘गोदान’ का लागि चौरासीसम्म योगदान त गर्नु प¥यो नि । त्यही भएर हो चौरासी–चौरासी भन्दै वुर्कुसी लगाउनुपरेको । 

हजुरबाको पालामा पाँच काका चौतारामा बसेर वैतरणी तार्न भन्दै जे भन्यो त्यही नै हुन्थ्यो । अहिले नातीका पालामा सिंहदरबारमा पाँच ‘डाँका’ बसेर बोलेपछि चौरासीमा वैतरणी तार्नुपर्ने भएको छ । ठीकै हो । फरक त के नै पो भो र ? ऊ बेला कटवाल लगाउँथे अहिले जुकरबर्ग लगाउँछन् । कहिले सासूको पालो कहिले बुहारीको पालो भनेजस्तै हो ।

ऊ बेला लौरो समाएर गरेको योगदानले पजेरो प्राडो हुँदै अहिले इभीसम्म आइपुग्या छ । आखिर वैतरणी घाटमा पुग्न त मलामी चाहिले होला ? इलामतिरका काकाले मलामीकै लागि छोराछारी कुर्नु परो । त्यही भएर होला । अहिले हरुवाचरुवाहरुले हिँडाएरै भए पनि छोराछोरीलाई उतै पठाएर अहिले यता देश बनाउने डिङ हाँकिरहेका छन् । अहिले त त्यही मलामी पनि नपाइने भो क्यार भनेर पो चौरासीको सुगा रटाइँ छ भन्छन् राताघरे काका ।

Hardik health

विचरा राताघरे काकाको पनि के कुरा गर्नु कम्ता भिडेका हैनन र ? तर के गर्नु ‘आच्छु खाएँ बाच्छु खाएँ झुसे बारुला’ भनेजस्तै भो । वैतरणी न त तार्न सके न त तर्न सक्ने देखिएको छ । वैतरणी तार्न पनि निकै गाह्रो पो छ । कृष्णप्रसादहरुलाई फेरि प्राडो चढाउन मन छ । हारेकाहरुले हराउनेहरुलाई हक लगाउन निकै मन भएरै होला हिँडाएर लाखौं खर्चिर छोरा अमरिका पठाउनेलाई पनि सांसद हुन रहर छ । त्यसै चौरासी भनेको हो र !

तर गज्जबको हुने भो के चौरासी साल ! वैतरणी नदीमा तर्न गाईका पुच्छर नसमाई नभएजस्तो, जीवनभर सुप्रिमो भनाउँदाको पुच्छर समातेर हिँडेको भए पनि अन्तिममा उही गाईको पुच्छर समातेर चौरासीमा वैतरणी तर्नुपर्ने अबस्था पो देखियो त चौरासीका जन्मदाताहरुलाई ।

हुन पनि हो । रात रहे औराख पलाउँछ भन्थे । सत्र सालमा दरबारले नेतालाई निलम्वन गरेको थियो । ०७९ सालमा आइपुग्दा जनताले नै नेता निलम्वन गरिदिएका छन् । बाहरुले ‘लेन’ छाडेर भिलेन हुन थालेपछि चौरासीको देउसी भट्याउने कामबाहेक अरु त के नै लछारपाटो लाग्ला र !

कटाउने त चौरासीमै । चौरासी कटेका बूढाहरुलाई चौरासीमै कटाउने हो । त्यही चौरासीमै वैतरणी गराउने हो । ‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेजस्तो । ‘मिसन ८४’ एक कान दुई कान मैदान भनेजस्तै गरी सुरु गरेको राम्रै हो । अब चौरासीमा सक्ने हो । को सकिने हो घुँडा धसेरै सक्ने हो । एकासी, बसासी त्रियासीमा सच्चिन दिने हो, चौरासीमा सक्काइ नै दिने हो !

वैतरणी तार्नलाई कुनै सभा पनि पस्नु पर्दैन, सभामा जानु पनि पर्दैन । चौतारामा पञ्च भलाद्मी बसेर ऊ बेला डाँडा कटाउँथे । अहिले पाँचतारेमा पञ्च धरापेहरु बसेर मिसन चौरासीमा खरानी बनाउँदै छन् । काइदाको कुरा त यो पो हो त । वैतरणी तार्नका लागि झापाको गाईलाई झापाकै सिलौटोमा राखेर कुटीकुटी धाम तार्ने हो चौरासीमा । अब हरुवा चरुवा भन्ने शब्द नै लोपोन्मुख भइसक्यो छ । पापको पोको बगाउनका लागि पनि चौरासीमा नै तार्ने हो । साहिला लामाको पसलमा मासु भात ख्वाएर किनेका भोटलाई, बबरमहलतिरको रातो घरको छतमा बसेर रक्तचन्दन लगाउने सुनको पानी छर्कनेलाई पनि सभामै लगेर चौरासी गर्ने हो । 

चौरासी नै गरिसकेपछि त केको आशा ? घण्टा बजाउने हो, घण्टी–घण्टी स्वाहा भन्ने हो । सूर्यवादीलाई, रुखको छहारीको हरियो पात गाईलाई खुवाएर वैतरणी धाममा पुच्चर समाएर भएन तार्ने नै हो । अब त अति भो । चप्पल फटफटाउने साइदुवाँले सिंहदरबारमा गर्जेर हुने भइदिएको भए चौरासीको चण्डीपाठ किन गर्नुपथ्र्यो र ? त्यसै हाम्रा हजुरबाले भनेका हुन् र ‘दुई जोइको पोइ कुनामा बसी रोइ’ भनेर । पढेरभन्दा परेर जानिन्छ । परेरभन्दा गरेर जानिन्छ भन्ने कुरा त राताघरे काकाले ऊ बेलामा नै भनेका हुन् नि । अहिले हजुरबाको चौरासी गर्न खोजेर हुन्छ र ? अब हजुरबाको मात्र किन नातीलाई पनि चौरासी नै गर्दिनु पर्ने बेला भाको छ । वैतरणी त यिनीहरुलाई पनि तार्नु छ । 

रोग, भोक र शोकमा रहेका प्रजालाई गिजोलेर तिनका रगत र पसिनाको करमा डर नमानी तर मार्ने साइदुवाँहरुलाई चौरासीमा नै वैतरणी तार्ने हो । एकद्धार प्रणाली अवलम्बन गर्ने हो नाती पुस्ताले हजुरबा पुस्तालाई चौरासीमा नै गाईको पुच्छर समाएर वैतरणी तराउने हो । सदा–सदाका लागि वैतरणी तराउने हो । प्रजा रैती हैनन् मालिक हुन् वैतरणी तराएर छाड्छन् भन्ने पुष्टि गराउने नै हो । 

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः 
सर्वे भद्राणी पश्यन्तुः मा कश्चित दुःख भाग्भवेत ः 
ऊँ शान्ति शान्ति शान्ति ।
 


प्रकाशित मिति: मंगलबार, पुस २४, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP