Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
राजनीति
  • Home
  • राजनीति
  • गठबन्धनबाट एमाले पाखा
राष्ट्रिय सभा निर्वाचन गठबन्धनबाट एमाले पाखा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, पुस २२, २०८०

काठमाडौं– सत्तारूढ गठबन्धनले आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । शनिबार बालुवाटारमा बसेको सत्तारूढ दलहरूको बैठकले यस्तो निर्णय गरेको हो । यो निर्णयसँगै अब गठबन्धन दलहरूसँग एमालेको सहकार्य सम्भावना सकिएको छ ।निर्वाचन ११ माघमा हुँदै छ । उक्त निर्वाचनको एक्लै सामना गर्नुपर्ने बाध्यतामा एमाले पुगेको हो ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न एमाले सक्षम रहेको दाबी गरे । स्थानीय, प्रदेश, संघसँगै राष्ट्रपति, उपराष्ट्रपतिसहितको चुनावमा एमालेले गठबन्धनसँग कडा प्रतिस्पर्धा गरेको स्मरण पनि गरे । उनका अनुसार एमालेले राष्ट्रिय सभा चुनाव गठबन्धनविरुद्ध एक्लै लड्छ । 

गठबन्धनसँग हामी चुनावमा डराएका छैनौं । एक्लै लडेकै हो पहिले पनि । लड्छौं । चुनावबाट भाग्दैनौं ।
प्रदीप ज्ञवाली
उपमहासचिव, नेकपा एमाले

 

Hardik health

‘गठबन्धनसँग हामी चुनावमा डराएका छैनौं । एक्लै लडेकै हो पहिले पनि । लड्छौं । चुनावबाट भाग्दैनौं,’ उनले प्रभावसँग भने ।चुनावमा एमाले शून्य हुने सम्भावना रहँदा अध्यक्ष केपी शर्मा ओलीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै भेटवार्ता गरेर राष्ट्रिय सभा चुनावमा सहकार्यको प्रस्ताव राखेका थिए । उनले संक्रमणकालीन न्याय प्रक्रियासँग सम्बन्धित विधेयक पारित गर्न सहयोग गर्ने भन्दै राष्ट्रिय सभा चुनावमा सहकार्य गर्नुपर्ने बताएका थिए ।

ओलीको प्रस्तावमा दाहाल र देउवा सकारात्मक पनि भए । तर गठबन्धनका दलहरू माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले विरोध गरे । गठबन्धन दलहरूबीचमात्रै सहकार्य गर्नु उचित हुने नेपाल र यादवको जोड थियो । सोहीअनुसार शनिबार गठबन्धनको बैठकले चुनावमा एमालेसँग सहकार्य नगर्ने निर्णय गरेको हो ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी चार दलका नेताहरूको बीचमा छलफल भएको र छलफलले गठबन्धनभित्रकै दलहरूबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको सञ्चारकर्मीहरूलाई जानकारी दिए । ‘सरकारमा सहभागी चार दलका नेताहरूको बीचमा छलफल भयो । गठबन्धन दलहरू मिलेर चुनाव लड्ने कुरा भयो । राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयलाई लिएर थप छलफल गर्दैछौं,’ उनले भने, ‘सबैको बैठकबाट राष्ट्रिय सभा सदस्यको बारेमा टुंगो लगाउने निर्णय भएको छ ।’

सरकारमा सहभागी चार दलका नेताहरूबीचमा छलफल भयो । गठबन्धन दलहरू मिलेर चुनाव लड्ने कुरा भयो । राष्ट्रिय सभा सदस्य निर्वाचनको विषयलाई लिएर थप छलफल गर्दै छौं ।
रमेश लेखक
प्रमुख सचेतक, नेपाली कांग्रेस

आगामी फागुन २० पछि पदावधि सकेर बिदा हुने २० जना राष्ट्रिय सभा सदस्यमध्ये एमालेका आठ जना छन् । राष्ट्रिय सभा अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौंदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुहार, रामचन्द्र राईको कार्यकाल सकिँदै छ ।

कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देव, माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, एकीकृत समाजवादीका नन्दा चपाईं, सिंहबहादुर विश्वकर्मा, जसपाकी प्रमिलाकुमारी यादव, राष्ट्रपतिबाट मनोनीत डा. विमला राई पौड्याल र स्वतन्त्र सदस्य खिमलाल देवकोटाको पनि २० फागुनमै कार्यकाल सकिने छ । चुनाव पौडेलबाहेक सांसदहरूको स्थानमा हुने छ ।

वर्तमान सत्ता गठबन्धन एकताबद्ध भएर चुनाव लडे रिक्त रहेका १९ वटै सिटमा एमाले शून्य हुने अवस्था छ । कुनै पनि प्रदेशमा एमालेले एक्लै चुनाव जित्ने अवस्था छैन । तर, गठबन्धन दलहरूबीच सिट बाँडफाँट टुंगिएको छैन । सिट बाँडफाँटको आधार भने जनमतलाई आधार मान्ने भनिएको छ ।

समाचार तयार गर्दासम्म कांग्रेसले १०, माओवादीले सात, एकीकृत समाजवादी र जसपाले कम्तीमा तीन÷तीन सिट दाबी गर्दै आएका छन् । रिक्त रहेको क्लस्टरका आधारमा दलहरूले सिट बाँडफाँट गर्ने भएका हुन् । तर कांग्रेसले नौ, माओवादीले पाँच, एकीकृत समाजवादीले तीन र जसपाले दुई सिट पाउने सम्भावना रहेको स्रोतको दाबी छ ।


कोशीमा दुई जना, मधेसमा दुई जना, बाग्मतीमा चार जना, गण्डकीमा तीन जना, लुम्बिनीमा दुई जना र कर्णालीमा तीन जना र सुदूरपश्चिममा तीन जना राष्ट्रिय सभा सदस्यका लागि चुनाव हुन लागेको हो ।यसपटक राष्ट्रिय सभा चुनावमा स्थानीय र प्रदेशका गरी दुई हजार ४७ जना मतदाता छन् । स्थानीय तहका प्रमुख÷उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको मतभार १९ र प्रदेश सांसदको मतभार ५३ कायम भएको छ । उनीहरूले यही १२ माघमा १९ जना राष्ट्रिय सभा सदस्य पदका लागि हुने चुनावमा मतदान गर्ने छन् ।

चुनाव ११ मा हुँदै छ । जसका लागि यही पुस २३ गते (सोमबार) मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको तालिका छ । बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मनोनयन दर्ताको समय छ । यसपछि उम्मेदवारको विरोधमा उजुरी दिने कार्य पुस २४ गते हुने कार्यतालिका छ ।मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी अन्तिम नामावली पुस २६ गते प्रकाशन हुने छ । सोही दिन दिउँसो २ बजे अन्तिम नामावली प्रकाशन गर्ने काम हुने आयोगले जनाएको छ । पुस २८ गते १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन चिह्न उपलब्ध गराउने र ११ माघको बिहान ९ देखि ३ बजेसम्म मतदान हुने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

गठबन्धनसँग सहकार्य खोज्दै राप्रपा 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलहरूसँग छलफल गर्ने भएको छ । छलफल गर्ने जिम्मा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले पाएका छन् । उनी हाल पार्टीका कार्यबाहक अध्यक्ष हुन् ।पार्टीको शनिबार बसेको कार्यसम्पादन समिति बैठकबाट चुनावी सहकार्यबारे सत्ता गठबन्धनसँग छलफल गर्ने जिम्मा तामाङले पाएका हुन् । उनले प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवासँग एक चरण छलफल गरिसकेका पनि छन् । तर, कुनै समझदारी नभएको प्रवक्ता सगुनसुन्दर लावतीले जानकारी दिए ।

उनका अनुसार पार्टीले चुनावका लागि उम्मेदवारको भने टुंगो लगाएको छ । गठबन्धनसँग सहकार्य हुने भए नेता उद्धव पौडेललाई उम्मेदवार बनाउने भएको छ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले भने राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको तीन सदस्य समितिलाई दिएको छ । समितिमा उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सदस्य छन् ।

शनिबार बसेको सचिवालय बैठकले समितिलाई पार्टीले कति सिट संख्या प्राप्त गर्ने, कुन प्रदेशमा प्राप्त गर्ने र कुन क्लस्टरमा प्राप्त गर्ने भन्ने सम्पूर्ण अधिकार दिएको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।


प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:२०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
मेयर हर्क साम्पाङले गरे दल दर्ता
मेयर हर्क साम्पाङले गरे दल दर्ता आइतबार, कात्तिक २, २०८२
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह
हरित् निर्वाचनुका लागि सहयोग गर्न दलहरूलाई आयोगको आग्रह आइतबार, कात्तिक २, २०८२
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग
केन्द्रीय समितिको म्याद थप्न नहुने कांग्रेस विशेष महाधिवेशन पक्षधरको माग आइतबार, कात्तिक २, २०८२
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल
असाधारण र जटिल परिस्थितिमा पार्टीको भूमिका बढेको छः दाहाल आइतबार, कात्तिक २, २०८२
चुनाव गराउन राष्ट्रपति सक्रिय
चुनाव गराउन राष्ट्रपति सक्रिय आइतबार, कात्तिक २, २०८२
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै
एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो
एमाले बैठकमा केन्द्रीय सदस्य र पोलिटब्यूरो सदस्यले धारणा राख्ने क्रम सकियो शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP