Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित
नबिल बैंकको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न, ११ प्रतिशत लाभांशको प्रस्ताव पारित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, पुस १२, २०८०

काठमाडौं- नबिल बैंक लिमिटेडले आफ्नो ३९ औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बिहीबार वार्षिक साधारण सभा सम्पन्न गरिएको हो । 

सभाले बैंकको सञ्चालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार आ.व. २०७९/०८० को मुनाफाबाट शेयरधनीहरूलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  बैंक आ.व. २०७९/८० मा  रु. ६ अर्ब ४० करोड मुनाफा गर्न सफल भएको थियो । 

नबिलले वित्तीय क्षेत्रमा करिब चार दशक समय अघिदेखि गुणस्तर बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । पछिल्लो समय यस बैंकले दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै  डिजिटल बैंकिङको लागि एनबैंक सञ्चालनमा ल्याएको छ । 

Hardik health

‘क’ वर्गको बैंकहरूमध्ये निरन्तर देशकै अग्रणी वाणिज्य बैंकको पहिचान पाएको यस बैंकले दिगो बैंकिङ प्रणालीमा जोड दिएको छ । बैंकका अध्यक्ष पौड्यालले देशको अर्थतन्त्रको परिदृश्यलाई मध्यनजर गरेर बैंकले आफ्ना गतिविधि सञ्चालन गरेको बताए ।

“देशको अर्थतन्त्रको पछिल्लो परिदृष्यहरूलाई मध्यनजर गर्दै नबिल बैंकले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यावसायिक एवं औद्योगिक गतिविधिहरूलाई गतिशीलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरू सिर्जना गर्न सहयोगी भूमिका निर्वाह गरेको छ” उनले भने । बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको उनले बताए ।

नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम 'Nabil School of Social Entrepreneurship (Nabil SSE)' सञ्चालन गरेको छ । समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने, नवीन सोचमा आधारित उद्यमलाई प्रवद्र्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिने लक्ष्यसहित यो कार्यक्रम शुरु गरिएको हो । हालसम्म तीन सय ३५ जना विद्यार्थीहरूको सहभागिता भएको यस कार्यक्रमले ५२ वटा उद्यम जन्माएको र ८७२ जनाले रोजगारी पाएको उनले जानकारी दिए ।

साधारण सभालाई सम्बोधन गर्दै बैंकका अध्यक्ष पौड्यालले विगतका वर्षहरूमा बाँडफाँड गरेको नगद लाभांशका साथै बजार पूँजीकरण तथा जेथामा भएको अभिवृद्धि समेतलाई दृष्टिगत गर्दा नबिल बैंकमा शेयरधनीहरूले लगानी गरेका स्थापना कालको चुक्ता पूँजी हाल सम्म आउँदा ९६० गुणाले वृद्धि भएको कुरा बताए । संयुक्त राष्ट्रसंघको दिगो विकासका लक्ष्यलाई केन्द्रबिन्दुमा राख्दै बैंकले आफ्नो व्यवसाय विस्तार गरिरहेको र सो अन्तर्गतका विभिन्न लक्ष्यहरू जस्तै गरिबी निवारण, शिक्षा, स्वास्थ्य आदिलाई आधार मानी संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम समेत अगाडि बढाइरहेको जानकारी गराए ।

त्यस्तै बैंकले स्थापनाकालदेखि हालसम्म देशको राजश्वमा समेत महत्वपूर्ण योगदान दिँदै आएको जानकारी गराएका छन्  ।देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको  बैंकले जनाएकाे छ । १८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालाहरूसँग सँगै अघि बढ्ने विश्वास राखेको बैंककाे भनाई छ । बैंकले साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी तथा सम्बद्ध सबै निकायहरू प्रति आभार व्यक्त गरेको छ।


प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  २०:०६
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्न विक्री प्रबन्धकमा लक्ष्मी सन्‌राइज क्यापिटलाई नियुक्त मंगलबार, चैत ३, २०८२
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु
कोकाकोलाकाे ‘मोमो फोमो’ नयाँ अभियान सुरु सोमबार, चैत २, २०८२
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस
नथिङ फोर ए नेपाली बजारमा, शुरुवाती ग्राहकलाई निःशुल्क बड्स टु ए प्लस सोमबार, चैत २, २०८२
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै
ग्लोबल मनि विकमा विद्यार्थीयुवालक्षित वित्तीय साक्षरता कार्यक्रम ग्लोबल बैंकले गर्दै सोमबार, चैत २, २०८२
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण
नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण शुक्रबार, फागुन २९, २०८२
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
ज्योति विकास बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न शुक्रबार, फागुन २९, २०८२
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना
ग्लोबल बैंकद्वारा “नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ विभाग” स्थापना बिहीबार, फागुन २८, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP