Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • स्कुलको डिआई !
स्कुलको डिआई !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, पुस १०, २०८०

स्कुलको मुख्य द्वारमा गेटपाले । अनि अलि अगाडि ठूलो–ठूलो पाखुरामा हरिया नीला टाटो लगाएका भुसतिघ्रे केटो । हेर्दै डरलाग्दो । विचरा गधालाई भारी बोकाएजस्तै गरी असिनपसिन हुँदै स्कुलको गेटमा पुगेका केटाकेटी सधैं भुसतिघ्रेको त्रासमा भित्र छिर्नुपर्ने ।

काठमाडौंको सडक । यता मेलम्चीले बाटो खनेर प्वाल पारेको छ । उता विद्युत् प्राधिकरणले तार बिछ्याउने भन्दै खाडल बनाएको छ । त्यसमाथि पनि पेटीमा रंगीचंगी ब्लक बिछ्याइरहेका कामदारहरूले आफ्नो कामबाहेक अरू कुरा त के सोच्न भ्याउँथे ? धूलोमुक्त काठमाडौंको सात वर्षअघिको अभियान कता पुग्यो पुग्यो । 

त्यही अभियानकै कारण होला भारी बोक्ने गधाजस्तै जुत्तामा धुलैधुलो बोकेर स्कुलको गेटबाट भित्र छिरेको मट्यांग्रालाई भुसतिघ्रेले च्याप्प कठालोमा समातेर तान्यो ! कालो झोलामा किताबको भारीले नै तानेर उत्तानो पार्लाजस्तो गरी हिँडेको मट्यांग्रालाई भुसतिघ्रेले देब्रे हातले तानेपछि विचरा मट्यांग्रा पुसको डण्डीमा जाडोले काँपे जस्तै गरी लगलगी काँप्न थाल्छ । 
देब्रे हातले कठालोमा समातिरहेको भुसतिघ्रेले जुत्तामा देखाउँदै भन्छ, ‘यो के हो’ ? मट्यांग्राले डरले काँपेको स्वरमा भन्छ, ‘सर, बाटोभरि धुलैधुलो छ । घरमा मम्मीले पोलिस लगाइदिएको हो । आउँदा आउँदै धुलो भो ।’ ऊ दोहोरो संवाद गर्दैन । भुसतिघ्रेले दाहिने हातले गालामा चड्याम्म हान्छ । एक झापटमै रन्थनिएको मट्यांग्राको आँखाबाट आँसु तुरुक्कै चुहिन्छ । ऊ बोल्न सक्दैन । 

चर्को स्वरमा भुसतिघ्रे भन्छ, ‘खुरुक्क जा भोलिदेखि यस्तो नहोस् ?’
देब्रे हातको कुमले आँखाको आँसु पुछ्दै ‘हवस् सर’, मट्यांग्रो कक्षा कोठातिर जान्छ । 

Hardik health

आजकल स्कुलको भुसतिघ्रे निकै जब्बर भएको छ । साना केटाकेटीलाई निकै थर्काउँछ । अस्तिको दिन पनि कक्षा १० मा पढ्ने शर्मिलीलाई ‘सेतो रिबन’ नलगाई आएको भनेर चुल्ठै चुँडिएलाजसरी भुत्लाएको गेटको पालेले सहन नसकेर स्कुलको हेडमास्टरलाई गुनासो नगरेको पनि होइन । तर गेटपालेको के मतलब ? किन सुन्ने कुरो ! त्यही भुसतिघ्रेकै पो सुन्छन् ।

स्कुलमा भुसतिघ्रेले आपूmहरूलाई दिएका पीडा बच्चाहरूले घरमा गएर भन्न पो कहाँ सक्थे र ? घरमा गएर भनौं भने बाउआमाको गाली खाने डर, भनौं भने भोलि फेरि त्यस्तै भुसतिघ्रेको कुटाइ खाने डर । मट्यांग्राले खाएको चट्कन र शर्मिलीको भुत्लाइले पालेदाइको मन पात्र पोलेको छ । स्कुलका कुनै शिक्षक शिक्षिकालाई दुखेको छैन । विचरा दुखोस् पनि किन, पाल्तु भुसतिघ्रेहरूले नै स्कुलमा हुने चन्दा आतंकलाई रोकेका छन् । 

दलका झोला बोक्नेहरूका संगठनले चन्दा मागेर वाक्कै भएर पनि स्कुलहरूले पनि आफ्नो शक्ति देखाउनका लागि चर्को मूल्य तिरेर भुसतिघ्रे राखेका छन् । हुन स्कुलका साहु अनि सरकारी राहु पनि उस्तै त हुन् । दलको झोला बोकेर नेतागिरी गरेरै महँगा पढाउने पसल खोलेका छन् । अधिकांश निजी स्कुले एमाले–कांग्रेसकै कार्यकर्ता अझ नेताहरूकै छन् । त्यही भएर पनि स्कुलले सक्दो शुल्क उठाउने गरेका छन् । 

निचोर्न सकेजति निचोरिरहन्छन् । उडुसले चुसेजस्तै गरी चुसिरहन्छ । जुत्ता मोजादेखि किताब कापी मस्तै व्यापार गर्न पाएका छन् । अझ दालभात तरकारीको व्यापार त झन् फस्टाएको छ । विद्यार्थीले बाहिर कापी कलम किनेको मात्र थाहा पाए पनि त्यही भुसतिघ्रले कारबाही गर्छ । 

‘पढ्यो गुन्यो के काम हलो जोती खायो माम’ भनेजस्तै गरी बाउआमाले स्कुल पठाउँदा अन्तै भाग्ने कक्षामा सधैं अन्तिममा बस्ने र परिणाम पनि अन्तिमबाट पहिलो हुने भुसतिघे्रले अशासनको पाठ पढाउने भएपछि विद्यालयको शिक्षाको गुणस्तर त निकै नै माथि पुग्ने नै भयो । 

‘भुसतिघ्रे’ मट्यांग्राको दुई दर्जन केटाकेटीले आफ्नो स्कुलको अनुशासन इञ्चार्ज ‘डिआई’को नाम राखिदिएका हुन् । एउटा न एउटा बहानामा विद्यार्थीहरूलाई ठिंग उभ्याउने । बच्चालाई मानसिक तनाव दिने । कहिले गाला चट्काउने, कसैलाई कपालै उखेल्नेगरी भुत्लाउने । त्यही गुण्डाजस्तो भुसतिघ्रेले तनाव दिएकै कारण मिशन त एकोहोरो टोलाइरहन्छ रे त्यसका बाबुले भनेका । विद्यालय नै जान नसक्नेगरी मानसिक बिरामी परेको छ । अघिल्लो हप्ता त स्कुल हिँडेको केटो कता पो गयो । छोरो हराएपछि बाबुआमा छिमेकी इष्टमित्रले खोज्दा पत्तै लागेन । प्रहरीले पनि नखोजेको कहाँ हो र ! बल्ल दुई दिनपछि गोकर्णको जंगलमा बेहोस अवस्थामा फेला परेथ्यो । यादै भएन रे ! 

जो कहिल्यै अनुशासनमा बसेन उसैले अनुशासन सिकाउने दिन पनि आए भन्छन् भर्खरका मट्यांग्राहरू । स्कुल जानै मन नलाग्ने भइसकेको छ मट्यांग्रालाई । बाउआमा पनि दिक्क भइसकेका छन् । कसलाई भन्ने ? कसले टेर्ने ? स्कुल चलाउने सबै नेता । त्यही नेताले पालेको भुसतिघ्रे डिआई । स्कुलमा किन चाहियो ट्याटु खोपेको, जगल्टे, भुसतिघ्रे डिआई ? 

स्कुल कराँते खेल्ने ठाउँ हो र ? कि बक्सिङ अखडा हो ? अभिभावकहरूलाई लुट्ने, तीन तारे होटलजसरी भात बेच्न, कपडा बेच्न, कापी कलम बेच्न खोलेको स्टेसनरी पसल हो स्कुले ? स्कुल सरस्वतीको मन्दिर हो कि कौरव र पाण्डवबीचको रणमैदान । त्यसो हो भने अनुशासनमा बस्ने शिक्षकले पो सिकाउनुपर्ने होइन ? कक्षा शिक्षक वा अतिरिक्र क्रियाकलापको विज्ञ मानिएको व्यक्ति पो हुनुपर्ने होला नि त अनुशासन इञ्चार्ज (डिआई) ! 

हिजो टोलमा बसेर गुण्डागर्दी गर्नेलाई डिआईको जागिर ख्वाएर बच्चालाई तर्साउने हो ? अभिभावकसँग टन्नै असुल्ने तर राज्यलाई कर तिर्नुपर्ने बेला सेवा गरेको भन्दै कर ढाँटेका कारण चन्दा माग्न आउनेलाई तर्साउन राख्ने हो डिआई ? विद्यालयलाई हिजो मन्दिर मानिन्थ्यो भने मन्दिर नै बनाउन । किन झगडाको बीउ रोप्ने चौतारो बनाउनु ? 

हुन त देश नै डिआईजस्तै भष्मासुरहरूले हाँकेका छन् । गुण्डा गर्ने, डकैती गर्ने, अपराध गरेर जेल परेकाहरू मन्त्री बनेका छन् । तीन करोड जनतालाई यिनै भष्मासुर डिआईले तर्साएका छन् । त्यही भएर नि होला साना–साना स्कुल जाने मट्यांग्राहरू तर्साउन स्कुलमा डिआई राखेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, पुस १०, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP